health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

सिन्धुपाल्चोक, १४ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद भरपर्दो उपचार पद्धति भएको बताएका छन्।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिवार आयोजना गरिएको नि:शुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेद पद्धतिबाट उपचार गर्दा साइड इफेक्ट नहुने र यो उपचार भरपर्दो पनि भएको बताएका हुन्।
आयुर्वेद उपचार पद्धति हाम्रो मौलिक उपचार पद्धति भएको बताउँदै मन्त्री बस्नेतले यसको विकासका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले योजना अनुसार काम गरिरहेको दाबी गरे। मन्त्री बस्नेतले भने, ‘आयुर्वेदको विकास र बिस्तार गर्न सके धेरै रोगबाट मुक्त हुन सकिन्छ।’
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले मेलम्चीमा आयोजना गरेको स्वास्थ्य शिविरबाट सयौँ स्थानियवासीले स्वास्थ्य लाभ लिन सक्ने बताउँदै मन्त्री बस्नेतले शिविरमा उपचार हुन नसक्ने बिरामीका लागि तालिम केन्द्रले कीर्तिपुरमा नि:शुल्क उपचारको व्यवस्था गर्ने जानकारी दिए। आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्रमा थुप्रै सुधारका काम सुरु गरेको दाबी गर्दै मन्त्री बस्नेतले विभिन्न रोगको उपचार स्थानीय स्वास्थ्य संस्थामै हुन सके जनताले उपचारकै लागि काठमाडौँ धाउनु पर्ने अवस्थाको अन्त हुने कुरामा जोड दिए।
मन्त्री बस्नेतले भने, ‘मिर्गौला फेल भएका बिरामीको सुविधाका लागि चौतारामा ५ वटा डाइलासिस मेसिन पुगिसकेका छन्। केही दिनमै सेवा सुरु हुन्छ। मेलम्चीमा पनि आवश्यकता छ भने स्वास्थ्य मन्त्रालयले पठाइदिन तयार छ।’ पैसा नभएका कारण कुनै पनि नेपालीले उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्घोषका साथ आफूले काम गरिरहेको बताउँदै मन्त्री बस्नेतले निकट भविष्यमै चिकित्सा शिक्षा ऐन संशोधन गरेर चिकित्सा शिक्षामा कोटा बढाएर स्वदेशमै पढ्न पाउने वातावरण बनाउन लागेको जानकारी दिए।
कार्यक्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. रामआधार यादवले धेरैजसो रोगको उपचार आयुर्वेद पद्धतिको माध्यमबाट गर्न सकिने भए पनि त्यसको महत्त्व बुझ्न र बुझाउन नसक्दा समस्या देखिएको बताए। पेट सम्बन्धी समस्याका कारण धेरैजसो रोग लाग्ने गरेको बताउँदै डा.यादवले आयुर्वेद पद्धतिबाट हुने उपचारले पेट सम्बन्धी रोग निको हुने दाबी गरे।
स्वास्थ्य शिविरमा पेट सम्बन्धी रोग, पिनास, मधुमेह, पञ्चकर्म, भिडियो एक्स-रे, छाला सम्बन्धी रोग, फिजियो थेरापी सहितका सेवा र निःशुल्क औषधि समेत वितरण गरिएको थियो। स्वास्थ्य शिविरमा एक हजार ३ सय भन्दा बढी स्थानीय बासिन्दाले सेवा लिएका थिए। कार्यक्रममा बाग्मती प्रदेशका सभासद् कृष्णकुमार तामाङ,पूर्व गृह राज्यमन्त्री विष्णु विक्रम थापा मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ लगायतको उपस्थिति रहेको थियो।