Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
प्रगतिशील धाराको सन्दर्भमा इन्टरनेट साहित्य : एक चर्चा  - Gyaan Ghar

Gyaan Ghar

Advertisement

प्रगतिशील धाराको सन्दर्भमा इन्टरनेट साहित्य : एक चर्चा 

– मातृका पोखरेल

ज्ञानको आदानप्रदान मानिसले कुन युगदेखि गर्न थाल्यो भन्ने उत्तर खोज्नु पक्कै सजिलो काम होइन । मानवको सृष्टिसँगै कुनै न कुनै स्तरको ज्ञानको आदानप्रदान मानिसले गर्न थाल्यो होला भनेर हामी अनुमान मात्र गर्न सक्छौँ । यस क्रममा ज्ञानलाई आदानप्रदान गर्ने क्रममा समयले अहिले धेरै विकास गरिसकेको छ ।

२०८० साल असार २८ गते राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भई सञ्चालनमा रहेको जानकारी दिनुभएको थियो  । सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्नुभएको यो आँकडाले अब हामी सूचना र ज्ञान विनिमयको नयाँ युगमा अत्यन्तै द्रुत गतिमा प्रवेश गरिसकेका छौँ भन्ने कुरा स्पष्ट रूपमा बताएको छ ।

अहिले इन्टरनेटको नाम नसुन्ने सायदै कोही होला । नेपाली समाजको ग्रामीण समुदायसम्म यसको पहुँच पुगिसकेको छ ।  International Network लाई संक्षेप करण गरेर इन्टरनेट शब्द प्रचलनमा ल्याइएको हो । यो मानव विकासको पछिल्लो चरणमा विकास भएको अत्यन्तै प्रभावशाली प्रणाली हो । यसको विकास सूचना प्रणालीको विकासको रूपमा शीतयुद्धको दौरान भएको थियो । त्यति बेला अमेरिका जस्तोसुकै युद्धमा पनि भरपर्दो रूपमा काम गर्न सक्ने सञ्जाल प्रणालीको विकास गर्न लागिपरेको थियो। तत्कालीन सोभियत सङ्घ अर्थात् रुसले सन १९५७ मा अन्तरिक्षमा स्पुतनिक नामक स्याटलाइट स्थापित गरेपछि अमेरिकाले सामरिक ढङ्‌गले केही नयाँ योजना सार्‍यो । अमेरिकाले  रुसले कुनै पनि बेला अमेरिकाको तार तथा टेलिफोन प्रणाली (टेलिग्राफ तथा टेलिफोन प्रणाली) ध्वस्त पार्न सक्ने सम्भावित चुनौती देख्यो । यसपछि त्यहाँको रक्षा विभागले डीएआरपीए नामक एउटा परियोजना खडा गरेर यसैलाई अझ परिष्कृत तथा व्यवस्थित पार्दै अर्पानेट (एड्भान्स रिसर्च प्रोजेक्ट एजेन्डा) नामक एउटा नेटवर्क स्थापित गर्‍यो । यसको निर्देशन रोर्बट टेलर तथा व्यवस्थापन लारेन्स रोर्बटले गरेका थिए । यी दुवै जना वैज्ञानिकहरु अमेरिका, बेलायत तथा फ्रान्समा भएका सूचना प्रयोजनका निम्ति राखिएका कम्प्युटरहरूलाई एउटै सञ्जाल (नेटवर्क) मा ल्याएर आफ्नो सुरक्षित  सूचना संयन्त्र बनाउन सफल भए । पछि  यही प्रविधि बिस्तारै सञ्चार माध्यममा परिवर्तित भयो । नेपालमा भने यो प्रविधिको आरम्भ सन् १९९५ को सेरोफेरोमा  सुरुवात भएको पाइन्छ ।

इन्टरनेटको विकास क्रमबारे अध्ययन गर्ने हरूले पनि हालको विकास कुन अवस्थाको हो, धेरैले अनुमान मात्र लगाएका छन् । कसैले बालककाल भनेका छन् , कसैले किशोरावस्था, कसैले युवावस्था यस्तै यस्तै । तर छापा माध्यमको युग चाहिँ वृद्धावस्थामा पुग्यो भनेर चाहिँ धेरैको एउटै मत छ । तर इन्टरनेटको माध्यमबाट हुने नयाँ नयाँ विकास अझै कति हुने हो त्यो भने अनुमान गर्न गाह्रो छ ।

इन्टरनेटमार्फत ज्ञान विज्ञान र सूचनाका अतिरिक्त नेपाली साहित्यको पनि   व्यापक विस्तार भएको छ । इन्टरनेटमा साहित्यिक गतिविधि निम्न माध्यमबाट सञ्चालित गरिएको पाइन्छ । 

१. वेबसाइट सञ्चालन गरेर ।

डब्ल्युडब्ल्युडब्ल्यु वा वर्ल्ड वाइड वेबको जन्म सन् १९८९ मार्च १२ वा नेपाली पात्रो अनुसार विसं २०४५ फागुन २९ गते पारमाणविक अध्ययनका लागि युरोपेली संस्था, सर्नमा भएको थियो । भौतिक शास्त्री टिम बर्नर्स-लीले वैज्ञानिकहरूका लागि पहिलो वेब पेज बनाएका थिए ।

इन्टरनेटमा वेबसाइटको माध्यमबाट नेपाली साहित्यका सामाग्रीहरू सबैभन्दा बढी प्रकाशित भइरहेका छन् ।

नेपाली साहित्यलाई इन्टरनेटमा प्रवेश गराउनेहरू

– नेपाली साहित्यलाई इन्टरनेट प्रविधिमा प्रवेश गराउने काम पहिलो पटक रसियाबाट डा. मधु माधुर्यले सन् १९९८ मा https://freenepal.com मार्फत गर्नुभयो । 

– कवि विक्रम सुब्बा सम्पादक रहनुभएको www.nepalikavita.com

ले नेपालमा पहिलो पटक  साहित्यिक वेबसाइट सुरु गर्‍यो ।

 – कवि मोमिला सम्पादक रहनुभएको www.nepalikalasahitya.com पनि साहित्यिक जगतमा प्रसिद्ध छ।

– बेल्जियमबाट कृष्ण बजगाईँ सम्पादक रहनुभएको  www.samakalinsahitya.com  र बेलायतबाट विश्वासदिप तिगेला सम्पादक रहनुभएको

https://nepaliliterature.com ले नेपाली साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

अमेरिकाबाट वासु श्रेष्ठले सम्पादन गर्नु भएको 

http://www.khasskhass.com र अहिले आविष्कार नामले सञ्चालन गर्नुभएको www.sahityasangraha.com   धेरै सामाग्री देखिन्छन् । साहित्य सङ्ग्रहालयमा आजसम्म त्यहाँ २१ हजार भन्दा माथि साहित्यिक रचना समाविष्ट  छन् ।

– अश्विनी कोइरालाको सम्पादनमा रहेको sahityapost.com  अहिले साहित्यिक वृत्तमा निकै चर्चित छ। 

अमेरिकाबाट साहित्यकार गोविन्द गिरी प्रेरणाले सञ्चालन गर्नुभएको

www.vishwaparikrama.com पनि साहित्यिक जगतमा चर्चित वेबसाइट हो ।

www.nstelevision.com ( नवसाहित्य अनलाइन ) को सुरुवात हेटौँडाबाट भरखरै मात्र अर्थात् २०८० साल असार १४ गतेबाट  भएको हो ।

www.majheri.com 

आदि वेबसाइटहरू नेपाली स्रष्टाहरूका माझमा निकै चर्चित छन् । 

यी त केही उदाहरण मात्र हुन् । नेपाली साहित्यमा  केन्द्रित रहेर सञ्चालित वेबसाइटको सङ्ख्या पाँच दर्जनभन्दा बढी नै भएको अनुमान गर्न सकिन्छ ।

केही साहित्यिक संस्थाहरूले पनि संस्थागत वेबसाइटहरू  सञ्चालन गरेको  पाइन्छ ।

जस्तै :

अनलाइन नेपाली साहित्य मञ्चले सञ्चालन गरेको

– नेपालीकलासाहित्यडटकम प्रतिष्ठानले सञ्चालन गरेको

http://www.nepalikalasahitya.com

आदि ।

२. इच्छुक व्यक्तिले स्वतन्त्ररुपबाट सञ्चालन गरेको साहित्यिक वेबसाइट जस्तै,  http://sahityasangalo.com

३. विभिन्न साहित्यिक सङ्घसंस्थाको आफ्नो संस्थागत वेबसाइटमा सिर्जनाहरू पनि राख्ने गर्दछन् । 

जस्तै, विश्व नेपाली साहित्य महासङ्घको https://gfnl.org

४.  ब्लग मार्फत साहित्यिक सिर्जनाहरू राख्ने कार्य पनि प्रशस्तै भएको पाइन्छ । जस्तै, 

http://srasta.blogspot.com

http://laghukatha.wordpress.com

http://nepaliwriters.blogspot.com

http://kavitayatra.blogspot.com

http://kathaghar.blogspot.com

५. समाचार तथा विविध विषय समेटिएको वेब साइटमा एक पेज छुट्टाएर साहित्यलाई पनि स्थान दिएको पाइन्छ । 

जस्तै, 

– www.hknepal.com

एचकेनेपालडटकम, 

– www.nepaljapan.com

नेपाल जापान डट कम 

– www.freenepal.com

फ्री नेपाल डट कम आदि आदि

६. साहित्यिक प्रिन्ट पत्रिकाको अनलाइन संस्करणको माध्यमबाट 

जस्तै, मधुपर्क, रचना , अभिव्यक्ति, शब्दाङ्कुर, अन्तर्बोध,  गोरखापत्र आदि ।

२. ब्लग सञ्चालन गरेर

ब्लगमा नेपाली साहित्यको उपस्थिति पनि निकै बाक्लो देखिएको छ । सन् १९९८ मा जर्न बारगरले पहिलो पटक वेभलग भन्ने शब्दको प्रारम्भ गरेपछि यसलाई वेभलगर भनेर उच्चारण गर्न थालियो । त्यसपछि यो अहिलेको ब्लग शब्दमा रूपान्तरित भयो। सन् १९९९ मा ब्लगर र पिटास (Pitas)ले सहज रूपमा ब्लग पेजहरू खोल्ने सुविधाको प्रारम्भ गरे पछि ब्लग पनि साहित्यिक क्षेत्रको एउटा महत्त्वपूर्ण चौतारी बन्यो । सन २००५ देखि नेपालमा ब्लग भित्रिएको पाइन्छ ।

वि.सं. २०६१ मा ज्ञानेन्द्रको प्रत्यक्ष शासन सुरुवात भए सँगै  हतियारधारी सुरक्षाकर्मीहरूले  पत्रिका कार्यालयमा प्रवेश गरी समाचारमा  सेन्सर सीप गर्न थालेपछि निष्पक्ष पत्रकारिताको आग्रह राख्ने युवाहरूले एउटा वैकल्पिक स्थानको खोजी गर्ने क्रममा उनीहरूको सामु वरदान बनेर  ब्लग आयो । निष्पक्ष र स्वतन्त्र स्वतन्त्र समाचारका  भोका र विद्रोही स्वभावका पत्रकारहरूले सही सूचना जनसमक्ष ल्याउन ब्लगको चौतारीमा प्रवेश गरे ।

वैशाख ११, २०६३ को राजनीतिक परिवर्तनमा नेपाली ब्लगरहरुको समेत उल्लेख्य सहभागिता रहेको देखिन्छ । मेरो सन्सार डट ब्लगस्पोट डट कम  त्यस बेला चर्चामा रहेको शायद पहिलो ब्लग हो । पछि त्यो ब्लग www.mysansar.com मा रूपान्तरित भयो । समाचार माध्यमका रूपमा त्यो प्रभावकारी ढङ्‌गले चलिरहेको छ । शनिवार साताको साहित्य कार्यक्रम पनि सञ्चालन गर्छ उक्त ब्लगले ।

नेपाली ब्लग अहिले कति छन् ? अनुमान गरिन्छ, अहिले करिब एक लाखको हाराहारीमा छन् । यसको आधिकारिक तथ्याङ्क कतै छैन । ब्लग खोल्न कतै दर्ता  गर्नु नपर्ने हुनाले र संसारको जुनसुकै कुनाबाट पनि खोल्न सकिने हुनाले यसको आधिकारिक तथ्याङ्क पत्ता लगाउन सजिलो छैन । कति ब्लग त एक दुई पोस्टमै विश्राम लिन पुगेका देखिन्छन् भने केही ब्लगहरूले निरन्तरता दिइरहेका छन् ।

साहित्यकारका  केही व्यक्तिगत ब्लगहरू :


http://vijayachalise.blogspot.com

http://matrikapokharel.blogspot.com

http://hataru.blogspot.com

http://kaalbodh.blogspot.com

http://vritta.blogspot.com

http://tikabhai.blogspot.com

http://laaliguraas.blogspot.com

http://jaditdeepak.blogspot.com

http://blog.nirmalaawasthi.com.np

http://jibanstha.blogspot.com

http://suprabhatsahitya.blogspot.com

http://luitelnirajan.blogspot.com

http://shakhadasahitya.blogspot.com

http://sarokarsahitya.blogspot.com

http://dacharya.blogspot.com

http://merosirjana.blogspot.com

http://jeetu-khadka.blogspot.com

http://silichung.blogspot.com

http://roshan-bhatta.blogspot.com

http://chamlingtilak.blogspot.com

http://khullamanch.blogspot.com

आदि आदि ।

साहित्यसँग सम्बन्धित केही सामूहिक ब्लगहरू :

http://kavitakusum.blogspot.com

http://srasta.blogspot.com

http://laghukatha.wordpress.com

http://nepaliwriters.blogspot.com

http://kavitayatra.blogspot.com

http://kathaghar.blogspot.com

http://hamroshahitya.blogspot.com

http://sahityasagar.blogspot.com

आदि आदि |

इन्टरनेटको माध्यमबाट साहित्य दुनियाँको सञ्जाल तयार गर्न ब्लग भरपर्दो माध्यम बन्न सक्छ । 

वि.सं. २०६४ सालतिर साहित्यकार कुसुम ज्ञवालीले साहित्यकारको एउटा समूहलाई  ब्लग बनाउन सिकाउनुभएपछि नेपाली युवा साहित्यकार हरूका बिचमा ब्लगको प्रयोग राम्रैसँग बढ्‌यो  । 

‘ सलाम बिहानी’, ‘  अलग अभियान ‘ भन्ने समूह चलाएर केही प्रगतिशील युवाहरूले ब्लगमा राम्रा कविताहरू पस्किए । त्यस बेलाका ब्लगहरू अहिले पनि हामी हेर्न सक्छौँ । पछि ‘उन्मुक्त पुस्ता ‘ सञ्चालन गर्ने केही प्रतिभाशाली युवा साहित्यकारहरूले  आफ्ना सिर्जनाहरू प्रकाशन गर्न ब्लगलाई रामैसँग उपयोग गरेका थिए ।

सन २००८ देखि २०१२ – १५ सम्म प्रतिभाशाली साहित्यिक युवा पुस्ता ब्लगको दुनियाँमा राम्रैसँग प्रवेश गरेको थियो । यी ब्लगहरू अहिले पनि हामी पढ्न सक्छौँ ।

http://www.creations.nadeesh.com

http://knownakima.blogspot.com

http://getdrishya.blogspot.com

http://meetmuna.blogspot.com

http://anjankapil.blogspot.com

http://memarmika.blogspot.com

http://dhrubasatya.blogspot.com

http://sargamanjari.blogspot.com

http://linkaparajita.blogspot.com

http://klickkishor.blogspot.com

http://khanalshrawan.blogspot.com

http://manushianita.blogspot.com

http://doorjeya.blogspot.com

http://kailashkokuti.blogspot.com

http://swapnilranga.blogspot.com

http://bhangbari.blogspot.com

आदिआदि ।

३. सामाजिक सञ्जाल सञ्चालन गरेर 

वेबसाइट एवं इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधन नै सामाजिक सञ्जाल हो । सामाजिक सञ्जालको माध्यमबाट कम्प्युटर, ल्यापटप, ट्याब्लेट वा मोबाइलजस्ता उपकरणमा इन्टरनेट जडान गरी  आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका सिर्जना, विचार,  सन्देश, डिजिटल फोटो वा भिडियोहरू आदानप्रदान गर्न प्रयोग गर्न सकिन्छ । यो हरेक व्यक्तिले हरेक क्षेत्रमा सजिलैसँग प्रयोग गर्न सक्ने प्रविधि भएकाले यति बेला यो  मानिसको जीवनसाथी जस्तै बनेको छ । सामाजिक सञ्जालबिनाको जीवन नै सोच्न नसक्ने पुस्ता अहिले बढिरहेको देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा फेसबुक, इन्स्टाग्राम, ट्विटर, वाट्सप, युट्युब, मेसेन्जरहरू बढी चर्चामा छन् । ४ फरबरी, २००४ मा मार्क जुकर्बर्कले फेसबुकको निर्माण गरे । १४ फरबरी, २००५ मा चाड हुर्ली र स्टिभ चेनले भिडियो हेर्न मिल्ने जनप्रिय युट्युबको सुरुआत गरे । ६ अक्टोबर, २००६ मा केभिन सिस्ट्रोम र माइक क्रिगरले इन्स्टाग्रामको आविष्कार गरे। यसरी नै २००९ मा ब्रियन एक्टोन अनि जन कउमले अहिलेको चर्चित वाट्सपको सूत्रपात गरे । यी त केही चर्चित  सामाजिक सञ्जालका उदाहरण मात्र हुन् । यी बाहेक कैयौँ यस्ता एपहरू पनि क्रियाशील छन् जहाँ मानिस आफ्ना विचार, सन्देश, रचना साझा गर्छन्  । भरखरैको तथ्याङ्कअनुसार नेपालमा फेसबुकका प्रयोगकर्ता मात्रै १ करोड ३० लाख ४० हजार बढी पुगेका छन् ।

फेसबुकका चर्चित साहित्यिक समूहहरू

– साहित्यकार किशोर पहाडी र मुरारी सिग्देलले चलाउनुभएको  शब्द पथ 

– साहित्यकार नारायण तिवारीले चलाउनुभएको  कथा समूह

– लघुकथा समूह

– यस्ता थुप्रै थुप्रै साहित्यिक पेज र समूहहरू फेसबुकमा देख्न पाइन्छ ।

युट्युब प्रयोग गरेर 

सन २००५ को फेबुअरीमा युट्युबको निर्माण भयो । यो निर्माण भएको अहिले १८ वर्ष पुगिसक्यो । अठार वर्षमा यसले सञ्चारको क्षेत्रमा रोमाञ्चक र प्रभावकारी भूमिका हाम्रा बिचमा छाडेको छ । 

अहिले आएर साहित्यिक रचनाहरू युट्युबमा राख्ने क्रम निकै बढेको छ । 

गीत र कविता मात्र नभएर सुन्ने कथा नामबाट पनि युट्युब च्यानल चलिरहेका छन् । 

– झन्डै तीन दशक अघि देखिनै प्रकाशित हुने गरेको प्रगतिशील साहित्यिक पत्रिका ‘साथी’ का सम्पादक सुदर्शन श्रेष्ठले  युट्युब कविता च्यानल ‘शब्द’  चलाइरहनु भएको छ । 

– ( सार्थक अभियान ) ले प्रगतिशील गीतहरूको  युट्युब च्यानल सञ्चालन गरेको छ। यस्ता धेरै युट्युब च्यानलहरू अहिले साहित्यिक गतिविधिका रूपमा सञ्चालनमा रहेका छन् ।

इन्टरनेटमा   प्रगतिशील साहित्यको उपस्थिति : एक चर्चा

इन्टरनेटमा प्रगतिशील / प्रगतिवादी साहित्यको बेग्लै मञ्च बन्न सकेको देखिँदैन । केही मार्क्सवादी विचारसँग निकट रहेका वेबसाइटहरू भेटिन्छन् , त्यहाँ प्रगतिवादी साहित्यका लागि केही स्थान छुट्ट्याएको पाइन्छ । उदाहरणका लागि जस्तै : www.moolbato.com 

मार्क्सवादी चिन्तक जय कार्कीले सञ्चालन गर्नुभएको   www.communistonline.com

आदि । यस्ता वेबसाइटहरू अरू पनि छन् । कम्युनिस्ट पार्टी हरूले सञ्चालन गरेका वेबसाइटहरू पनि छन् । वरिष्ठ व्यङ्ग्य निबन्धकार नरनाथ लुइँटेलले सञ्चालन गर्नुभएको www.fitkauli.com ले प्रगतिशील व्यङ्ग्य साहित्यको क्षेत्रमा केही महत्त्वपूर्ण काम गरेको छ ।

प्रगतिशील लेखक सङ्घले आफ्नो वेबसाइट www.pwanepal.org.np सञ्चालन गरे पनि त्यसको नियमिततामा केही सुस्तता देखिन्छ ।

प्रगतिशील लेखक सङ्घको नाममा सञ्चालित केही ब्लगहरू :

– प्रलेस ललितपुरका सामाग्रीहरू –

www.hamroprales.blogspot.com

– प्रगतिशील लेखक सङ्घ, नेपालको सातौँ, आठौँ र नवौँ राष्ट्रिय सम्मेलन पछिका गतिविधिहरूको अभिलेख

www.pralesangh.blogspot.com

– प्रगतिशील लेखक सङ्घ, नेपालको दसौँ राष्ट्रिय सम्मेलनदेखि एघारौँ राष्ट्रिय सम्मेलनसम्मका गतिविधिहरूको अभिलेख

www.pralesa.blogspot.com

– प्रगतिशील लेखक सङ्घ, नेपालको एघारौँ राष्ट्रिय सम्मेलन पछिका गतिविधिहरूको अभिलेख

www.pwa11th.blogspot.com

समग्र साहित्यिक परिवेशमा अनलाइन प्रयोग अत्यन्त विस्तारित भए पनि प्रगतिवादी / प्रगतिशील साहित्यमा केन्द्रित भएर साहित्यिक गतिविधि भएकै छैन भन्दा पनि हुन्छ ।

हिजो प्रगतिवादी / प्रगतिशील साहित्यका मञ्चहरू थिए ।  त्यही मञ्चमा टेकेर धेरै प्रतिभाहरूले प्रगतिशील साहित्यमा पाइला टेक्ने कोसिस गरे । पञ्चामृत, वेदना, सङ्कल्प, सुस्केरा, उत्साह,  झिममिसे, नौलो साहित्य, इन्द्रेणी, लहर, भानु, कालीको छाल, राप्ती, राप्ती सन्देश, बिहानी, त्रिकोण, हलकारा, प्रभात, कटिबद्ध, नौलो कोसेली, अठोट, लालुपाते, मधुमास, सेरोफेरो, शृङ्खला, घोषणा, अनुभूति, धेरै जिल्ला समिति बाट प्रकाशित प्रलेसका  मुखपत्रहरू आदि साहित्यिक पत्रिकाहरूले प्रगतिवादी साहित्यको उत्थानमा यथेष्ट योगदान दिए । अहिलेको प्रगतिशील साहित्यको माहौल त्यसै निर्माण भएको होइन । यसको पछाडि यी साहित्यिक पत्रिकाको ठुलो योगदान छ । 

अबको युगलाई हामीले विज्ञान प्रविधिको युग भन्छौँ । पहिले छापा प्रेस सुरुवात हुँदा पनि साहित्यले एउटा फड्को मारेको इतिहास हामीले पढेकै छौँ । अब समयले  छापा माध्यमबाट मुक्ति खोजिरहेको देखिन्छ । यसो भनेर छापा माध्यमको महत्त्व छैन भन्ने होइन । हाम्रा वाङ्मयका कैयौँ अभिलेखहरू छापा माध्यमबाटै अभिलेखमा सुरक्षित छन् । तर इन्टरनेटको दुनियाँ हाम्रा अघिल्तिर व्यापक सम्भावना बोकेर आएको छ । 

इन्टरनेट प्रविधिले हामीलाई मनोरञ्जन मात्र दिएको छैन । अवसरको  ठुलो मैदान हाम्रा अघिल्तिर ल्याइदिएको छ । उक्त मैदानमा दौडन सक्नु नसक्नु हाम्रो कुरा हो । जति बेसरी त्यो  अवसरहरूलाई हामी पकड्ने कोसिस गर्‍यौँ ; हाम्रो साहित्यिक अभियानको सफलता त्यसैमा निहित छ । इन्टरनेटको माध्यमबाट भित्रिएका अनेकौँ प्राविधिक विकासहरू पछाडि फर्कदैनन , अघि बढ्छन् । 

हामीले बुझ्नुपर्ने  एउटा महत्त्वपूर्ण कुरा के हो भने इन्टरनेट साध्य होइन । यो साधन हो । साधनलाई उपयोग गरेर साध्य प्राप्त गर्नुपर्छ । प्रगतिशील साहित्यका अभियन्ताहरूले इन्टरनेट जस्तो साधन प्रयोग गरेर साध्य प्राप्त गर्ने कोसिस गर्नुपर्ने हुन्छ । इन्टरनेटमा प्रगतिशील साहित्यको संस्थागत उपस्थिति अत्यन्तै फितलो छ । वेबसाइट सञ्चालन गर्न प्राविधिक र आर्थिक कारणले असहज हुँदा पनि हामी ब्लग सञ्चालन गरेर प्रगतिशील साहित्यकारको बिचमा सञ्जाल निर्माण गर्न सक्छौँ । 

अनलाइन प्रकाशनका फाइदाहरू

— कागजको प्रयोग भन्दा अनलाइन प्रकाशन वातावरणमैत्री  हुन्छ । 

—  अनलाइन (वेबसाइट, ब्लग, सामाजिक सञ्जाल ) आदिको  प्रकाशन खर्च  छापा माध्यमबाट गरिने खर्चभन्दा निकै सस्तो र किफायती  हुन्छ । 

— विक्री , वितरण तथा ढुवानीको झन्झटबाट पूर्ण मुक्त भइन्छ । 

— भण्डारणको समस्याबाट पूर्ण मुक्ति प्राप्त हुन्छ । 

— अनलाइनमा प्रकाशित सामग्री छिनभरमै विश्वका कुनै पनि कुनामा बसेकाहरूले तुरुन्त हेर्न सक्छन् ।

– नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुऱ्याउन यो धेरै प्रभावकारी माध्यम हो।

– अहिले अनलाइन रेडियो, टेलिभिजन सञ्चालन गर्ने प्रचलन पनि बढ्दै गएको छ । अनलाइनमै कृति विमोचन, साहित्यिक प्रतियोगिता, पुस्तक बिक्री आदि पनि यो प्रविधिको उल्लेख्य पक्ष हो | अहिले त  ई–लाइब्रेरीको अवधारणा पनि आइरहेको छ । आर्थिक समस्यामा परेका साहित्यकारलाई सहयोग जुटाउन अनलाइन अभियान अत्यन्तै प्रभावकारी बनेको छ ।

अनलाइन प्रकाशनका बेफाइदाहरू

– प्रतिलिपि अधिकारको चुनौती छ ।

– रचनाको चोरी हुने सम्भावना  बढ्दो छ ।

– अभिलेखको ग्यारेन्टीप्रतिको   आशङ्‌का देखिन्छ ।

– प्रिन्ट दुनियाँमा अभ्यस्त भएको पुस्ता मध्येको एउटा सानो हिस्सा  अनलाइनमा अभ्यस्त हुन अझै पनि  सकिरहेको छैन ।

अनलाइन प्रकाशनका यस्ता केही बेफाइदाहरू नदेखिएका होइनन् तर यी फाइदाका तुलनामा अत्यन्तै नगण्य छन् ।

000

[ प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा २०८० साउन १९ गते आयोजित “इन्टरनेट र प्रगतिशील साहित्य” विषयक छैसट्ठिऔँ परिसंवादमा प्रस्तुत छलफल पत्र ।  सोही छलफल पत्रलाई  अहिले   “प्रगतिशील धाराको सन्दर्भमा इन्टरनेट साहित्य : एक चर्चा” शीर्षक राखिएको छ । ]

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...