11
Jan
वाशिष्ठ महेश दाइ नमस्ते, म हजुरकै घर अमरावतीको एक बाहुन भाइ । मेरो कलमको नाम ‘वाशिष्ठ’ । तपाईँ मलाई राम्रोसँग चिन्नुहुन्नथ्यो म एकोहोरो चिन्थे । मेरो र हजुरको बेला बेला साहित्यिक कार्यक्रममा जम्काभेट हुन्थ्यो । म मेरा कुरा राख्थेँ हजुर आफ्ना कुरा राख्नुहुन्थ्यो । हजुरसँग यस्ता साहित्यिक कार्यक्रममा भेट भएर नमस्कार गरेर भलाकुसारी गरेको विविध सन्दर्भ याद आयो । कैलालीको टीकापुरमा तपाई र थोमस वर्गिसलाई रथयात्रा गरेको याद आयो । जुन बेला मैले हजुरलाई सोधेको थिएँ । दाजु तपाइलाई कस्तो लाग्यो भनेर । हजुरको जवाफ थियो आजसम्म थुप्रै सम्मान पाइयो, अरू जति सम्मान पाए…