health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रदेश खारेजको प्रस्ताव राखेका छन् । काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलामा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै प्रदेश खारेजीको प्रस्ताव गरेका हुन् ।
लामिछानेले आफ्नो प्रतिवेदनमा गैर दलीय राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।
उनले प्रदेश सभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायीकी अधिकार दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।
उनले उल्लेख गरेका छन्- ‘प्रदेश सभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायीकी अधिकार दिने दिन सकिने उन्नत विकल्पबारे छलफल सुरु गरिनेछ। साथै विज्ञले नेतृत्व गर्ने गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित पाँच वटा प्रदेश मन्त्रालय रहने व्यवस्था, बहु आयामिक पहिचान झल्कने सात वटा प्रदेश, स्थानीय पालिकाको सङ्ख्या भने पाँच सयभन्दा मुनि झारिने, बलियो सङ्घीय सरकार विस्तारित स्थानीय पालिकाको बिचमा छरितो प्रादेशिक तहबारे बहस सुरु गर्ने प्रस्ताव राख्न चाहन्छु ।’
त्यस्तै लामिछानेले राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति हुने प्रस्ताव गरेका छन् । स्थानीय पालिकाहरूको सङ्ख्या पनि घटाएर ५०० मुनि ल्याउने उनले प्रस्ताव गरेका छन् ।
साथै उनले अहिलेको निर्वाचन प्रणालीले कहीँ नपुगिने बताउँदै निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक उम्मेदवार बनाउने बताएका छन् ।
त्यस्तै लामिछानेले आगामी वैशाख २५, २६ र २७ गते पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।