04
Jan
बाग्लुगको बिहुका अग्निधर कँडेल, वि.सं. २०५९ सालमा १२०० रुपैयाँ बोकेर काठमाडौँ पसेका हुन । त्यही अग्नि, राजधानी काठमाडौँमा सफल व्यवसायी बन्न सफल भए । उनी आफ मात्र सफल भएनन्, आफ्ना १५ जना आफन्तलाई पनि सफल व्यवसायी बनाए । धैर्यताका साथ काम गर्ने हो भने व्यवसायमा राम्रो प्रगति गर्न सकिने बताउँछन् फलफूल व्यवसायी, अग्निधर कँडेल । स्कुले पढाई बागलुङको बिँहुमा पुरा गरेपछि उनी थप अध्ययनको लागि चितवनको भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पस पुगे । पढाई सकेपछि वि.सं. २०५२ सालदेखि २०५८सम्म सामुदायिक वनमा काम गरे । उनीको त्यसको संस्थापक अध्यक्ष पनि भए । आफूलाई आत्मनिर्भर बनाउनुपर्दछ भन्दै उनले गैँडाकोटमा धानको व्यापार सुरु…