Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
September 2023 - Page 3 of 12 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: September 2023

नेपाल र चीनबीच भएका सम्झौता तथा समझदारी

नेपाल र चीनबीच भएका सम्झौता तथा समझदारी

 * नेपाल र चीनबिच सीमा व्यवस्थापन प्रणालीबारे सम्झौता *  नेपाल र चीनबिच प्रशासनिक क्षमता वृद्धिका लागि सहकार्य आदानप्रदान गर्ने समझदारी (एमओयू)  * नेपाल र चीनबिच आपराधिक मामिलामा दुई पक्षीय कानुनी सहायताको सन्धि * नेपाल र चीनबिच सगरमाथा र चोमोलोङ्माको संरक्षणमा सहकार्य गर्ने समझदारी * लगानीका मुख्य परियोजनालाई प्रवर्द्धन गर्ने र नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबिच उत्पादक क्षमता वृद्धिमा सहकार्य गर्ने समझदारी * चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल (वाणिज्य दूतावास) स्थापना गर्नेसम्बन्धी सम्झौता पत्र आदानप्रदान * नेपाल–चीन सीमा पार रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबिच समझदारी…
Read More
म भागिरहेछु वा………

म भागिरहेछु वा………

  मोहनविक्रम सिंह     तिमी भन्छौ, म भागी रहेको छु, किनभने म– ‘यो धरतीलाई छाडेर, आकाशतिर गइरहेको छु’ तर म– ‘यो धरतीको माया मारेर, त्यो नीलो आकाशको मायामा अल्झेर आकाशतिर गई रहेको छैन ।’ म त– ‘ती काला बादलहरूसित लडेर ती चम्किला ताराहरू टिपेर, यो धरतीलाई सिँगार्ने सङ्कल्प गरेर आकाशतिर गई रहेको छु ।’ मलाई आश्चर्य लाग्छ । जब तिमीले यो भुल्दछौ– ‘म पनि यही धरतीमा जन्मेको हुँ जहाँ तिमी जन्मेका हौ । मैले पनि यो धरतीलाई माया गर्छु जहाँका सारा बाँझा चौरहरूमा हरिया अङ्कुरहरू उम्रन्छन्’ तिमीले भन्छौ– म भागिरहेको छु । तर म भन्छु– ‘म लडी रहेको छु’…
Read More
बालबालिका, मानव चेतना र समाज निर्माण

बालबालिका, मानव चेतना र समाज निर्माण

* भाेलानाथ ढकाल उपक्रम  बालबालिका मानव सभ्यताको निरन्तरता हुन् । प्रत्येक प्राणीको निश्चित जीवनकाल हुन्छ । मान्छेको पनि त्यस्तै हुन्छ । एउटाको जीवनकाल सिद्धिन्छ । अर्काको सुरु हुन्छ । यो निरन्तर प्रक्रिया हो चलिरहन्छ । विगतमा पनि थियो । वर्तमानमा चलिरहेको छ । भविष्यमा पनि चलिरहनेछ । मानव सभ्यता रहेसम्म यो क्रम यसरी नै चलिरहनेछ । विस्तार  बालक जन्मँदा तटस्थ भएर जन्मेका हुन्छन् । चञ्चलपन उसको स्वभाव हो । जात, भाषा, धर्म, संस्कृति क्षेत्र, दर्शन सम्प्रदायसँग उसको कुनै सरोकार हुँदैन । आफ्नै मानवीय मौलिक गुण मात्र ऊसँग हुन्छ । यस्तो मौलिक गुण लिएर जन्मेको बालक पछि गएर कसरी विविध धर्म, जात,…
Read More
प्रधानमन्त्री पुष्पकमल दाहालको चिनिया नेतासँग भेटवार्ता जारी

प्रधानमन्त्री पुष्पकमल दाहालको चिनिया नेतासँग भेटवार्ता जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ नेसनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष चाओ लेजी बिच भेटवार्ता भएको छ। सोमबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटवार्ता भएको हो। नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबिचमा विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।   चीन बसाइको क्रममा प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे अवलोकन गर्ने, चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूचीसमेत छ । त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा जानेछन् । प्रधानमन्त्री…
Read More
कम्युनिष्ट संस्कृतिमा ब्रम्हाणवादको प्रभाव पर्‍यो : कार्की

कम्युनिष्ट संस्कृतिमा ब्रम्हाणवादको प्रभाव पर्‍यो : कार्की

 काठमाडौँ । ‘नेपालमा मार्क्सवादका आधारमा जीवन दर्शन निर्धारण गर्दा ब्रम्हाणवाद सँग सङ्घर्ष गर्नु परेको’  माओवादी केन्द्रका नेता राम कार्कीले बताउनु भयो– ‘ब्रम्हाणवादको सिकार, नेपालको कम्युनिस्ट आन्दोलन पनि पर्‍यो । त्यही संस्कारको आधारमा विभिन्न कम्युनिस्ट नेताहरूमाथि आक्रमण सुरु भयो । ब्रम्हाणवादको संस्कृति हाबी हुँदै जाँदा यस प्रकारको स्थिति सिर्जना भएको हो ।’ ज्ञानशाला अनुसन्धान केन्द्रले नयाँबजारस्थित आफ्नो कार्यालयमा आश्विन ७ गतेका दिन मार्क्सवाद र जीवन दर्शन विषयक अन्तरक्रिया कार्यक्रममा नेता कार्कीले ‘बाम्हाणवादले जनसङ्ख्याको ठुलो हिस्सालाई अछुत बनायो । तर त्यसरी त्यो बनाउने वालाको पनि अमानवीय करण भएको’ बताउनु भयो ।  ‘मार्क्सवादमाथि धेरै बहस र प्रश्न उठेपछि नै मार्क्सवादको अझ वैज्ञानिक रूपले…
Read More
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङमा

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुग्नुभएको छ । चीनको औपचारिक भ्रमणका लागि शनिवार हाङ्जाउ आइपुग्नुभएका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार बिहान ११ बजे बेइजिङ आइपुग्नुभएको हो । प्रधानमन्त्री दाहालले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई अपराह्न ४ बजे हुने सम्बोधन गर्नुहुनेछ । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् । उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनुहुनेछ । सम्मेलनका क्रममा नेपाल र चीनबिच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ । उक्त समिटको कार्यक्रमलाई…
Read More
प्रगतिशील धाराको सन्दर्भमा इन्टरनेट साहित्य : एक चर्चा 

प्रगतिशील धाराको सन्दर्भमा इन्टरनेट साहित्य : एक चर्चा 

- मातृका पोखरेल ज्ञानको आदानप्रदान मानिसले कुन युगदेखि गर्न थाल्यो भन्ने उत्तर खोज्नु पक्कै सजिलो काम होइन । मानवको सृष्टिसँगै कुनै न कुनै स्तरको ज्ञानको आदानप्रदान मानिसले गर्न थाल्यो होला भनेर हामी अनुमान मात्र गर्न सक्छौँ । यस क्रममा ज्ञानलाई आदानप्रदान गर्ने क्रममा समयले अहिले धेरै विकास गरिसकेको छ । २०८० साल असार २८ गते राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भई सञ्चालनमा रहेको जानकारी दिनुभएको थियो  । सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्नुभएको यो आँकडाले अब हामी सूचना…
Read More
देशको शिक्षा ध्वस्त हुदैछ  : आचार्य 

देशको शिक्षा ध्वस्त हुदैछ  : आचार्य 

काठमाडौँ : ‘शिक्षालाई स्थानीय निकाय तथा प्रदेशको अधीनमा राख्ने हो भने अबको केही दिनमा देशले लम्पट झोले बाहेक एउटा पनि सभ्य नागरिक उत्पादन गर्न नसक्ने’ संविधानविद् भीमार्जुन आचार्यले बताउनुभयो । प्राइम टेलिभिजनसँगको अन्तरवार्तामा वहाँले ‘त्रिभुवन विश्वविद्यालयलाई ध्वस्त पारिएको छ । त्यस्तै देशलाई शिक्षाको माध्यमबाट ध्वस्त पारिन लागिएको’  बताउनु भयो ।  ‘हरेक स्थानीय निकायमा अलग अलग पार्टीको सरकार छ । ती निकायहरूलाई शिक्षाको स्वरूप निर्धारण गर्न दिने हो भने शिक्षाको पहिचान नै समाप्त हुने’ संविधानविद् आचार्यले भन्नुभयो – ‘युवा र विद्यार्थी, देशको सबैभन्दा ठुलो जनशक्ति हो । तर देशमा भविष्य छैन भन्दै भ्रष्ट राजनीति गर्नेहरू क्रियाशील भएको र शिक्षा प्रणालीलाई पनि…
Read More
पारिजात स्मृति केन्द्रको अध्यक्षमा मातृका पोखरेल

पारिजात स्मृति केन्द्रको अध्यक्षमा मातृका पोखरेल

काठमाडौं । पारिजात स्मृति केन्द्रको ३०औँ वार्षिक साधारण सभा २०८० साल असोज ६ गते पारिजात स्मृति भवन म्हेपि, नयाँबजारमा सम्पन्न भयो । मार्क्सवादी सांस्कृतिक मोर्चाका संयोजक एवम् प्रगतिवादी कथाकार इस्मालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त सभाको सभापतित्व केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले गर्नुभएको थियो ।   साधारण सभामा महासचिव दीलसुन्दर श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डा. विन्दु शर्माले प्रस्तुत गर्नुभएको आ.व. २०७९ / ०८० को लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको थियो ।   साधारण सभाले अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारी तथा कोषाध्यक्ष देवीका तिमिल्सिनाले कार्य व्यस्तताको कारण देखाउँदै दिनुभएको राजीनामा स्वीकृत गरेको छ ।  रिक्त अध्यक्ष तथा कोषाध्यक्ष पदमा क्रमशः मातृका…
Read More
निकासको छैटौँ साधारण सभा सम्पन्न

निकासको छैटौँ साधारण सभा सम्पन्न

काठमाडौँ । प्रमिता खनाललाई अध्यक्षमा चयन गर्दै क्यान्सर सर्भाइभर्सहरुको साझा संस्था, नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको छैटौँ साधारण सभा सम्पन्न भएको छ । आश्विन ६ गतेका दिन मध्य बानेश्वरस्थित सनराइज क्याफेमा सो सभा सम्पन्न भएको हो ।  कैलाश निरौला निर्वाचन अधिकृत रहनु भएको साधारण सभाले उपाध्यक्षमा पूजा कुँवर, सचिवमा प्रमीला के.सी. तथा कोषाध्यक्षमा बिनु के.सी.लाई निर्वाचित गरेको छ । त्यस्तै सदस्यहरूमा विमला दाहाल, रुबि क्षेत्री, डा.ज्योति ओझा, सुस्मिता पोख्रेल र सजिना पाण्डे निर्वाचित हुनुभएको छ ।  यसअघिको उद्घाटन कार्यक्रम, प्रमिता खनालको अध्यक्षता तथा प्रमीला के.सी.को सञ्चालनमा अगाडि बढेको थियो । साधारण सभामा कोषाध्यक्ष बिनु के.सी. नेपाल बाहिर रहेकोले अध्यक्ष तथा कोषाध्यक्ष दुवैको…
Read More