health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, १४ पुस । नेपाल पुलिस क्लबले वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। शनिवार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबले पर्सा- ११ लाई १०० रनले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल पुलिसले दिएको १४६ रनको लक्ष्य पछाएको पर्सा ११ ओभरमा केवल ४५ रन बनाएर अल आउट भएको थियो।
पर्साका लागि अनिल शाहले सर्वाधिक १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन्। पर्साको ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा पुलिसका सागर ढकालले सर्वाधिक ४ विकेट लिएका थिए भने ललित राजवंशी र रसिद खानले २-२ विकेट लिएका थिए। त्यस्तै करण केसी र शेर मल्लले एक एक विकेट लिएका थिए।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। पुलिसका लागि करण केसीले विस्फोटक १७ बलमा ४० रन बनाएका थिए भने अर्जुन साउदले २६, शङ्कर रानाले १९, दिलीप नाथले १७ र कप्तान आफिस सेखले १६ रन बनाएका थिए।
यस खेलमा पर्साका नियमित कप्तान सन्दीप लामिछाने खेलेका थिएनन्।