Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
February 2024 - Page 12 of 19 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: February 2024

३० बिगाहा सरकारी जग्गा खाइमासेका माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

३० बिगाहा सरकारी जग्गा खाइमासेका माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौँ, २९ माघ । नेकपा माओवादी केन्द्र कोसी प्रदेश कमिटीका कोषाध्यक्ष गगन भनिने रेवतराज पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले आइतबार फैसला गर्दै पुरीलाई मुद्दामा कसुरदार ठहर गरेको हो। उनको सजाय निर्धारणका लागि अर्को इजलास बोलाइने विशेष अदालतले जनाएको छ। विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई दोषी ठहर गरेको हो। पुरीविरुद्ध २०७७ माघमा १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगोसहित विशेष अदालतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पुरीले ३० बिगाहा सरकारी जग्गा किर्ते गरी आफ्नो नाममा पारेर विभिन्न व्यक्तिहरूलाई बेचबिखन गरेर सम्पत्ति बढाएको आरोप लागेको थियो। उक्त…
Read More
क्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, हेमन्तको डेभ्यु

क्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, हेमन्तको डेभ्यु

काठमाडौँ, २९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानडाविरुद्धको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।  यस अघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो । नेपालले अब अन्तिम खेलमा जित हासिल गरेर सिरिज क्लीन स्वीप गर्ने प्रयास गर्ने छ भने क्यानडाले सिरिजमा सान्त्वना जित हासिल गर्ने प्रयास गर्ने छ । यस खेलबाट नेपालका…
Read More
फोनिजको विरोधबिच पत्रकार महासङ्घको पुस्तक सार्वजनिक

फोनिजको विरोधबिच पत्रकार महासङ्घको पुस्तक सार्वजनिक

काठमाडौँ, २८ माघ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान शाखाले निकालेको पुस्तक विरोधका बिच सार्वजनिक गरिएको छ ।  पुस्तकमा महासङ्घ संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्नेमा कृष्णप्रसाद भट्टराईको नाम उल्लेख गरिएको भन्दै आपत्ति जनाउँदै आदिवासी जनजाति पत्रकार सङ्घ (फोनिज)ले विरोध गरेको छ ।  नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममै फोनिजले विरोध गरे पनि पुस्तक भने सार्वजनिक गरिएको छ ।  सार्वजनिक पुस्तक नै च्यातेर फोनिजले आपत्ति जनाउँदै विरोध गरेको छ ।
Read More
भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालको दोस्रो जीत

भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालको दोस्रो जीत

काठमाडौँ, २८ माघ । नेपालले भुटानलाई  पराजित गरेको छ ।  मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई  पराजित गरेको हो ।  लगातार दोस्रो जित हासिल गर्दै नेपालले आइतबार बिहान भुटानलाई ८ विकेटले पराजित गरेको हो । यसअघि पनि नेपालले हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो ।  
Read More
वामपन्थी लेखकहरू एकजुट हुँदै, घिमिरेको नेतृत्वमा १७ सदस्य निर्वाचित

वामपन्थी लेखकहरू एकजुट हुँदै, घिमिरेको नेतृत्वमा १७ सदस्य निर्वाचित

विशाल बस्नेत/ न्युज कारखाना महोत्तरी, २८ माघ । प्रगतिशील लेखक सङ्घ मधेस प्रदेशको अधिवेशनमा वामपन्थी लेखकहरूले बाम धुर्विकरणको सुरुवात गरेका छन् । वामपन्थी विचारकहरू छिन्नभिन्न भइरहेको अवस्थामा मदेसबाट एकीकृत भएका वामपन्थी लेखकहरूको यो अधिवेशनले कम्युनिष्टहरुलाई जोडन महत्त्वपूर्ण कोशेढुंगा साबित हुने विश्वास गरिएको छ । लेखक सङ्घ मधेस प्रदेशका अध्यक्ष वालमुकुन्द कार्कीको अध्यक्षतामा भएको खुल्ला सत्रमा सहभागी वक्ताहरूले परिवर्तनको लागी कम्युनिस्ट धुर्विकरणको विकल्प नभएको बताए । कम्युनिस्ट घटकहरूलाई एक ठाउँमा जोडने उद्देश्यले नै प्राज्ञिक प्रगतिशील लेखकहरू एक ठाउँमा जोडिएको बताउँदै केन्द्रीय उपसचिव डा. देवी दुलालले यसको सुरुवात देशव्यापी भइरहेको जानकारी  दिए । यस क्रममा उक्त अधिवेशनले विभिन्न पाटीमा सग्लन वामपन्थी विचारकहरूको प्रतिनिधित्व हुने…
Read More
जोर्डनलाई हराउँदै कतारले जित्यो एसियन कपको उपाधि

जोर्डनलाई हराउँदै कतारले जित्यो एसियन कपको उपाधि

काठमाडौँ, २७ माघ । कतारले लगातार दोस्रो पटक एसियन कपको उपाधि जितेको छ। शनिवार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एसियन कपको उपाधि जितेको हो। कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरेका थिए। उनले तिनै गोल पेनाल्टीबाट गरेका थिए । त्यसै गरी जोर्डनका लागि एक गोल यजन अल नैमतले गरेका थिए। यस अघि २०१९ मा पहिलो पटक विजेता बनेको कतारले लगातार दोस्रो पटक उपाधि जितेको हो। कतार लगातार दोस्रो पटक एसियन कप जित्ने चौथो देश बनेको छ। यस अघि साउदी अरेबियाले १९८४ र १९८८ मा, इरानले १९६८ र १९७२ मा तथा दक्षिण कोरियाले १९५६ र १९६०…
Read More
फोटो पत्रकार वन्तको अध्यक्षतामा गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन

फोटो पत्रकार वन्तको अध्यक्षतामा गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन

काठमाडौँ, २७ माघ । गोरखा घर भयी काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। आज भएको अधिवेशनले पत्रकार प्रदीपराज वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो। समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन्। यस्तै सुदिप कैनी, लिलाधर कोइराला, राधा रोकाहा, उत्सव वि.क तथा मोहसिन अलि मिया कार्यसमिति सदस्य चयन भएका छन्। आजको अधिवेशनले सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिए। नव निर्वाचित कार्यसमितिको आजै बसेको बैठकले वरिष्ठ पत्रकारहरू रामजी दाहाल, खीलबहादुर…
Read More
योग दर्शनमा पनि मार्क्सवादको अंश छ ः डा.हरिप्रसाद पोखरेल

योग दर्शनमा पनि मार्क्सवादको अंश छ ः डा.हरिप्रसाद पोखरेल

काठमाडौँ माघ २७ । ‘योग दर्शनमा पनि मार्क्सवादको अंश छ’ –योग दर्शनका व्याख्याता डा.हरिप्रसाद पोखरेलले भने,  ‘अप्रतिगृह, यो दर्शनको एउटा नियम हो । यो नियम भनेको आवश्यकताभन्दा बढी वस्तु प्रयोग नगर्नु तथा त्यो अरूलाई दिनु भन्ने हो । यो नियमलाई कडाइका साथ पालन गरियो भने पनि विभेदको मात्रा धेरै हदसम्म हट्न सक्छ ।’ ज्ञानशाला अनुसन्धान केन्द्रले माघ २७ गते नयाँबजारस्थित आफ्नो हलमा आयोजना गरेको कार्यक्रममा डा.पोखरेलले भने, ‘योग दर्शनमा विपरीतहरूबिच एकता हुन्छ, अर्थात् दायाँ भएपछि बायाँ हुनै पर्छ, तल भएपछि माथि हुनै पर्दछ । यस प्रकारको प्रक्रिया पनि एक प्रकारको द्वन्द्ववाद हो ।’ ‘योग दर्शनले ऊर्जा उत्पादन हुन्छ, उपयोग हुन्छ…
Read More
इक्वेडरमा २८ बर्सिया काउन्सिलरको गोली हानी हत्या, पुरै देश शोकमा

इक्वेडरमा २८ बर्सिया काउन्सिलरको गोली हानी हत्या, पुरै देश शोकमा

इक्ववेडर, २७ माघ ।  इक्वेडरमा एक जना काउन्सिलरको गोली हानी हत्या गरिए पछि पुरै देश शोकमा डुबेको छ ।   गुयासको नारञ्जलमा सडकको खराब अवस्थाबारे भिडियो खिच्दै गर्दा २९ बर्सिया डायना कार्नेरोमाथि आक्रमण भएको थियो । मोटरसाइकलमा आएका दुई संदिग्धहरूले डायनाको टाउकोमा गोली हानेका थिए। प्रहरीले भने,  ‘मोटरसाइकलमा आएर दुई जना शङ्कास्पद व्यक्तिले उनको टाउकोमा गोली हानेर भागेका थिए ।’ त्यसपछि उनलाई हतार हतार अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा हालसम्म कसैलाई पक्राउ नगरेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डायनाको हत्याले देशभर शोकको लहर ल्याएको छ। पूर्व राष्ट्रपति राफेल कोरियाले पोस्ट गरे,…
Read More