14
Sep
काठमाडौँ । ब्राजिलको सर्वोच्च अदालतबाट एलन मस्कलाई फेरि झट्का दिएको छ । यसअघि सोसल मिडिया प्लेटफर्म एक्सलाई देशभर प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो । अब एक्स र स्याटलाइट इन्टरनेट कम्पनी स्टार लिङ्क कम्पनीलाई जरिवाना तिर्न आदेश दिइएको छ । अदालतले टेस्लाका सीईओ मस्कको कम्पनीबाट ३० लाख डलर जरिवाना तिर्न आदेश दिएको हो । न्यायाधीश अलेक्जान्डर डे मोरेसले गत महिना सोसल मिडिया प्लेटफर्मलाई एक्सको लागि कानुनी प्रतिनिधि नियुक्त गर्न आदेश दिएका थिए । साथै दर्जनौँ दक्षिणपन्थी खाता हटाउन पनि आदेश दिइएको थियो । अब अदालतले मस्कको स्वामित्वमा रहेको कम्पनी एक्स र स्याटलाइट इन्टरनेट कम्पनी स्टार लिङ्कको खातामा रहेको ३.२८ मिलियन डलर…