Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
January 2024 - Page 10 of 22 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: January 2024

असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान

असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान

 माघ ४, काठमाडौँ। असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गर्नुभएको छ। माघ ५ र ६ गते हुने असंलग्न आन्दोलनका राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युगान्डाको राजधानी कम्पाला प्रस्थान गर्नुभएको हो।  प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार राति २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गर्नुभएको हो। प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री एनपी साउद, छोरी गङ्गा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू हुनुहुन्छ।  प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई माघ ५ गते सम्बोधन गर्नुहुनेछ। असंलग्न आन्दोलन (नाम) का संस्थापक राष्ट्रहरूमध्ये…
Read More
कति फरार प्रतिवादी पक्राउ परे रौतहटमा ?

कति फरार प्रतिवादी पक्राउ परे रौतहटमा ?

सञ्जय मिश्रा  रौतहट ४ माघ।  लामो समय देखि फरारको सूचीमा रहेका अभियुक्त मध्ये यस आर्थिक वर्षमा कम्तीमा आठ सय जनालाई पक्राउ गर्ने रौतहट प्रहरीले लक्ष्य लिएको छ। विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भई सकेर पनि फरारको सूचिमा रहेका अभियुक्त मध्ये चालू आर्थिक वर्ष २०८०१०८१ मा कम्तीमा आठ सय जनालाई पक्राउ गर्ने लक्ष्य सहित विशेष अभियान सञ्चालन गरिएको रौतहटका एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्। विशेष अभियान अन्तर्गत यस आर्थिक वर्षको गत साउन देखि पुस मसान्त सम्म  ६ महिनाको अवधिमा विभिन्न प्रकृतिका मुद्दामा संलग्न २८० जना फरार अभियुक्त पक्राऊ गरी कारबाहीको दायरामा ल्याएको  एसपी श्रेष्ठले बताएका छन्। कर्तव्य ज्यान,…
Read More
चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौती माग गर्ने ३ जना पक्राउ

चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौती माग गर्ने ३ जना पक्राउ

चितवन,४ माघ । चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौती माग गर्ने ३ जना पक्राउ  परेका छनु । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वडा नं २१ बस्ने  २७ वर्षीय सरोज सुनार, वडा नं १ बस्ने  २६ वर्षीय दीपक बि.क र वडा नं २६ बस्ने २५ वर्षीय सागर बि.क रहेका छन् ।   उनीहरूले गत पुस २८ गते रुपन्देही असुरैना वडा नं ३ घर भई हाल भरतपुर महानगरपालिका वडा न १ मा व्यवसाय गरी बस्ने करन गुप्तालाई बारम्बार अपरिचित एनसेलको विभिन्न नम्बरबाट फोन गरी १५ लाख रकम फिरौती माग गरेको र यदि नदिएमा सुट गरी मार्ने धम्की दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।…
Read More
रोमाञ्चक डबल सुपर ओभरमा अफगानिस्तानविरुद्ध भारत विजयी

रोमाञ्चक डबल सुपर ओभरमा अफगानिस्तानविरुद्ध भारत विजयी

काठमाडौँ, ४ माघ । भारतले अफगानिस्तानविरुद्धको टी-२० सिरिज क्लिन स्वीप गरेको छ । भारतले सिरिजको तेस्रो खेल दोस्रो सुपर ओभरमा जितेर सिरिजमा क्लीन स्वीप गरेको हो । बैंगलोरमा भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१२ रन बनाएको थियो । जसमा कप्तान रोहित शर्माले अविजित १२१ रनको इनिङ खेलेका थिए भने रिंकु सिंहले अविजित ६९ रन बनाएका थिए । जवाफमा अफगानिस्तानले पनि २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनाएको थियो । पहिलो सुपर ओभरमा अफगानिस्तानले भारतलाई जितका लागि १७ रनको लक्ष्य दिएको थियो भने भारतीय टोलीले १६ रन बनाएको थियो । यस्तो अवस्थामा…
Read More
बनेपा नगरपालिकाका वडाध्यक्ष १५ लाख घुससहित पक्राउ

बनेपा नगरपालिकाका वडाध्यक्ष १५ लाख घुससहित पक्राउ

काठमाडौँ, ४ माघ । बनेपा नगरपालिकाका एक वडाध्यक्ष १५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बादेलाई बुधवार घुस रकमसहित पक्राउ गरेको हो। अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार बादेलाई भक्तपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट पक्राउ गरिएको हो। बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोली उनको खोजीमा पुगेको थियो। ‘उहाँलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो,’ प्रवक्ता घिमिरेले भने। बादेको साथबाट स्रोत नखुलेको रकम पनि बरामद भएको घिमिरेले जानकारी दिए। बादेको साथबाट जापनिज येन १० हजार, अमेरिकी डलर…
Read More
एसियन कप: चीन र लेबनान गोलरहित बराबरीमा

एसियन कप: चीन र लेबनान गोलरहित बराबरीमा

काठमाडौँ, ३ माघ । जारी एसियन कप फुटबलमा चीन र लेबनान बराबरीमा रोकिएका छन् । समूह ए अन्तर्गतको बुधवार सम्पन्न खेलमा चीन र लेबनान गोलरहित बराबरीमा रोकिएका हुन् । यो यस प्रतियोगितामा चीनको दोस्रो बराबरी हो । यस अघि पहिलो खेलमा पनि चीन ताजकिस्तानसँग गोलरहित बराबरीमा रोकिएको थियो । यो बराबरीपछि चीनको २ खेलमा २ अङ्क भएको छ र समूहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै पहिलो खेलमा आयोजक कतारसँग हार बेहोरेको लेबनानको भने २ खेलमा एक अङ्क भएको छ र समूहमा पुछारमा रहेको छ । अब समूह चरणको अन्तिम खेलमा चीनले आगामी सोमबार आयोजक कतारको सामना गर्ने छ भने लेबनानले…
Read More
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ, ३ पुस । सरकारले ‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ सङ्घीय संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले ‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ लाई सङ्घीय संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। २०८० माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू १. नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा श्री पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने। २. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम…
Read More
आइभीएफ प्रविधिबाट वीरगन्जमा उपचाररत महिलाले जन्माइन तिम्ल्याहा बच्चा

आइभीएफ प्रविधिबाट वीरगन्जमा उपचाररत महिलाले जन्माइन तिम्ल्याहा बच्चा

रौतहट ३ माघ। सूर्य अस्पताल वीरगन्जमा आइभीएफ ईनभीट्रो फर्टीलाईजेशन प्रविधिबाट उपचाररत एक जना महिलाले जन्माइन तिम्ल्याहा बच्चा जन्माएकी छिन्।   अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर मोनिका यादव सिंहले उक्त प्रविधिबाट उपचार गरेकी महिलाले दुई दिन अघि तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।   विवाह पश्चात् १५ वर्षदेखि निसन्तान रहेकी सर्लाहीको कविलासी नगरपालिका – ७ की ३५ वर्षीय महिलाले उपचार पश्चात् तिम्ल्याहा बच्चालाई जन्म दिएको अस्पतालका निर्देशक डाक्टर सरोज सिंहले जानकारी दिएका छन्।   तिम्ल्याहामध्ये दुई छोरी र एक छोरा रहेको डाक्टर सिंहले बताएका छन्। तिनै जना शिशु पूर्ण स्वस्थ रहेको छ। थप सावधानीका लागि उनीहरूलाई एनआइसीयू वार्डमा…
Read More
चीनले बनायो बिना चार्ज ५० वर्षसम्म चल्ने ब्याट्री

चीनले बनायो बिना चार्ज ५० वर्षसम्म चल्ने ब्याट्री

बेइजिङ, ३ माघ । एक चिनियाँ स्टार्टअपले नयाँ ब्याट्री विकास गरेको छ, जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ ।   द इन्डिपेन्डेन्टका अनुसार यो बेइजिङस्थित बेटाभोल्टले बनाएको परमाणु ब्याट्री हो। यद्यपि, परमाणुको मतलब यो होइन कि यसको आकार धेरै ठुलो छ।   समाचारमा थप भनिएको छ कि बेटाभोल्टले सिक्का भन्दा सानो मोड्युलमा ६३ आइसोटोपहरू निकाल्न सफल भएको छ। कम्पनीले परमाणु ऊर्जालाई लघूकरण गर्ने यो संसारको पहिलो ब्याट्री भएको बताइएको छ । अर्को पुस्ताको ब्याट्री परीक्षण भइरहेको छ। यो फोन र ड्रोन जस्ता व्यावसायिक उपकरणहरूको लागि ठुलो मात्रामा उत्पादन गरिनेछ।   ‘बिटाभोल्ट परमाणु ऊर्जा…
Read More
भूकम्पका कारण जापानी समुन्द्री तट ८०० फिट पर पुग्यो, पानी घट्दा बन्दरगाह सुख्खा

भूकम्पका कारण जापानी समुन्द्री तट ८०० फिट पर पुग्यो, पानी घट्दा बन्दरगाह सुख्खा

टोकियो, ३ माघ । नयाँ वर्षको पहिलो दिन जनवरी १ मा जापानमा भूकम्प गएको थियो । ७.५ रेक्टर स्केलको भूकम्पले देशका धेरै क्षेत्रमा निकै क्षति पुर्‍याएको थियो ।   विशेष गरी नोटो प्रायद्वीपमा विनाशको दृश्य देखियो। अब स्याटलाइट तस्बिरले जापानमा भूकम्पका कारण त्यहाँका धेरै टापुहरू समुन्द्री सतहबाट अलि माथि गएको र तिनीहरूको तटीय क्षेत्र पनि सरेको खुलासा भएको छ । यसको मतलब समुद्र किनारबाट टाढा गएको छ।   स्याटलाइट तस्बिरहरूबाट नोटो प्रायद्वीपको बारेमा महत्त्वपूर्ण जानकारी प्राप्त भएको छ। नाहेल बेल्गारेज नामक एक ट्विटर प्रयोगकर्ताले जापानको नोटो प्रायद्वीपको तस्बिरहरू साझा गरेका छन्। त्यहाँका तटीय तस्बिरहरूले देखाउँछन् कि तटहरू समुद्रबाट टाढा सरेका…
Read More