Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
January 2024 - Page 7 of 22 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: January 2024

यू-१९ विश्वकप: न्यूजील्याण्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

यू-१९ विश्वकप: न्यूजील्याण्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

काठमाडौँ, ७ माघ । जारी यू-१९ क्रिकेट विश्वकपमा न्यूजील्याण्डले नेपाललाई ३०३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्दै न्यूजील्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको हो । न्यूजील्याण्डका लागि स्नेहित रेड्डीले अविजित १४७  रनको शतकीय पारी खेलेका थिए । त्यस्तै कप्तान ओस्कार ज्याक्सन ७५ रन बनाएर आउट भएका थिए । त्यसै गरी नेपाली बलर सुवास भण्डारीले ३ विकेट लिए भने गुलशन झाले २ विकेट तथा दीपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक एक विकेट लिएका थिए ।
Read More
एमाले पूर्व सांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

एमाले पूर्व सांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौँ, ७ माघ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङसहितका व्यक्तिलाई दोषी ठहर गरेको हो। इच्छाराज र उनको परिवारका सदस्यलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले आइतबार दोषी ठहर गरेको अदालतले जनाएको छ। तामाङको सजाय निर्धारणका लागि अर्को पेशी तोकिने विशेष अदालतले जनाएको छ। एमाले पूर्व सांसद उनी विरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी १६ भदौ ०७९ गते मुद्दा चलाइएको थियो। यस प्रकरणमा इच्छाराजकी पत्नी सृजना शाक्य तामाङविरुद्ध १ अर्ब तीन करोड ५ लाख, छोरीहरू प्रतिरक्षाविरुद्ध ६ करोड…
Read More
सानिया मिर्जासँगको सम्बन्ध विच्छेदको खबर बिच शोएब मलिकले विवाह गरेका साना जावेद को हुन् ?

सानिया मिर्जासँगको सम्बन्ध विच्छेदको खबर बिच शोएब मलिकले विवाह गरेका साना जावेद को हुन् ?

लाहौर, ७ माघ । भारतीय पूर्व टेनिस खेलाडी सानिया मिर्जा र उनका पति पाकिस्तानी क्रिकेटर शोएब मलिकको सम्बन्ध विच्छेदको खबर हालै चर्चामा आएको थियो । तर अब शोएब मलिकको तेस्रो विवाहको तस्बिरले उनलाई सामाजिक सञ्जालमा चर्चामा ल्याएको छ, जसपछि मानिसहरू उनले कोसँग बिहे गरेका हुन्  भन्ने जान्न चाहन्छन् ।   वास्तवमा, पाकिस्तानी क्रिकेटरले अभिनेत्री सना जावेदसँग विवाह गरेका छन्, जुन उनले सामाजिक सञ्जाल पोस्ट मार्फत घोषणा गरेका छन्।   सना जावेदको बारेमा कुरा गर्दा, उनी पेसाले पाकिस्तानी अभिनेत्री हुन्, जसले सन् २०१२ मा शेहर ए जातबाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन्। उनी काला डोरिया, ए मुश्त ए खाक, रोमियो वेड्स…
Read More
विमानस्थलमा प्रधानमन्त्रीले भने, ‘विकसित मुलुकहरूले विकासोन्मुख राष्ट्रहरूलाई प्रदान गर्ने वित्तीय प्रतिबद्धता पूरा गर्नु पर्छ’

विमानस्थलमा प्रधानमन्त्रीले भने, ‘विकसित मुलुकहरूले विकासोन्मुख राष्ट्रहरूलाई प्रदान गर्ने वित्तीय प्रतिबद्धता पूरा गर्नु पर्छ’

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् ।   युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर प्रचण्ड आज बिहान स्वदेश फर्केका हुन । युगान्डाबाट उनी नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री प्रचण्ड भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन ।   सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड गत बुधवार युगान्डाको राजधानी कम्पला पुगेका थिए।   स्वदेश फर्के लगत्तै प्रधानमन्त्रीले जारी गरेको वक्तव्यको पूर्ण पाठ:     सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ’प्रचण्ड’ युगान्डाको कम्पालामा सम्पन्न भएको असंलग्न आन्दोलनको १9औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग…
Read More
‘नरुनु आमा’ प्रगतिशील गीत, सङ्गीतको क्षेत्रमा नयाँ आयाम ः वि.क.

‘नरुनु आमा’ प्रगतिशील गीत, सङ्गीतको क्षेत्रमा नयाँ आयाम ः वि.क.

काठमाडौँ, माघ ७ गते । ‘सङ्गठन निर्माण गर्दै हिँड्दा कतिपय मानिसहरूको लागि बोलेको कुरा मात्र नसुन्ने अवस्था थियो । पार्टीका किताब र पत्रिका बेच्दै हिँड्दा बाइबलको प्रचार गर्न त आएको होइन ? भनेर आरोप पनि लगाइयो । यस प्रकारको अप्ठ्यारो अवस्थाहरूसँग सङ्घर्ष गर्दै एउटा क्रान्तिकारी गीति एल्बम निर्माण गर्ने सोच आयो ।’ ‘नरुनु आमा’ गीति एल्बमका रचयिता दीप गोलेको भनाइ हो यो । ‘पार्टी तथा आन्दोलनमा लागिरहँदा आमाले आफ्नो घर व्यवहारमा मात्र सीमित हुन गरेको अनुरोधलाई गीतको माध्यमबाट सचेत पार्न खोजिएको’ गीतकार दीप गोलेले विमोचन कार्यक्रममा अध्यक्ष मन्तव्यको अवसरमा बताउनुभयो– ‘यो एल्बमको माध्यमबाट मेरो आमाको साथै थुप्रै आमाहरुलाई क्रान्ति र…
Read More
यू-१९ विश्वकपमा आज नेपालको सामना न्यूजील्याण्डसँग

यू-१९ विश्वकपमा आज नेपालको सामना न्यूजील्याण्डसँग

काठमाडौँ, ७ माघ । जारी आइसिसी यू- १९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समूह डी मा रहेको नेपालले आज आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग खेल्दै छ । यो खेल नेपाली समय अनुसार अपराह्न १. ४५ बजेदेखि सुरु हुँदै छ । दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदै छन् ।  यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ । विश्वकप खेल्ने नेपाली…
Read More
पत्ता लाग्यो अहिलेसम्मकै सबैभन्दा पुरानो र ठुलो ‘ब्ल्याक होल’

पत्ता लाग्यो अहिलेसम्मकै सबैभन्दा पुरानो र ठुलो ‘ब्ल्याक होल’

न्युयोर्क, ६ माघ । ब्ल्याक होलहरू विश्वभरका वैज्ञानिकहरूको लागि जिज्ञासाको सबैभन्दा ठुलो केन्द्र हो।   अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जेम्स वेब स्पेस टेलिस्कोप सन् २०२१ मा प्रक्षेपण गरेको थियो। १०,००० करोड रुपैयाँको यो वेधशाला वैज्ञानिकहरूका लागि ब्ल्याक होल पत्ता लगाउने प्रमुख माध्यम बनेको छ। अब खगोलविद्हरूको टोलीले अहिलेसम्म पत्ता लागेको सबैभन्दा टाढाको र सबैभन्दा पुरानो ब्ल्याक होल पत्ता लगाएको छ। यो जानकारी नेचर जर्नलमा प्रकाशित छ ।   यो ब्ल्याक होल धेरै पुरानो ग्यालेक्सी जिएन–जेड ११ मा अवलोकन गरिएको छ, जुन १३.४ बिलियन प्रकाश वर्ष टाढा छ। यो ब्ल्याक होल सूर्यभन्दा करिब ६० लाख गुणा ठुलो छ र यसले आफ्नो…
Read More
चीनको स्कुलमा आगलागी हुँदा १३ को मृत्यु

चीनको स्कुलमा आगलागी हुँदा १३ को मृत्यु

बेइजिङ, ७ माघ । चीनको एक स्कुलमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु भएको छ ।   मध्य चीनको एक बोर्डिङ स्कुलको छात्रावासमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु भएको हो ।   चिनियाँ सञ्चारमाध्यमका अनुसार हेनान प्रान्तको यान्सानपु गाउँको यिङकाई विद्यालयमा आगलागी हुँदा एक विद्यार्थी घाइते भएको छन् ।   घाइते हुनेमा प्राथमिक विद्यालय तेस्रो कक्षाका विद्यार्थी रहेको बताइएको छ । ती सबै नौ र १० वर्षका एउटै कक्षामा अध्ययनरत विद्यार्थी रहेको हेबेई डेलीले जनाएको छ ।   फायर फाइटरहरूले आगोलाई तुरुन्तै निभाउन सफल भएका छन्, जुन शुक्रवार राति ११ बजे सुरु भएको थियो । अधिकारीहरूले सो आगलागीको कारणको अनुसन्धान गरिरहेको…
Read More
भारतका गर्भवती महिलाको अनुरोध, ‘२२ जनवरीमा सन्तान जन्माउन पाऊँ’

भारतका गर्भवती महिलाको अनुरोध, ‘२२ जनवरीमा सन्तान जन्माउन पाऊँ’

नयाँदिल्ली, ६ माघ ।  आगामी २२ जनवरीमा अयोध्यामा राम मन्दिरको मूर्तिलाई अभिषेक गरिदैँछ, मुख्यतः संसार भरीका हिन्दु धर्मावलम्बी लामो समयदेखि यो दिनको प्रतीक्षामा रहेका छन् ।   यस्तो अवस्थामा यससँग सम्बन्धित एउटा समाचार आइरहेको छ कि भारतमा गर्भवती महिलाहरू यो दिन आफ्नो बच्चालाई जन्म दिन चाहन्छन् र यसका लागि उनीहरूले डाक्टरलाई विशेष अनुरोध पनि गरिरहेका छन् । देशका विभिन्न राज्यका डाक्टरहरूले भनेका छन् कि हामीलाई यस्ता धेरै अनुरोधहरू प्राप्त भएका छन्, जसमा महिलाहरूले जनवरी २२ मा सी सेक्सन मार्फत बच्चा जन्माउन चाहन्छन्। तर हामी यस प्रकारको डेलिभरीलाई उपयुक्त ठानिँदैन । ‘कतिपय व्यक्तिहरू छन्, जो एक विशेष समयमा मात्र बच्चा जन्माउन…
Read More