health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, २६ पुस – घटना गत पुस १६ गतेको हो।
काठमाडौँ बुढानीलकण्ठ नगरपालिकास्थित नारायणथान सडक खण्डमा एक युवा डुलिरहेका थिए।
उनी सल्यान छत्रेश्वरी गाउँपालिका घर भई दाङ तुलसीपुर-५ बस्ने सुरेन्द्र वली थिए।
प्रहरीका अनुसार काम विशेषले काठमाडौँ आएका वलीलाई सिन्धुपाल्चोक चौतारा साँगा चोक गढी नगरपालिका-५ घर भई काठमाडौँ-१५ स्वयम्भू बस्ने २६ वर्षीय कुमार लामाले भेटे।
सडकमा घुमिरहेका बेला वलीलाई नै लामाले ‘मुर्गा’ बनाउने योजना बनाए।
लामाले वलीलाई बोलाए र नक्कली पैसाको भिडिओ देखाइदिए।
तुरुन्तै सात लाख रुपैयाँ दिए १० मिनेटमा दोब्बर बनाएर ल्याउँछु भने। जसै वली लोभिइहाले।
‘१० मिनेट कुर म यसको दोब्बर बनाएर ल्याउँछु भनेका लामा फर्केनन्,’ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले भने, ‘त्यसपछि वली प्रहरीकहाँ आए।’
वलीको जाहेरीपछि प्रहरी लामाको खोजीमा लागिरहेको थियो। यस क्रममा परिसरको टोलीले लामालाई बुधवार स्वयम्भूबाट पक्राउ गरेको ढुङ्गेलले बताए।
लामाको साथबाट ६० हजार रुपैयाँ र एक थान मोबाइल बरामद भएको छ। उनलाई हिरासतमा राखेर ठगीको अन्य घटनाबारे अनुसन्धान थालिएको ढुङ्गेलले बताए।