Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 51 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

१४ किलो सुनबारे छानबिन गर्नसमिति गठन

१४ किलो सुनबारे छानबिन गर्नसमिति गठन

 २२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन छानबिन गर्न समिति गठन गरेको छ । बिहीबार राति भन्सार विभागको टोलीले १४ किलो सुनसहित गोरखाका चन्द्र घलेलाई नियन्त्रणमा लिएको थियो उक्त सुनबारे छानबिन गर्न भन्सार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो । शुक्रबार आयोजित पत्रकार सम्मेलन त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पौडेलको नेतृत्वमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य रहेको छानबिन समिति गठन गरेकोा जानकारी…
Read More
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनको माग गर्दै  विरोध प्रदर्शन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनको माग गर्दै विरोध प्रदर्शन

मोहम्मद हबिबर/न्युज कारखाना,  २२ मंसिर, भैरहवा। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन गरिएको छ। उद्घाटन भएको लामो समय वित्दासमेत विमानस्थल नियमित सञ्चालनका लागि राज्य उदाशिन रहेको भन्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा दर्जनौ संघसंस्थाले भैरहवामा जनदबाब तथा विरोध प्रदर्शन गरेका हुन् । उद्घाटन भएको १६ महिना वित्दासमेत अन्तराष्ट्रिय उडान नियमित हुन नसकेपछि अर्बौ लगानी जोखिममा परेको भन्दै भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड मिलन चोक, प्रहरी टोल बर्मेलीटोल हुँदै बुद्ध चोकमा पुगी कोण सभामा परिणत भयो। विरोध प्रदर्शन गर्दै सञ्जालले विमानस्थल पूर्णरूपमा सञ्चालन नभएसम्म निरन्तरुपमा विरोध प्रदर्शनका कार्यक्रम गर्ने जनाएको छ। सञ्जालमा रुपन्देहीका २ दर्जन बढी संघसंस्था…
Read More
चीनले बनायो जमिन भन्दा मुनी अर्थात २.४ किमी गहिरो ठाउँमा प्रयोगशाला

चीनले बनायो जमिन भन्दा मुनी अर्थात २.४ किमी गहिरो ठाउँमा प्रयोगशाला

मंसिर २२, बेइजिङ। चीनले हरेक दिन आफ्नो अचम्मको कारनामले विश्वलाई चकित पारिरहेको छ। कहिले आकाशमा मानव निर्मित सूर्य बनाउन खोज्छन् त कहिले चन्द्रमामा बस्ती बसाउने कुरा गर्छन् । अब चीनले विश्वको सबैभन्दा गहिरो प्रयोगशाला निर्माण गरेको छ। यसको गहिराई २४ सय मिटर अर्थात् पृथ्वी भन्दा २.४ किलोमिटर तल छ। यो प्रयोगशालामा चीनले पनि काम सुरु गरेको छ । चीनले ‘डार्क म्याटर’ को खोजीमा पृथ्वीको गहिराइसम्म पुगेको दाबी गरिरहेको छ । कालो पदार्थ अझै पनि वैज्ञानिकहरूको लागि रहस्य बनेको छ। सम्पूर्ण संसार कालो पदार्थबाट बनेको मानिन्छ । डार्क मेटर र डार्क एनर्जीको कारणले नै सम्पूर्ण ब्रह्माण्ड व्यवस्थित रूपमा व्यवस्थित भएको वैज्ञानिकहरू…
Read More
आजको मौसम: उच्च पहाडी भु भागमा हिमपात हुने

आजको मौसम: उच्च पहाडी भु भागमा हिमपात हुने

मंसिर २२, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती भने सबै  प्रदेशमा आंशिक  देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली…
Read More
एमाले पदयात्राको नवौं दिन: आज आरूघाट पुग्ने

एमाले पदयात्राको नवौं दिन: आज आरूघाट पुग्ने

मंसिर २२, काठमाडौं ।  नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरूघाट, गोरखा पुग्दैछ । झुलाघाटबाट आरम्भ भएको `संमृद्विको लागि संकल्प यात्रा´को नवौ दिन मंसिर २२ गते कास्कीको पोखराबाट सुरू हुने छ। यात्राको क्रममा भोर्लेटार, धमिलकुवा, पालुङटार लगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। लमजुङको सुन्दरबजारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज गोरखाको आरूघाटमा बास बस्ने प्रचार बिभाग सचिव गगन बिष्टले जानकारी दिए ।
Read More
रूसमा राष्ट्रपति निर्वाचनका लागि निर्वाचनको मिति घोषणा, पुटिन २०३० सम्म नेतृत्वमा रहन सक्ने

रूसमा राष्ट्रपति निर्वाचनका लागि निर्वाचनको मिति घोषणा, पुटिन २०३० सम्म नेतृत्वमा रहन सक्ने

मंसिर २२, काठमाडौं । रुसमा राष्ट्रपति पदका लागि निर्वाचनको मिति घोषणा भएको छ । अर्को राष्ट्रपति चुनावको मिति मार्च १७, २०२४ को लागि तोकिएको छ। संसदको माथिल्लो सदनले बिहीबार सर्वसम्मतिले निर्वाचनको मिति तय गरेको हो । हाल रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन (७१) ले चुनाव लड्ने घोषणा भने गरिसकेका छैनन् । पुटिनले पाँचौं पटक चुनाव लड्ने र देशको जिम्मेवारी सम्हाल्ने विश्वास गरिएको छ । चुनावअघि पुटिनको जित निश्चित मानिन्छ किनभने उनलाई चुनौती दिने उनका सम्भावित प्रतिद्वन्द्वी या त जेलमा छन् वा विदेशमा छन् । एकै समयमा, अधिकांश स्वतन्त्र मिडिया प्रतिबन्धित छन्। यस्तो अवस्थामा मार्चमा हुने निर्वाचनका कारण पुटिन कम्तिमा २०३०…
Read More
जाजरकोटमा एमालेको स्वयंसेवकः बनायो ८१६ अस्थायी आवास र १६ वटा विद्यालय, ५०३ भग्नावशेष व्यवस्थापन

जाजरकोटमा एमालेको स्वयंसेवकः बनायो ८१६ अस्थायी आवास र १६ वटा विद्यालय, ५०३ भग्नावशेष व्यवस्थापन

मंसिर २२, काठमाडौं । गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रमा खटिएको एक हजार बढीको नेकपा एमालेको स्वयंसेवक टिम दुई हप्ता बढी सेवा गरेर फर्किएको छ । जाजरकोट र रुकुम पश्चिममा पार्टीको निर्णयअनुसार खटिएको दक्ष जनशक्तिसहितको टोलीले १५ दिनभन्दा बढी स्वयंसेवी काम गरेको छ । कात्तिक १७ गते भूकम्प गएपछि मध्यरातदेखि नै जाजरकोट र रुकुमका स्थानीय पार्टी नेता कार्यकर्ताहरू उद्धार कार्यमा परिचालित भएका भए पनि दक्ष कामदार सहितको जिफण्टको टोलीले मङ्सिर १ गतेबाट र अन्य स्वयंसेवकले मङ्सिर ३ गतेबाट काम थालेका थिए । कात्तिक १८ गते पार्टी उपमहासचिव विष्णु रिमालसहितको टोलीले भूकम्प प्रभावित क्षेत्रहरूमा मानवीय तथा भौतिक क्षतिको…
Read More
चलचित्र ‘११ः५५’ निर्माण घोषणा

चलचित्र ‘११ः५५’ निर्माण घोषणा

२१ मंसिर,काठमाडौं । नेपाली चलचित्र ‘११ः५५’ घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली चलचित्र ‘११ः५५’ घोषणा गरिएको हो । केशब पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङ, एमएस अग्रज लगायतको अभिनय रहनेछ । निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको चलचित्र क्राइम, थ्रिलर विधामा निर्माण हुने बताइएको छ । विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्ट्सको सहकार्यमा निर्माण हुने चलचित्रमा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह निर्माता रहेका छन् । विगत एक दशकदेखि चलचित्रलाई नजिकबाट हेरेर राम्रो दर्शक…
Read More
आक्रोशित बन्दै सिरहाका मिटरब्याजपीडितहरू, साहुले हडपेको जमिनको धान काटेर भित्र्याए

आक्रोशित बन्दै सिरहाका मिटरब्याजपीडितहरू, साहुले हडपेको जमिनको धान काटेर भित्र्याए

मुकेश कुमार यादव, २१ मंसिर, सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले मिटरब्याज (अनुचित लेनदेन)का उजुरीहरुको समयमा समाधान दिन नसक्दा उजुरीकर्ताहरु आक्रोशित बन्न थालेका छन्। यसैको परीणाम जिल्ला सदरमुकाम सिरहा नगरपालिका १९ सन्हैठामा बिहीबार मिटरब्याजपीडितले साहुले हडपेको जमिनको धान काटेर भित्र्याएका छन्। रामशरण यादवले गाउँकै योगेन्द्र यादवसँग २०६१ पुस १ गते १ लाख रुपैया लिएबापतको धितो दुई कित्ता जमिन १० कठ्ठा ११ धुर र ३ कठ्ठा ९ धुरसहित जम्मा १४ कठ्ठा जमिन धितोबापत राजीनामा पास गरेर लिएको ऋण तिरिसके पनि सबै जमिन हडपेको मुद्दा समयमा मिलापत्र हुन नसक्दा पीडिले बिहीबार खेतको धान काटेकार भित्र्याएका हुन्। रामशरणले एक लाख रुपैयाँ लिएबापत थप ४ लाखको…
Read More
राप्रपा राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने

राप्रपा राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने

राप्रपाले राष्ट्रिय सभाको निर्वाचनमाा सहभागी हुने निर्णय गरेको छ । बुधबार र बिहीबार काठमाडौंमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने सम्बन्धमा अन्य दलसंग आवश्यक सहयोग जुटाउन, संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तथा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ । साथै बैठकले इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ्ग गुरुङलाई जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।  बैठकले राप्रपा नियमावली–२०८० लाई संशोधनसहित पारित गरेको…
Read More