Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम - Gyaan Ghar

Gyaan Ghar

Advertisement

विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

१७ मंसिर, नवलपरासी ।  नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम समयमै पाइन्छ ।

चिनी मिलहरुले समयमै भुक्तानी नगरि दिदाँ पछिल्लो समय उखु किसानहरु बैकल्पिक कृषि पेशातर्फ जान थालेका छन् । सरकारी तहबाट पनि उखु किसानका समस्या सम्बोधन गर्ने गरी पहल नहुने गरेको किसानको गुनासो छ ।

सधैंको यो समस्याबाट यसपटक पश्चिम नवलपरासीका किसानहरु मुक्त भएका छन् । सरकारले दिने अनुदान वापतको रकम यसपटक किसानले समयमै पाएका छन् ।

नवलपरासी पश्चिम–१ बाट निर्वाचित सांसद विनोद चौधरीको पहलपछि किसानले अनुदान रकम पाएका हुन् । उनले उखुको समर्थन मूल्य तोक्न र अनुदान रकम उपलब्ध गराउन कृषि मन्त्रालयलाई निरन्तर ताकेता गर्दै आएका छन् ।

नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार ‘सन्तु’ले सांसद विनोद चौधरीको पहलका कारण किसानले अनुदान वापतको रकम पाएको बताए । उनले भने, ‘हामी यहाँका जनप्रतिनिधि, उखु किसान गएर माननीय विनोद चौधरीसँग कुरा राख्यौं । उहाँले कृषि मन्त्रालयमा निरन्तर ताकेता गर्नुभयो । अनुदान रकम भुक्तानी गर्न कृषि मन्त्री, सचिव, कोलेनिकाका प्रमुखसँग कुरा गर्नुभयो ।’

कृषि मन्त्रालयले कृषि विभागमार्फत नवलपरासी पश्चिममा १५ करोड १२ लाख १५ हजार ५५८ रुपैयाँ अनुदान रकम वितरण गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नवलपरासीले जनाएको छ ।

‘दशैं अगाडि नै कृषि विभागबाट १५ करोड रुपैयाको अख्तियारी आएको हो । त्यसपछि हामीले उद्योगबाट किसानको विवरण मागेर डकुमेण्ट रुजु गरेर वितरण सुरु गरिसकेका छौं,’ जिल्ला कोलेनिका प्रमुख परशुराम नेपालले भने । उनका अनुसार पश्चिम नवलपरासीमा ६ हजार १९४ किसानका लागि अनुदान रकम आएको हो ।

कृषि मन्त्रालयले आर्थिक बर्ष ०७९-८० का लागि अनुदान रकम प्रतिक्विन्टर ७० रुपैयाँ तोकेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुदान रकम वितरण गरिएको हो ।

चिनी उद्योगबाट प्राप्त विवरणका आधारमा किसानको बैंक खातामा अनुदान रकम पठाउने काम भइरहेको समिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले उल्लेख गरे । ‘उखु किसानलाई दिने रकम निकासा भइसकेको छ । उनीहरुको बैकिङ खातामा रकम निकासा गरेका छौं,’उनले भने ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...