health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सभामुख देवराज घिमिरे र संसदीय समितिसमक्ष उजुरी परेको छ ।
सहकारीको रकम हिनामिनालगायतका विषयमा छानबिनको माग राखेर आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफलले मङ्गलवार सभामुख देवराज घिमिरे र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन् ।
‘आज रवि लामिछानेमाथि छानबिनको माग राखेर सभामुख र राज्य व्यवस्था सुशासन समितिमा उजुरी दिएको छ,’ उनले न्युज कारखानासँग भने ।
‘मिति २०८० पौष २२ गतेका दिन कान्तिपुर राष्ट्रिय दैनिक साथै ई कान्तिपुर डटकम अनलाइन न्युज पोर्टलमा ३५ हजार बचतकर्ताको कम्तीमा ५२ करोड ग्यालेक्सी टिभीमा डुब्यो भन्ने शीर्षकको समाचारका साथै रवि लामिछानेको खातामा सहकारीबाट रु १ करोड ८० लाख डिपोजिट भएको प्रमाण सार्वजनिक भएको साथै रवि लामिछानेको रु १ करोड ८० लाखको गोरखा मिडिया नेटवर्कको शेयर खरिद बिक्रीको कागज समेत सार्वजनिक भएको छ । तसर्थ निज रवि लामिछानेको सहकारी ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले समेत सहकारी ठगी सम्बन्धी फाइलहरू जफत गरी अनुसन्धान गरेको अवस्था रहेको छ । अतः ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा निज रवि लामिछानेको संलग्नता के कसरी भएको हो सो को निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आवश्यक पर्ने भएकोले निज रवि लामिछानेको सहकारी ठगी सम्बन्धी विषयमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समितिको आवश्यकता परेकोले तत्काल संसदीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिनको लागि सम्माननीय सभामुख ज्यू समक्ष नेपाली नागरिकको तर्फबाट प्रस्तुत निवेदन पेस गरेको छु,’ सभामुखसमक्ष दिएको उजुरीमा उनले उल्लेख गरेका छन् ।