04
Dec
१८ मंसिर, क्यार्लिफोनिया । लामो कानूनी प्रक्रियापछि गुगलले अन्ततः कर्मचारीसामु आत्मसमर्पण गरेको छ । विश्वको सबैभन्दा ठूलो टेक कम्पनीले सम्झौता अन्तर्गत आफ्ना कर्मचारीहरूलाई करिब २७ मिलियन डलर दिनेछ। यो आफ्नो प्रकारको सबैभन्दा ठूलो सम्झौता हो। यो पैसा गुगलका सबै कर्मचारीहरु माझ बाँडिनेछ । कर्मचारीहरूले कम्पनीले अनुचित श्रम अभ्यास गरेको आरोप लगाएका थिए। यो सम्झौता क्यालिफोर्नियाको अदालतमा भएको थियो। यो मुद्दा २०१६ मा दायर भएको थियो । एक कर्मचारीलाई जागिरबाट निकालिएपछि यो विवाद सुरु भएको हो । यहाँका कर्मचारीहरूले गुगल जस्तो ठूलो कम्पनीलाई धैर्य र साहसका साथ सामना गरे र झुकाउन बाध्य पारे। सम्झौतामा प्राप्त हुने अधिकांश रकम सरकारमा जानेछ ।…