health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

न्युयोर्क, ७ चैत । मिसिसिपी यातना मुद्दामा पूर्व प्रहरी अधिकारीलाई २० वर्षको जेल सजाय सुनाइएको छ ।
मिसिसिपीका पूर्व प्रहरी अधिकारी हन्टर एलवर्डले उनीहरूको घरमा पुगेर दुई अश्वेत पुरुषलाई यातना दिएको मुद्दामा २० वर्षको जेल सजाय सुनाइएको हो। यसरी जेल सजाय सुनाइएका अफिसरमध्ये एलवर्ड पहिलो नम्बरका हुन्।
समाचार अनुसार उनीहरूले अश्वेत पीडितहरूलाई उनीहरूको घरमा पुगेर कुटपिट गरेका थिए भने स्टन गन देखाएर तर्साउने कामसमेत गरेका थिए । त्यति मात्रै होइन, सन २०२३ मा बिना वारेन्ट भित्र पसेका ती गोरा अधिकारीहरूले यौन दुर्व्यवहारसमेत गरेका थिए, जसमध्ये एकको मुखमा गोलीसमेत लागेको थियो।
सो घटनाको भिडियो सार्वजनिक भए पछि यो ठुलो बहसको विषय बनेको थियो । र, दबाब स्वरूप सो गोरा समूहले पक्राउ गरियो र गत अगस्टमा सङ्घीय नागरिक अधिकार अपराध गरेको उनीहरूले स्वीकार गरेका थिए ।
एल्वर्डको सजायसँगै अन्य पाँच जना क्रिस्टियन डेडमन, ब्रेट म्याकअल्पिन, जेफ्री मिडलटन, ड्यानियल ओपिडके र जोशुआ हार्टफिल्ड पनि रहेका छन् । उनीहरू माथि मानवअधिकार विरुद्धको षड्यन्त्र, न्यायमा बाधा पुर्याउने कार्य, कानुनको रङ्ग अन्तर्गत अधिकारबाट वञ्चित गर्ने, हिंसाको अपराध अन्तरगत बन्दुक प्रहार गर्ने र न्यायमा बाधा पुर्याउने षड्यन्त्र गरेको जस्ता अभियोग लगाइएको थियो । अभियोजकहरूका अनुसार ती अफिसरहरू, जो सबै गोरा थिए, जसले आफूलाई ‘गुन स्क्वाड’ भनेर चिनिन्छन् ।
समाचार अनुसार माइकल जेनकिन्स र एडी पार्करको घरमा प्रवेश गर्दा ब्राक्सटनको र्यान्किन काउन्टी सहरमा शङ्कास्पद गतिविधिको बारेमा जवाफ दिइरहेका थिए। सोही क्रममा दुई जना अश्वेत पुरुषहरूलाई हतकडी लगाइयो र एक घण्टा लामो आक्रमण गरियो । उनीहरूलाई बारम्बार कुटपिट मात्रै गरिएको थिएन, अपशब्द बोल्दै जातीय अपमानको साथ गिल्लासमेत गरिएको थियो ।
सोही क्रममा एल्वर्डले मिस्टर जेनकिन्सको मुखमा गोली हानेका थिए, जसका कारण उनको जिब्रो काटिएको थियो र उनको बङ्गारा भाँचिएको थियो। जसको सजाएँ अहिले तोकिएको हो ।
यस मुद्दामा ती ६ जना अधिकारीहरूले अर्का २० बर्सिया गोरालाई पनि अन्याय गरेका थिए, यो छुट्टै घटनामा दोषी स्वीकार गरेका छन्। उक्त घटनाको विवरण अझै अस्पष्ट छ ।