Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
January 2024 - Page 8 of 22 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: January 2024

नरिवलको तेलमा मेथीको पाउडर मिसाएर लगाउँदा हट्नेछ कपालको सेतोपना

नरिवलको तेलमा मेथीको पाउडर मिसाएर लगाउँदा हट्नेछ कपालको सेतोपना

काठमाडौँ, ६ माघ । उमेरमा नै कपाल सेतो हुनु आजको समयमा यस्तो समस्या बनेको छ कि धेरै मानिसहरू यससँग लडिरहेका छन् ।   अझै सानै उमेरमा मानिसको कपाल सेतो हुने गर्छ र यो समस्या साना बालबालिकामा पनि देखिने गरेको छ । कहिलेकाहीँ रासायनिक उत्पादनहरू र शरीरमा केही पोषक तत्त्वहरूको कमीको कारणले कपालको समय अगावै सेतो हुन सक्छ।   यो समस्याबाट बच्न कपालको हेरचाह गर्ने धेरै प्रकारका उत्पादनहरू बजारमा उपलब्ध भएता पनि त्यसको नतिजा कस्तो हुन्छ भन्ने पुष्टि भएको छैन। यस्तो अवस्थामा यो समस्याबाट छुटकारा पाउन प्राकृतिक उपाय अपनाउनु राम्रो हुन्छ । यदि तपाईँ तपाईँको सेतो कपाल केही दिनमा कालो र…
Read More
खेलकुदमा सङ्घीयता नहुँदा नेपालगन्ज रङ्गशाला खण्डहर हुँदै

खेलकुदमा सङ्घीयता नहुँदा नेपालगन्ज रङ्गशाला खण्डहर हुँदै

रुद्र सुवेदी नेपालगन्ज, ६ माघ । मुलुकमा सङ्घीयता कार्यान्वयन भएको आठ वर्ष भयो तर खेलकुदमा सङ्घीयता कार्यान्वयन नहुँदा करोडौँ खर्चेर निर्माण भएका साबिक मध्यपश्चिम खेलकुद विकास समिति अन्तरगत निर्माण भएको नेपालगन्ज रङ्गशालाका खेलकुदका संरचनाहरू संरक्षणको अभावमा खण्डहरमा परिणत भएका छन् ।   खेलकुदमा सङ्घीयता कार्यान्वयन नहुँदा करोडौँ खर्चेर निर्माण भएका सालिक मध्यपश्चिम खेलकुद विकास समिति अन्तरगत नेपालगन्ज रङ्गशालामा रहेका खेलकुदका संरचनाहरू संरक्षणको अभावमा खण्डहरमा परिणत भएका हुन् ।   सालिक मध्यपश्चिम खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्दले राष्ट्रिय खेलकुद परिषद् अन्तरगत रहेको नेपालगन्ज रङ्गशाला सङ्घीयता पछि स्थानीय तह, जिल्ला, प्रदेश कसको अन्तरगत रहने स्पष्ट नहुँदा संरक्षणको लागि आवश्यक बजेट नआएको…
Read More
जापानको मुन मिसन चन्द्रमामा अवतरण, चन्द्रमामा मिसन लैजाने पाँचौँ देश

जापानको मुन मिसन चन्द्रमामा अवतरण, चन्द्रमामा मिसन लैजाने पाँचौँ देश

टोकियो, ६ माघ । जापानको चन्द्रयान चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ ।   जुन सफलता पछि अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा अवतरण गर्ने पाँचौँ देश बनेको छ ।   जापानको अन्तरिक्ष एजेन्सीले आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गरेको जनाएको हो ।   जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले मुन स्पिनर नामक प्रोबलाई लक्ष्यको १०० मिटर (३२८ फिट) भित्र अवतरण गर्ने प्रयास गरेको छ।   जापानको अन्तरिक्ष एजेन्सी स्लिमले  आफ्नो सही लक्ष्य हासिल गरेको छ कि छैन भनेर प्रमाणित गर्न एक महिना लाग्ने बताएको छ।   बिबिसीका अनुसार जापानको अन्तरिक्ष एजेन्सीले ‘मून स्नाइपर’ भनेर…
Read More
राष्ट्रिय सभाका उम्मेदवारसँग धनगढीमा सत्ता गठबन्धनको चियापान

राष्ट्रिय सभाका उम्मेदवारसँग धनगढीमा सत्ता गठबन्धनको चियापान

काठमाडौँ, ५ माघ । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन  सत्ता गठबन्धन दल सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको राष्ट्रिय सभाका उम्मेदवारहरूसँग परिचयात्मक तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ। राष्ट्रिय सभा सदस्यका उम्मेदवार विजयी गर्न गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक मेघराज खडकाको संयोजकत्वमा आज  नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको कार्यालयमा चियापान, भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य एवं  प्रवक्तासमेत रहेका सुरत रावत डोटेली कान्छाले बताए। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूलाई सत्ता गठबन्धन दलका तर्फबाट राष्ट्रिय सभा सदस्यमा साझा उम्मेदवार बनेका नेपाली काँग्रेसका बलदेव बोहरा, नेकपा माओवादी केन्द्रकी…
Read More
जापानमाथि इराकको रोमाञ्चक जित

जापानमाथि इराकको रोमाञ्चक जित

काठमाडौँ, ५ माघ । इराकले जारी एसियन कपमा जापानमाथि रोमाञ्चक जित हासिल गरेको छ । शुक्रवार सम्पन्न समूह डी अन्तर्गतको खेलमा इराकले जापानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । फिफा वरियतामा ६३औँ स्थानमा रहेको इराकले हाल १७औँ स्थानमा रहेको जापानलाई स्तब्ध बनाएको छ । इराकको जितमा आइमेन हुसैनले दुवै गोल गरेका थिए भने जापानका लागि खेलको ९३औँ मिनेटमा वाटारु एन्डोले एक गोल फर्काएका थिए । यो जारी प्रतियोगितामा इराकको लगातार दोस्रो जित हो । समूह डीमा २ खेलमा ६ अङ्क हासिल गरेको इराक शीर्ष स्थानमा रहेको छ । त्यस्तै जापानको भने २ खेलमा ३ अङ्क रहेको छ । अब…
Read More
साहित्यकार पाण्डेयको समालोचकीय दृष्टिकोणमाथि ६८औँ परिसंवाद कार्यक्रम सम्पन्न 

साहित्यकार पाण्डेयको समालोचकीय दृष्टिकोणमाथि ६८औँ परिसंवाद कार्यक्रम सम्पन्न 

माघ ५, काठमाडौँ । ‘साहित्यकार प्रा.डा.ताराकान्त पाण्डेयको चिन्तनको मूल धार, समाजवादी यथार्थवादी रहेको’, प्रगतिशील लेखक सङ्घको ६८औँ परिसंवाद कार्यक्रममा ईश्वरचन्द्र ज्ञवालीले बताउनुभयो । सङ्घको सल्लाहकार समेत रहेका ज्ञवालीले माघ ५ गते बागबजारस्थित  सङ्घको कार्यालयमा भएको कार्यक्रममा सो धारणा राख्नुभएको हो । समाजवादी यथार्थवादी चिन्तन जसलाई प्रगतिवाद पनि भनिन्छ, को मूल आधार द्वन्द्वात्मक भौतिकवादी तथा ऐतिहासिक भौतिकवादी दार्शनिक प्रणाली भएको बताउँदै सल्लाहकार ज्ञवालीले ‘समालोचक पाण्डेयको आलोचनात्मक यथार्थवादको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका रहेको’ बताउनुभयो । ‘सर्वहारा वर्गले आफ्नो मुक्तिको लागि आफै सङ्घर्ष गर्नुपर्दछ । त्यसको लागि मार्क्सवादको आलोकमा मात्र सम्भव छ । शान्तिपूर्ण तरिकाले अन्तिमसम्म प्रयास गर्ने हो, त्यसो सम्भव नभए सशस्त्र…
Read More
धितो पत्र बोर्डले अध्यक्ष सिफारिस गर्दै

धितो पत्र बोर्डले अध्यक्ष सिफारिस गर्दै

काठमाडौँ, माघ ५। सरकारले धितो पत्र बोर्डको अध्यक्ष सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । बोर्डका अनुसार अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० गते सकिएपछि नयाँ अध्यक्ष चयन हुन लागेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो ।
Read More
निर्वाण चौधरी, अरबपति अन्तर्राष्ट्रिय फोरममा बोल्ने पहिलो नेपाली

निर्वाण चौधरी, अरबपति अन्तर्राष्ट्रिय फोरममा बोल्ने पहिलो नेपाली

काठमाडौँ, ५ माघ । नेपाली अरबपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले पहिलो पटक विश्व आर्थिक मञ्चमा प्यानल बहस गरेका छन् । गए राती स्विटजरल्याण्डको डाभोसमा जारी सो मञ्चको मुख्य प्यानलमा पहिलो पटक चौधरीले प्यानल डिस्कस गरेका हुन् ।   उनले सो संवादको क्रममा हिमालय क्षेत्रका पानी र बिजुली उत्पादनको विषयलाई मुख्य जोड दिएका छन् । उद्योगपति चौधरीले नेपालको हिमालय क्षेत्रको पानीले संसारका करिब दुई अर्ब मानिसलाई जीवन दिन सक्ने जानकारी गराएका छन् । ‘विश्वभरि पानीको सङ्कट बढिरहेको छ, त्यस सन्दर्भमा नेपालको हिमालय क्षेत्रमा रहेको रिजर्भ पानीको सदुपयोग गर्ने हो भने विश्वका करिब २ अर्ब मानिसलाई पानी दिलाउन सकिन्छ,’ उनले…
Read More
गुजरातमा डुङा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

गुजरातमा डुङा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

गुजरात, ५ माघ । गुजरातको बडोदरामा एउटा ठुलो दुर्घटना भएको छ ।   भारतीय समाचार संस्थाका अनुसार गुजरातस्थित हरणी तालमा डुङा पल्टिएको हो ।   यस डुङ्गामा २३ विद्यार्थी र चार शिक्षक सवार रहेका थिए । अहिलेसम्म सो डुङा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरीले जनाएको छ । साथै, आठ जनाको उद्धार गरिएको छ ।   सो डुङा दुर्घटनामा परी चार जना अझै बेपत्ता रहेका छन् भने भने उनीहरूको खोजतलास तथा उद्धार कार्य जारी छ ।   समाचार अनुसार सो डुङ्गाको क्षमता १४ जना थिए तर २७ जनाभन्दा बढी सवार थिए ।   मुख्यमन्त्री भूपेन्द्र पटेलले मृतकका परिवारलाई…
Read More