health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, ५ माघ । सन् २०२३ मा पनि चीनको जनसङ्ख्यामा ठुलो गिरावट आएको छ । जसअनुसार विगत दुई वर्षदेखि चीनको जनसङ्ख्या लगातार घट्दै गएको छ ।
चिनिया सञ्चारमाध्यमका अनुसार जनसङ्ख्या घट्नुको मुख्य कारण कोभिड १९ बाट हुने मृत्यु र जन्मदरमा आएको कमी रहेको बताइएको छ । यसले आगामी दिनमा चीनको अर्थतन्त्रमा असर पार्न सक्ने चेतावनी दिइएको छ । साथै, जन्मदरमा आएको गिरावटले चीनका लागि ठुलो समस्या खडा गर्न सक्ने आशङ्का गरिएको छ ।
हाल चीनको जनसङ्ख्या १४० करोड छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले गत वर्षदेखि हालसम्म चीनको जनसङ्ख्या २० लाख ८० हजारले घटेको जनाएको छ । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देशमा चीन दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ।
पछिल्लो दुई वर्षयता चीनमा कोभिड–१९ का कारण मृत्यु हुने क्रम जारी छ । यसबाहेक जन्मदरमा पनि कमी आएको छ । यी दुई कारणलाई जनसङ्ख्या घट्नुको सबैभन्दा ठुलो कारण मानिएको चिनिया सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०२२ मा चीनमा ८.५ लाख मानिसको मृत्यु भएको थियो । गत वर्षको तुलनामा प्रति हजारमा जन्मदर ६.३९ प्रतिशतले घटेको छ । चीनमा कम्युनिस्ट शासन स्थापना भएपछि पहिलो पटक यस्तो गिरावट आएको हो।
मुलुकमा काम गर्ने व्यक्तिको उमेर १६ देखि ५९ वर्षको बिचमा रहेकोमा सन् २०२२ मा १० करोड ७५ लाखले घटेको छ । ६० वर्षभन्दा माथिका मानिसको सङ्ख्या बढेको छ । सन् २०२२ मा ६० वर्षभन्दा माथिका व्यक्तिको सङ्ख्या १६.९३ मिलियनले बढेको छ ।