health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
काठमाडौँ । लेबनानमा पेजरमा भएको शृंखलाबद्ध विस्फोटको विश्वभर चर्चा भइरहेको छ ।
१२ जनाको ज्यान गएको र करिब २८ सय घाइते भएको यस घटनापछि लेबनानी सुरक्षा अधिकारीहरूले इजरायलको गुप्तचर एजेन्सी मोसादले पेजरहरूमा धेरै थोरै मात्रामा विस्फोटक पदार्थ प्रयोग गरेको दाबी गरेका छन् । जसका कारण यी श्रृङ्खलाबद्ध विस्फोटहरू भएका थिए । घाइते हुनेमा धेरै हिजबुल्लाह लडाकु र लेबनानका लागि इरानका राजदूत पनि छन् । हिजबुल्लाहले यस हमलाको लागि इजरायललाई दोष दिएको छ र इजरायलविरुद्ध बदला लिने पनि बताएको छ ।
यसरी गराइयो विस्फोट ?
मिडिया रिपोर्टका अनुसार लेबनानी अधिकारीहरूले यस आक्रमणको तयारी धेरै महिनादेखि भइरहेको विश्वास गर्छन् । हिजबुल्लाहले ताइवानी कम्पनी गोल्ड अपोलोलाई करिब पाँच हजार पेजर अर्डर गरेको थियो । जो हालै लेबनान पुगेका थिए । ट्र्याक हुने डरले हिज्बुल्लाह लडाकुहरूले पुरानो शैलीका पेजरहरू प्रयोग गरिरहेका थिए । एक वरिष्ठ लेबनानी अधिकारीले इजरायलले यी पेजरहरू निर्माण गर्दा परिवर्तन गरेको दाबी गरेका छन् ।
अधिकारीका अनुसार मोसादले पेजरभित्र एउटा बोर्ड राखेको थियो, जसमा विस्फोटक पदार्थले चिन्ह लगाइएको थियो । यस बोर्डबाट पेजरहरूले कोड प्राप्त गर्ने बित्तिकै यी पेजरहरू विस्फोट भए । विशेष कुरा के छ भने पेजरमा लगाइएको बोर्ड यस्तो प्रकारको थियो कि यसलाई स्क्यानरमा समात्न निकै गाह्रो थियो ।
यसैबिच ताइवानको कम्पनी गोल्ड अपोलोले विज्ञप्ति जारी गर्दै विस्फोट भएका पेजर कम्पनीले नबनाएको जनाएको छ । यी पेजर युरोपेली कम्पनी बीएसीले निर्माण गरेको कम्पनीले जनाएको छ । युरोपेली कम्पनीसँग ताइवानी कम्पनी गोल्ड अपोलोको नाममा उत्पादनहरू उत्पादन गर्ने इजाजत पत्र छ । गोल्ड अपोलोका संस्थापक तथा अध्यक्ष चिङ–क्वाङले ताइपेईमा सञ्चारमाध्यमसँग कुरा गर्दै विस्फोट भएका पेजरहरू आफ्नो ब्रान्डको भए पनि आफूहरूले नबनाएको बताएका छन् ।
लेबनानका सुरक्षा अधिकारीले पेजरमा करिब तीन ग्राम विस्फोटक पदार्थ प्रयोग गरिएको बताएका छन् । यस घटनाको बारेमा इजरायलले हालसम्म कुनै बयान जारी गरेको छैन । हिजबुल्लाहले भने यसलाई आफू विरुद्धको सबैभन्दा ठुलो सुरक्षा उल्लङ्घन भएको बताएको छ ।
हिजबुल्लाहमाथि आक्रमणका धेरै भिडियो भाइरल भइरहेका छन् । यी भिडियोमा जो जहाँ भए पनि उनको पेजरमा अचानक विस्फोट हुन थालेको देखिन्छ । मानिसहरूले केही बुझेनन् र धेरै ठाउँमा मानिसहरू घाइते भेटिए । कोही बजारमा फलफूल र तरकारी किनिरहेका थिए भने कोही घुमफिर गरिरहेका थिए । अचानक भएको विस्फोटका कारण मानिसहरू पीडाले चिच्याएको र चिच्याउँदै गरेको देखिएको थियो ।
केही प्रारम्भिक रिपोर्टहरूले विस्फोटहरू पेजरमा जडान गरिएको लिथियम ब्याट्रीमा भएको बताएका थिए । वास्तवमा, हिजबुल्लाहले प्रयोग गरिरहेको नयाँ पेजरहरूले लिथियम ब्याट्रीहरू प्रयोग गर्छन्। यी ब्याट्री पड्किएर संस्थाका सदस्यहरू घाइते भएका छन् । जब लिथियम ब्याट्रीहरू धेरै तातो हुन्छन्, तिनीहरूले धुवाँ उत्सर्जन गर्छन् वा पग्लन्छन् । धेरै पटक, तिनीहरू अचानक विस्फोट र आगो समात्छन् ।
रिचार्जेबल लिथियम ब्याट्रीहरू मोबाइल फोनदेखि ल्यापटप र विद्युतीय कारहरूमा पनि प्रयोग गरिन्छ । यसले ५९० डिग्री सेल्सियस (११०० डिग्री फरेनहाइट) मा आगो समात्न सक्छ। एक रिपोर्टका अनुसार हिजबुल्लाहका पेजर ह्याक गरी त्यसमा विस्फोट गराइएको थियो ।
प्रारम्भिक जानकारी अनुसार, पेजरको सर्भर भङ्ग भएको थियो र यसमा कोड घुसाइएको थियो, जसले पेजरमा कार्यक्रम ओभरलोडिङको कारण बन्यो । जसले गर्दा डिभाइसमा ओभर हिटिङ समस्या भयो र यसमा जडान गरिएको लिथियम ब्याट्री विस्फोट भयो ।