health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
मोहम्मद हबिबर/न्युज कारखाना, २२ मंसिर, भैरहवा। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन गरिएको छ।
उद्घाटन भएको लामो समय वित्दासमेत विमानस्थल नियमित सञ्चालनका लागि राज्य उदाशिन रहेको भन्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा दर्जनौ संघसंस्थाले भैरहवामा जनदबाब तथा विरोध प्रदर्शन गरेका हुन् ।

उद्घाटन भएको १६ महिना वित्दासमेत अन्तराष्ट्रिय उडान नियमित हुन नसकेपछि अर्बौ लगानी जोखिममा परेको भन्दै भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड मिलन चोक, प्रहरी टोल बर्मेलीटोल हुँदै बुद्ध चोकमा पुगी कोण सभामा परिणत भयो।
विरोध प्रदर्शन गर्दै सञ्जालले विमानस्थल पूर्णरूपमा सञ्चालन नभएसम्म निरन्तरुपमा विरोध प्रदर्शनका कार्यक्रम गर्ने जनाएको छ। सञ्जालमा रुपन्देहीका २ दर्जन बढी संघसंस्था आवद्ध रहेका छन्। सञ्जालले यसअघि पनि विभिन्न कार्यक्रममार्फत विमानस्थल पूर्ण सञ्चालनको आवाज उठाउदै आएको छ।
प्रदर्शनमा श्रम स्वीकृती कार्यालय पूर्ण रुपमा सञ्चालन गर, भिषा सेन्टर कार्यालय पूर्ण क्षमतामा सञ्चालन गर, स्वास्थ्य परिक्षण संस्था पूर्णरूपमा दक्ष जनशक्ति सहित सञ्चालन गर्नुपर्ने, भैरहवामा मेनपावर कार्यालय स्वीकृत गर, रोजगारमा जाने सबैलाई तालिमको व्यवस्था गर, अन्तराष्ट्रिय मान्यताप्राप्त क्युआरसहितको खोप केन्द्र स्थापना गर, नेपालको सबै ठाउँमा आन्तरिक उडान गर, अन्तराष्ट्रिय सबै एयरलाइन्स उडान गर, आवश्यक सबै उपकरण जडान र सञ्चालन गर, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन गर, नेपाल एयरलाइन्सलाई नियमित उडान गर्नको लागी निर्देशन गर लगायतको माग राखेका छन्।
सञ्जालले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवालगायत सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएर अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गरे पनि हालसम्म सकारात्मक नतिजा नआएकोले अर्बौ लगानी जोखिममा परेकोले सरकारले आफ्ना माग पूरा नगर्दासम्म आन्दोलन जारी रहने सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए। माग सम्बोधन नभएकै का्रण हामी व्यवसायीहरु वाध्य भएर सडकमा उत्रिएको उनले भने।
कार्यक्रमका संयोजक तथा सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल पूर्ण सञ्चालन भए यहाँ पचासौं लाख पर्यटक आउने र सबै क्षेत्रको आर्थिक विकास हुने बताए । उनले विमानस्थल नचल्दा उद्योगी–व्यवसायी दयनीय अवस्थामा रहेकाले तत्काल जसरी हुन्छ संचालनको वातावरण बताउनु पर्ने बताए।

गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा सरकारले देखाएको उदासिनताको कारण यहा ८० अर्ब भन्दा बढीको लगानी जोखिममा परेको छ। चरणबद्ध आन्दोलन अन्तर्गत मंसिर २४ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शान्तिपुर्ण धर्ना र आन्तरिक उडान बन्द गर्ने कार्यक्रम समेत रहेको छ। आन्दोलनलाई सफल बनाउन ५ सय १ सदस्यीय मुल संघर्ष समिति, १६ वटा विभिन्न उपसमिति, १ सय १ सल्लाहकार समितिको गठन गरिएको छ।
सञ्जालको विरोध सभामा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी., देवी चौधरी, जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि एवं नगरबासीहरुले पनि साथ दिएका थिए।
विमानस्थलबाट केही समय जजिरा, हिमालयन र नेपाल एअरलाइन्सले अन्तराष्ट्रिय उडान गरेपनि अहिले आन्तरिक उडान मात्रैमा विमानस्थल सिमित छ।



