07
Jan
काठमाडौँ, २२ पुस । इजरायल–हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ। आइतबार बेपत्ता जोशीका आफन्त तथा साथीभाइहरूले सकुशल उद्धारको माग गर्दै प्रदर्शन गरेका हुन्। ललितपुरको लगनखेलबाट सुरु गरिएको र्याली जावलखेल पुगेर कोण सभामा परिणत भएको थियो।
07
Jan
काठमाडौँ, २२ पुस । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुङ्ग्याएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले पार्टीबाट हुने उम्मेदवारको नाम टुङ्ग्याएको हो । जसअनुसार कोसी प्रदेशबाट चम्पा कार्की, बागमती प्रदेशबाट श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशबाट मनरुपा शर्मा, लुम्बिनी प्रदेशबाट झक्कु सुवेदी, कर्णाली प्रदेशबाट विष्णु विक र सुदूरपश्चिम प्रदेशबाट रेणु चन्दको नाम टुङ्ग्याएको हो । यसअघि आइतबार बसेको गठबन्धनको बैठकले १९ पदका निम्ति भागबन्डा गरेको थियो । जसअनुसार काँग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाएका थिए । आगामी ११ माघमा हुने राष्ट्रियसभा…
07
Jan
काठमाडौँ, पुस २२ । नेकपा एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलले निर्वाचनका लागि पार्टीबाट नाम टुङ्गो लागेको जानकारी दिए । जसअनुसार कोसी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट परशुराम अधिकारी (भोजपुर), मदेसमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपूत (महोत्तरी) तय भएको छ । यस्तै गरी बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता/अल्पसङ्ख्यकबाट विवेक देवकोटा (काठमाडौँ) र दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) तय भएको छ । यस्तै गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता/अल्पसङ्ख्यकबाट हेमन्द्र शेरचन…
07
Jan
काठमाडौँ, २२ पुस । राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँट टुङ्ग्याएपछि दलहरू आन्तरिक छलफलमा व्यस्त रहेका छन् । गठबन्धनमा भागबन्डा मिलेपछि उम्मेदवार टुङ्ग्याउन दलहरू आ–आफ्ना बैठकमा जुटेका छन् । १९ पदका निम्ति गठबन्धनमा भागबन्डा भएको हो । जसअनुसार काँग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाएका छन् । भागबन्डा मिलेसँगै उम्मेदवार हुने व्यक्तिको नाम टुङ्ग्याउन दलहरूले बैठक राखेका छन् । आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्य तालिका छ ।
07
Jan
सर्लाही, २२ पुस । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसोदेखि सोमबार बिहानसम्मका लागि कर्फ्यु जारी गरेको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जारी गरेको कर्फ्युमा आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्म कायम रहने उल्लेख छ । गत शुक्रवार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । त्यसपछि पनि कर्फ्यु जारी गरिएको थियो ।
07
Jan
महोत्तरी, २२ पुस सदाबहार हरियाली देखिने, छिटो वृद्धि विकास हुने र काठको लागिसमेत उपयोगी मसलाको रुख मदेसका जङ्गलमा मात्र हैन किसानहरूको खेतमा समेत देख्न सकिन्छ ।आयआर्जनका हिसाबले समेत अन्य बिरुवाहरूको तुलनामा निक्कै उत्कृष्ट मानिने यो रुखका जति सुन्दर पक्ष छन् त्यतिकै मानव जीवनसँग जोडिएका कुरूप विशेषता पनि छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । हो , पछिल्ला अध्ययन हरूले मसलाको रुख कै कारण मधेस मरुभूमितर्फ उन्मुख हुँदै गएको देखाएको छ । यो रुख पारिस्थितिक प्रणालीका हिसाबले मात्र घातक हैन पानीका मुहानहरू सुकाउने मुख्य अस्त्र बनेको विज्ञहरू बताउँछन् । लामो समयदेखि चुरे र वातावरणीय क्षेत्रमा काम गर्दै आएका नागदेव यादवका अनुसार…
07
Jan
काठमाडौँ २२ पुस । राजन कठेत र सुनिर पान्डेको निर्देशनमा बनेको डकुमेन्ट्री ‘नो विन्टर होलिड’ हलमा पनि रिलिज हुने भएको छ । निर्देशक राजन कठेतका अनुसार यो फिल्म आउँदो शुक्रवारदेखि काठमाडौँको सुनधारास्थित सिटिसी मलमा रहेको सिने दि सेफमा प्रदर्शन हुनेछ । लन्डनको सेफिल्ड डकुमेन्ट्री फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको फिल्मले विश्वका प्रतिष्ठित फेस्टिभलमा सहभागिता जनाएको थियो । त्योमध्ये फिल्मले अल्टरनेटिभ फिल्म प्रोजेक्टले प्रदान गर्ने ‘नेटिभा अवार्ड’ र डोकुबाकु अवार्ड जितेको थियो। त्योबाहेक डकुमेन्ट्रीले केही समय अघि सम्पन्न मानव अधिकार चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जितेको थियो । निर्देशक राजनले अनुभवका लागि एउटा हलमा रिलिज गर्ने र त्यसको प्रतिक्रिया…
07
Jan
भक्तपुर, २२ पुस । विज्ञहरूले इन्जिनियरिङका विद्यार्थीका लागि स्वदेशमै राम्रो स्कोप रहेको अनुभव सुनाएका छन् । उनीहरूले अरू विषयका विद्यार्थी विदेश गए पनि इन्जिनियरिङका विद्यार्थीका लागि त्यो आवश्यक नभएको अनुभव साटे । उनीहरूले इन्जिनियरिङका विद्यार्थीले यही नै राम्रो काम र दाम पाउने बताए । त्यस कारण विदेश नजान उनीहरूले अनुरोधसमेत गरेका छन् । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरबाट सिभिल इन्जिनियरिङ र सिभिल एन्ड रुलर इन्जिनियरिङको पढाई पूरा गरेका विद्यार्थीको बिदाइ कार्यक्रममा उनीहरूले हरेक हिसाबले इन्जिनियरिङका विद्यार्थीलाई नेपालमै राम्रो रहेको सुनाए । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा राजेश ठकुराठीले मेहनतका साथ काम गरे इन्जिनियरहरूलाई नेपालमै राम्रो रहेको…
07
Jan
गाजा, २२ पुस । गाजामा ओलम्पिक प्रशिक्षकको हत्या भएको छ । प्यालेस्टिनी फुटबल सङ्घका अनुसार प्यालेस्टाइन ओलम्पिक फुटबल टोलीका प्रशिक्षक हानी अल मस्दारको इजरायली हवाई आक्रमणमा मारिएका छन् । ४२ वर्षीय अल मस्दार २०१८ मा अवकाश लिनु अघि र प्यालेस्टाइनको राष्ट्रिय टोलीको प्रशिक्षक बन्नु अघि अल मघाजी र गाजा स्पोर्ट्स क्लबका लागि मिडफिल्डर थिए। ‘उनको मृत्यु प्यालेस्टिनी फुटबलको लागि अर्को नयाँ क्षति हो, सङ्घले भन्यो, ‘अक्टोबर ७ देखि ७८ फुटबलरहरू सहित ८८ पुरुष र महिला खेल खेलाडीहरूका साथै २४ प्रशासक र प्राविधिक कर्मचारीहरू मारिएका छन्।’