health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, ५ माघ । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन सत्ता गठबन्धन दल सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको राष्ट्रिय सभाका उम्मेदवारहरूसँग परिचयात्मक तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ।
राष्ट्रिय सभा सदस्यका उम्मेदवार विजयी गर्न गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक मेघराज खडकाको संयोजकत्वमा आज नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको कार्यालयमा चियापान, भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य एवं प्रवक्तासमेत रहेका सुरत रावत डोटेली कान्छाले बताए।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूलाई सत्ता गठबन्धन दलका तर्फबाट राष्ट्रिय सभा सदस्यमा साझा उम्मेदवार बनेका नेपाली काँग्रेसका बलदेव बोहरा, नेकपा माओवादी केन्द्रकी रेणु चन्द, नेपाली काँग्रेसका नारायण दत्त भट्टले आ-आफ्नो परिचयसहित राष्ट्रिय सभामा निर्वाचित गराइदिन अपिल गरेका थिए।
कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाह, नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पूर्व मन्त्री खगराज भट्ट, नेकपा समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पूर्व मन्त्री दीर्घ सोडारी, नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलगायतले सत्ता गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउन एक ढिक्का भएर लाग्न आग्रह गरेका थिए।
स्थानीय तहका प्रमुख, उपप्रमुखसँग समन्वय गरी सबैले आ-आफ्नो परिचय खुल्ने प्रमाणपत्रसहित मतदान गर्ने दिन भन्दा एक दिन अगावै धनगढी आइपुग्न सबै जिल्लामा सर्कुलर गरी इमानदार भएर लाग्न उनीहरूको आग्रह थियो।
सो कार्यक्रम राष्ट्रिय सभा सदस्यका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक खडकाको संयोजकत्वमा भएको थियो भने समन्वय समितिका सदस्यहरू नेकपा माओवादी केन्द्रका जनक बहादुर बुढा, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीलगायतको उपस्थिति रहेको थियो।