Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
January 2024 - Page 9 of 22 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: January 2024

एसिया कपमा भारतको लगातार दोस्रो हार

एसिया कपमा भारतको लगातार दोस्रो हार

काठमाडौँ, ५ माघ । भारतले जारी एसिया कपमा लगातार दोस्रो हार बेहोरेको छ ।   गए राती सम्पन्न समूह बी अन्तर्गतको खेलमा उज्बेकिस्तानले भारतलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।   उज्बेकिस्तानको जितमा अब्बोसबेक फाय्जुल्लेभ, इगोर सेर्गीभ र शेर्जोद नस्रुल्लाएभले एक एक गोल गरेका थिए ।   यो जितपछि उज्बेकिस्तानको २ खेलमा ४ अङ्क भएको छ र समूहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतले भने लगातार दोस्रो हार बेहोरेर समूहमा पुछारमा रहेको छ । अब यो हारसँगै भारत दोस्रो राउन्डको दौडबाट पनि बाहिरिएको छ ।   अब भारतले अर्को खेल आगामी मङ्गलवार सिरियासँग खेल्ने छ । त्यस्तै उज्बेकिस्तानले…
Read More
सिराहा प्रशासन कार्यालयमै मिटर ब्याज पीडित र साहुबिच कुटाकुट

सिराहा प्रशासन कार्यालयमै मिटर ब्याज पीडित र साहुबिच कुटाकुट

मुकेश कुमार यादव/न्युज कारखाना सिराहा, ५ माघ । जिल्ला प्रशासन कार्यालय सिराहामा ऋणी र साहुबिच कुटपिट  भएको छ। सिराहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटर ब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो। कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नपा ११ घर भई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ। पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबिच कुटपिट भएको हो।  छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी रवीन्द्र राज पाण्डेले जानकारी दिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Read More
चीनको जनसङ्ख्या लगातार दोस्रो पटक पनि घट्यो, चिनिया विज्ञहरू चिन्तित

चीनको जनसङ्ख्या लगातार दोस्रो पटक पनि घट्यो, चिनिया विज्ञहरू चिन्तित

काठमाडौँ, ५ माघ । सन् २०२३ मा पनि चीनको जनसङ्ख्यामा ठुलो गिरावट आएको छ । जसअनुसार विगत दुई वर्षदेखि चीनको जनसङ्ख्या लगातार घट्दै गएको छ । चिनिया सञ्चारमाध्यमका अनुसार जनसङ्ख्या घट्नुको मुख्य कारण कोभिड १९ बाट हुने मृत्यु र जन्मदरमा आएको कमी रहेको बताइएको छ । यसले आगामी दिनमा चीनको अर्थतन्त्रमा असर पार्न सक्ने चेतावनी दिइएको छ । साथै, जन्मदरमा आएको गिरावटले चीनका लागि ठुलो समस्या खडा गर्न सक्ने आशङ्का गरिएको छ । हाल चीनको जनसङ्ख्या १४० करोड छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले गत वर्षदेखि हालसम्म चीनको जनसङ्ख्या २० लाख ८० हजारले घटेको जनाएको छ । विश्वको सबैभन्दा धेरै…
Read More
यू- १९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी

यू- १९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी

काठमाडौँ, ५ माघ । आइसिसी यू- १९ विश्वकप आजदेखि सुरु हुँदै छ । विश्वकपको पहिलो खेलमा आज  आयरल्यान्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिज खेल्दै छन् ।  दुवै खेल नेपाली समय अनुसार अपराह्न १: ४५ बजेदेखि सुरु हुने छन् ।   दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदै छन् ।  यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ । विश्वकप खेल्ने…
Read More
युगान्डामा छन् ३५० भन्दा बढी नेपाली, भेटेर प्रधानमन्त्री प्रफुल्लित

युगान्डामा छन् ३५० भन्दा बढी नेपाली, भेटेर प्रधानमन्त्री प्रफुल्लित

कम्पाला, ५  माघ ।असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डाको कम्पाला आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युगान्डामा रहेका नेपालीहरूसँग भेट गरेका छन् । भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगान्डा भ्रमण पहिलो भ्रमण रहेको बताउँदै यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताए । प्रधानमन्त्रीले भने, “युगान्डामा मेरो पहिलो भ्रमण हो। तपाईँहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईँहरूले केही कुरा उठाउनुभयो। ती महत्त्वपूर्ण छन्। हिजो मात्रै मैले भिजिट भिसाका बारेमा केही महत्त्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ।” “विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले…
Read More
गोरखा-लिगलिगकोट बसाइ पछिका केही चिन्तन केही अनुभूति: 

गोरखा-लिगलिगकोट बसाइ पछिका केही चिन्तन केही अनुभूति: 

बाबुराम भट्टराई निजी/ऐतिहासिक १. पछिल्लो चरणमा ग्रामीण अर्थतन्त्रको तीव्र विघटन र बढ्दो सहरीकरण सँगसँगै गाउँ रित्तिँदै छ भने सहरहरू कङ्क्रिट जङ्गल बन्दै छन्। क्षेत्रीय विकास योजनाको विद्यार्थीको नाताले यो प्रवृत्तिलाई रोक्न आफैँ गाउँ फर्केर केही गर्नपर्छ भन्ने मेरो चाहना हो।आफ्नो पुर्ख्यौली घरको रेट्रोफिटिंग,बन्दै गरेका भौतिक पूर्वाधारहरूको निरीक्षण, गाउॅलेहरू संगको अन्तर संवाद पछि ‘गाउँको सहरीकरण’ गरेर मानिसहरूलाई त्यहीँ राख्न सकिन्छ भन्ने विश्वास बढेको छ।अब खाँचो गाउँमै कृषिको आधुनिकीकरण,साना तथा मध्यम उद्योग र पर्यटनको प्रवर्द्धन आदि गरेर सम्मानजनक र आयमूलक रोजगारी सिर्जनाको छ। २. केही अगुवा साथीहरू र परिवार सहित ऐतिहासिक लिगलिगकोट भ्रमणको विशेष अर्थ छ।पन्ध्रौँ सोह्रौँ शताब्दीसम्म वर्तमान नेपालको अधिकांश भूभागमा…
Read More
माघ ७ गते संसारभरि  लेनिन स्मृति दिवस मनाइने

माघ ७ गते संसारभरि लेनिन स्मृति दिवस मनाइने

काठमाडौँ, माघ ४ गते । लेनिनको मृत्यु भएको सय वर्ष पुगेको सन्दर्भमा विश्वभरमा नै लेनिनको शताब्दी स्मृति दिवस मनाइँदै छ । सोही सन्दर्भमा नेकपा(मसाल)ले पनि माघ ७ गते देशैभरि सो दिवस मनाउने पार्टी प्रवक्ता रामप्रकाश पुरीले ज्ञानघरलाई बताए । काठमाडौँको बागबजारस्थित हार्दिक होटेलमा दिउसो १२.३० बाट कार्यक्रम आयोजन गरिएको उनले बताए । नेकपा(मसाल)केन्द्रीय कार्यालयको आयोजनामा हुने स्मृति दिवस कार्यक्रममा विभिन्न कम्युनिस्ट पार्टीका नेताहरू सहभागी हुने प्रवक्ता पुरीले बताए । मार्क्स, एङ्गेल्सले क्रान्तिकारी दर्शन र वैज्ञानिक समाजवादको उच्च रूपमा विकास गरेका थिए भने लेनिनले मार्क्सवादी सिद्धान्तलाई सिर्जनात्मक विकास गर्नुका साथै त्यसलाई ठोस व्यवहारिक रूप दिने काम गरेका थिए । लेनिनको नेतृत्वमा…
Read More
कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा देशको सुरक्षा स्थिति बारे छलफल

कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा देशको सुरक्षा स्थिति बारे छलफल

काठमाडौँ, ४ पुस । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकसँग देशको सुरक्षा स्थिति बारे छलफल गरेका छन्। आज रक्षा मन्त्रालयमा भएको छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री खड्कालाई सहभागी पदाधिकारीहरूले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए। त्यस अवसरमा खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचन समेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिए। साथै वहाँले सुरक्षा बहु आयामिक विषय…
Read More
गठबन्धन दलको वंश भ्रष्टाचारी, गोत्र निकम्मा र जात देशद्रोही: ओली

गठबन्धन दलको वंश भ्रष्टाचारी, गोत्र निकम्मा र जात देशद्रोही: ओली

काठमाडौँ, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार भ्रष्टाचार र तस्करीको संरक्षक भएको बताएका छन् । नेपाल खेलकुद महासङ्घको पूर्ण बैठकलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको गोत्र निकम्मा र जात देशद्रोही भएको बताएका हुन ।   अहिलेको गठबन्धनमा रहेका दल र नेताहरूको घाटी मात्रै नभएर सिङ्गै शरीर पनि जोडिएको ओलीले बताए । उनले गठबन्धन दलको वंश भ्रष्टाचारी र कमिशनतन्त्रीय, गोत्र निकम्मा र जात देशद्रोही भएको बताएका छन् । ‘यी एकै वंशका, एकै नस्लका हुन्, भ्रष्टाचारी वंशका हुन्, यी कमिशनतन्त्रीय वंशका हुन्, यिनको गोत्र निकम्मा हो, यिनको जात देशद्रोही हो, त्यस…
Read More
मेडिकल व्यवसायी प्रसाईँ माथि हातपात गर्ने पक्राउ

मेडिकल व्यवसायी प्रसाईँ माथि हातपात गर्ने पक्राउ

बागलुङ, ४ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बागलुङमा हातपात भएको छ ।   बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल व्यवसायी प्रसाईँ कार्यक्रम स्थलमा हातपात भएको हो ।   प्रसाईँ माथि हातपात गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको  प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए ।   उनी माथि किन हातपात गरिएको हो, त्यसका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
Read More