Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
जलवायु सम्मेलनमा भाग लिएर प्रचण्ड स्वदेश फिर्ताः आफू सन्तुष्ट रहेको प्रतिक्रिया - Gyaan Ghar

Gyaan Ghar

Advertisement

जलवायु सम्मेलनमा भाग लिएर प्रचण्ड स्वदेश फिर्ताः आफू सन्तुष्ट रहेको प्रतिक्रिया

१७ मंसिर, काठमाडौं । संयुक्त अरब इमिरेटस (यूएई) मा आयोजित जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन् ।

विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोप–२८ बाट आफू सन्तुष्ट रहेको बताए । नेपालले पर्वतीय मुलुकहरुको नेतृत्व गर्दै आफ्नो मुद्दा जोडदारसँग राखेको भन्दै उनले राम्रै आर्थिक सहयोग आउने दाबी पनि गरे । पत्रकारहरुसँग उनले भने, ‘म सन्तुष्ट छु, जस्तो होस् भनेको हो, त्यस्तै भयो ।’

सम्मेलनभन्दा अगाडि राष्ट्रसंघका महासचिवले गरेको नेपाल भ्रमणको विश्वव्यापी प्रभाव परेको पनि उनले बताए । ‘मेरो अध्यक्षतामा जुन राउण्ड टेबल भयो, सबैले नेपालको प्रशंसा गर्नुपर्ने भयो’ उनले भने, ‘मूल स्टेटमेन्ट पनि यो पटक हामी माग्न आए जसरी निरीह भएर प्रस्तुत हुने होइन । अधिकारको निम्ति योद्धा जसरी प्रस्तुत हुने भनेको थिएँ, त्यस्तै भयो ।’

नेपालले पर्वतीय मुलुकको नेतृत्व गरेको र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि नेपाललाई प्राथमिकतामा राखेकाले आर्थिक सहयोग आउनेमा ढुक्क रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...