Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
December 2023 - Page 19 of 22 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: December 2023

एमाले पदयात्राः आज रुकुमकोट पुग्दै

एमाले पदयात्राः आज रुकुमकोट पुग्दै

१९ मङ्सिर, काठमाडौं ।  नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्राको टोली आज रुकुमकोट पुग्दैछ ।  समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन एमाले नेतृत्वको टोली आज रुकुम पुग्न लागेको हो । सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट यात्रामा निस्केको पदयात्रा टोलीले आज सो स्थलमा आमसभा गर्दैछ । यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भेरी बबइ डाइभर्सनको निरीक्षण गरेका छन् ।
Read More
रारा क्षेत्रमा हिमपात

रारा क्षेत्रमा हिमपात

मङ्सिर १८, मुगु । हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको सुरुवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनि सोमबार बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न सुरु गरेको हो । मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात सुरु भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी दिए । उनका अनुसार प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा पनि बिहानैदेखि हिउँ पर्न सुरु भएको र चिसो असाध्यै बढेको छ । रारा घुम्न आएका पर्यटन हिमपात तथा पानीले हवाई र स्थलमार्ग बन्द हुनसक्ने भन्दै बिहानै यहाँबाट घरतर्फ जान तरखर गरेका रारा राष्ट्रिय…
Read More
एकीकृत समाजवादीको महाधिवेशन सार्न नेताहरु सहमत

एकीकृत समाजवादीको महाधिवेशन सार्न नेताहरु सहमत

१८ मंसिर, काठमाडौं  ।  नेकपा एकीकृत समाजवादीको यसअघि तोकिएको महाधिवेसन सर्ने भएको छ ।  पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा तयारी नपुगेको तथा राष्ट्रियसभा निर्वाचनको कारण देखाउँदै यसअघि तय भएको महाधिवेसन सार्ने भएको हो  । जसका लागि बैठक बिहान ११ बजे बोलाइएको प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका थिए । नेकपा एसको गत भदौ ५, ६ र ७ गते ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले माघ १४–१८ गते महाधिवेशन गर्ने निर्णय लिएको थियो । तर, जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेसनको मिति सार्ने प्रस्ताव पेश गर्ने बुझिएको छ ।
Read More
भारतीय वायुसेनाको बिमान दुर्घटना, दुई पाइलटको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, दुई पाइलटको मृत्यु

तेलंगाना, १८ मंसिर । भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु भएको छ । यो जानकारी भारतीय वायुसेनाले नै दिएको हो । भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार आज बिहान ८ः५५ बजे पिलाटस प्रशिक्षण विमान तेलंगानाको डिन्डिगुलस्थित वायुसेना एकेडेमीमा दुर्घटनामा परेको थियो। उक्त विमान दुर्घटनामा वायुसेनाका दुई पाइलटको मृत्यु भएको छ । विमान दुर्घटनामा ज्यान गुमाउने दुई पाइलटमध्ये एक प्रशिक्षक र अर्का एक वायुसेना क्याडेट रहेको अधिकारीहरूले बताएका छन् । पिलाटस पीसी ७ एमके २ विमान बिहान वायुसेना एकेडेमीबाट नियमित प्रशिक्षणका लागि प्रस्थान गरेको थियो तर बाटोमा दुर्घटना भएको थियो । विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको…
Read More
एनसेलको सेयर बिक्रीबारे तत्काल अध्ययन गर्नु : प्रधानमन्त्री

एनसेलको सेयर बिक्रीबारे तत्काल अध्ययन गर्नु : प्रधानमन्त्री

१८ मंसिर, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत सेयर खरिद–बिक्रीको विषयमा तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। राजश्व विभागलगायतका निकायलाई एनसेलको सेयर खरिदको तत्काल छानबिन गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले सोमबार एनसेलको सेयर बिक्रीबारे चासो व्यक्त गर्दै अध्ययनको निर्देशन दिएका हुन्। प्रधानमन्‍त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न…
Read More
सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २१ हजार

सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २१ हजार

१८ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको भाउ आकासिएको छ ।  बिहेको लगनका कारण पनि पछिल्लो समयमा दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाऊँले पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको छ, जसअनुसार आज सुनको भाउ प्रतितोला १ लाख २१ हजार ६ सय पुगेकाे छ । आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा नै हिजोका भाऊमा नै स्थिर रहेको छ ।
Read More
आजको मौसमः तीन प्रदेशकाे उच्च भु-भागमा हिमपात हुने

आजको मौसमः तीन प्रदेशकाे उच्च भु-भागमा हिमपात हुने

१८ मंसिर, काठमाडौं । हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली…
Read More
सुपर लिगः आज झापा र काठमाडौंका बिचमा खेल हुदैँ

सुपर लिगः आज झापा र काठमाडौंका बिचमा खेल हुदैँ

१८ मंसिर, काठमाडौं । नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुदैँछ ।  आजको खेलमा झापा फुटबल क्लब र काठमाडौं राइजर्स क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने साे खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।  
Read More
मृत्यु हुनुभन्दा दुइ साता अघि नै शरीरमा परिवर्तन देखिने बिज्ञहरूको भनाइ

मृत्यु हुनुभन्दा दुइ साता अघि नै शरीरमा परिवर्तन देखिने बिज्ञहरूको भनाइ

१८ मंसिर, काठमाडौं । यस संसारमा जो जन्मन्छ, उसको मृत्यु निश्चित छ। तर, मृत्यु कहिले र कसरी हुन्छ भन्नेबारेमा केही जानकारी छैन । तर शरीरमा मृत्युको लक्षण पहिले देखिन थाल्छ। मानिसले विज्ञानको सहयोगमा मृत्युको रहस्य सुल्झाउन धेरै प्रयास गरेका छन् । तर आजसम्म उनी यो खोजमा असफल भए पनि यस क्रममा उनले पक्कै पनि केही यस्ता लक्षणहरुको बारेमा थाहा पाएका छन्, जुन मानिसको शरीरमा मृत्यु हुनुभन्दा पहिले देखिन थाल्छ । हामीले कुरा गरिरहेका लक्षणहरू एक डाक्टरले एक्सप्रेससँगको उनको अन्तर्वार्तामा बताए। उनले आफ्नो जीवनमा धेरै मानिस मरेको देखेकाले मृत्युअघि नै मानिसको शरीरमा कस्तो परिवर्तन आउँछ भन्ने थाहा भएको बताए । विज्ञहरुले…
Read More
राष्ट्र बैंकले १६ अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैंकले १६ अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्ने

१८ मंसिर, काठमाडौं  । नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  राष्ट्र बैंकका अनुसार सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो । जसअनुसार ९१ दिने अवधिको ट्रेजरी खरिदका लागि राष्ट्र बैंकले ६ अर्ब चार करोड ५० लाख तथा एक सय ८२ दिने अवधिको १० अर्ब रुपैंयाँ बराबरको रहेको जनाइएको छ । जारी मिति भने मंसिर १९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने राष्ट्र बैंकले जनाएको छ ।
Read More