health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ २२ पुस । राजन कठेत र सुनिर पान्डेको निर्देशनमा बनेको डकुमेन्ट्री ‘नो विन्टर होलिड’ हलमा पनि रिलिज हुने भएको छ ।
निर्देशक राजन कठेतका अनुसार यो फिल्म आउँदो शुक्रवारदेखि काठमाडौँको सुनधारास्थित सिटिसी मलमा रहेको सिने दि सेफमा प्रदर्शन हुनेछ ।
लन्डनको सेफिल्ड डकुमेन्ट्री फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको फिल्मले विश्वका प्रतिष्ठित फेस्टिभलमा सहभागिता जनाएको थियो । त्योमध्ये फिल्मले अल्टरनेटिभ फिल्म प्रोजेक्टले प्रदान गर्ने ‘नेटिभा अवार्ड’ र डोकुबाकु अवार्ड जितेको थियो। त्योबाहेक डकुमेन्ट्रीले केही समय अघि सम्पन्न मानव अधिकार चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जितेको थियो ।
निर्देशक राजनले अनुभवका लागि एउटा हलमा रिलिज गर्ने र त्यसको प्रतिक्रिया हेरेर बाँकी हलमा रिलिज गर्ने कि नगर्ने भन्ने योजना रहेको बताए । ‘डकुमेन्ट्री हलमा प्रदर्शन गर्ने प्रचलन नै नेपालमा छैन । भएकामा पनि दर्शकको उपस्थिति के कति हुन्छ थाहा छैन । त्यसैले पहिला एउटा हलमा रिलिज गरेर हेरौँ । त्यहाँ राम्रो भयो भने अरू हलतिर सोच्न सकिन्छ,’ राजनले भने ।
नेपाली नाम ‘ढोरपाटन’ रहेको डकुमेन्ट्रीले त्यही क्षेत्रमा जाडो कटाउन बाध्य दुई सौतेनी महिलाको कथा प्रस्तुत गर्छ । बबिन दुलालले खिचेको फिल्मले फेस्टिभलहरूमा प्रशस्त प्रशंसा पाएको थियो । राजन कठेत र सुनिर पाण्डेको संयुक्त निर्देशन रहेको ७९ मिनेटको यो डकुमेन्ट्री दर्जन बढी विदेशी फिल्म फेस्टिभलको यात्रा गरिसकेको छ ।