18
Sep
काठमाडौँ । शिक्षा दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्या भूषण तथा छात्रा पदक पाउनेको नाम घोषणा गरेको छ । भदौ ३१ गते सोमबार बसेको मन्त्री स्तरीय बैठकले पदक तथा विभूषणको छनोट गरेको हो । पदक र पुरस्कार दिने घोषणा गरे पनि आर्थिक अभाव जनाउँदै पुरस्कार तथा पदक वितरणको भने टुङ्गो नलागेको मन्त्रालयले जानकारी दिएको छ । यस वर्ष त्रिभुवन विश्वविद्यालयको सामुदायिकतर्फ ललितपुर, चापागाउँको श्री जनभावना क्याम्पस र निजीतर्फ सोल्टीमोड काठमाडौँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइसेन्स उत्कृष्ट ठहरिएका छन् । त्यसै गरी पोखरा विश्वविद्यालय मातहतको आङ्गिक क्याम्पसतर्फको उत्कृष्टमा कास्कीको स्कुल अफ…