health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, २७ माघ । गोरखा घर भयी काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। आज भएको अधिवेशनले पत्रकार प्रदीपराज वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो।
समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन्।
यस्तै सुदिप कैनी, लिलाधर कोइराला, राधा रोकाहा, उत्सव वि.क तथा मोहसिन अलि मिया कार्यसमिति सदस्य चयन भएका छन्। आजको अधिवेशनले सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिए।
नव निर्वाचित कार्यसमितिको आजै बसेको बैठकले वरिष्ठ पत्रकारहरू रामजी दाहाल, खीलबहादुर भण्डारी तथा सुशील अर्याललाई पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।
यस्तै आजको बैठकले गोर्खाली पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि गम्भीर रूपमा लाग्ने तथा गोरखाका सुन्दर पर्यटकीय क्षेत्रहरूको उजागर गर्नको लागि मद्दत गर्ने निर्णय गरेको छ।
यसअघि कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वरिष्ठ पत्रकार दाहालले एकताबद्ध भएर काम गर्न सके संस्थाले गोर्खाका पत्रकारहरूको लागि धेरै योगदान पुर्याउन सक्ने धारणा राखेका थिए।
अर्का वरिष्ठ पत्रकार सुशील अर्यालले गोर्खाली पत्रकारहरूले गोरखाका ऐतिहासिक, सास्कृतीक पहिचान स्थापित हुने खालका समाचारहरू खोज्ने तथा लेख्नुपर्नेमा जोड दिए।
गोरखाका अग्रज पत्रकारहरू बद्री पोखरेल, भरत ढकाल, विवेक रेग्मी, अमृत दाहाललगायतले गोरखाको समग्र विकास र गोरखाका पत्रकारहरूको क्षमता अभिवृद्धिमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।