health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
मुकेश कुमार यादव, २१ मंसिर, सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले मिटरब्याज (अनुचित लेनदेन)का उजुरीहरुको समयमा समाधान दिन नसक्दा उजुरीकर्ताहरु आक्रोशित बन्न थालेका छन्।
यसैको परीणाम जिल्ला सदरमुकाम सिरहा नगरपालिका १९ सन्हैठामा बिहीबार मिटरब्याजपीडितले साहुले हडपेको जमिनको धान काटेर भित्र्याएका छन्।
रामशरण यादवले गाउँकै योगेन्द्र यादवसँग २०६१ पुस १ गते १ लाख रुपैया लिएबापतको धितो दुई कित्ता जमिन १० कठ्ठा ११ धुर र ३ कठ्ठा ९ धुरसहित जम्मा १४ कठ्ठा जमिन धितोबापत राजीनामा पास गरेर लिएको ऋण तिरिसके पनि सबै जमिन हडपेको मुद्दा समयमा मिलापत्र हुन नसक्दा पीडिले बिहीबार खेतको धान काटेकार भित्र्याएका हुन्।
रामशरणले एक लाख रुपैयाँ लिएबापत थप ४ लाखको कपाली र १४ कठ्ठा जमिनसमेत धितोबापत राजीनामा पास गरेको बताए।
उनले रकम लिएको दुईवर्ष भित्रै योगेन्द्रको घर बनाउने बेलामा इँटा, बालुवा र गिट्टी आफ्नै ट्याक्टरमा घरसम्म पुर्याएर उनको रकम हिसाव मिलान भइसकेको बताए ।

त्यसपछि जमिन फिर्ता गरिदिन आग्रह गर्दागर्दै योगेन्द्रले ४ लाखको कपाली अदालतमा मुद्दा लगाएर थप दुई बिगाहा १० कठ्ठा छ धुर जमिन डाक लिलाम गरेर लियो। तत्कालीन अवस्थामा ४ लाखको ब्याज जोडेर पुग्ने गरी जमिनको मूल्याङ्कन गर्ने अधिकारीलाई समेत प्रभावमा पारेर उनले आफ्नो जमिन हडपेको रामशरणका छोरा विन्देश्वर यादवले बताए।
२०६५ पछि पटक पटक गाउँमै सामाजिक छलफलहरु भए पनि उनले वास्ता गरेनन्। पटक–पटकको सामाजिक छलफलहरु उनले जमिन फिर्ता गरिदिने भने पनि जमिन फिर्ता गरेनन्। समाजको दवावपछि योगेन्द्रले २०६९ माघ १८ गते योगेन्द्रको छोरा अमितको नामबाट रामशरण यादव र रामनाथ यादवको नाममा एक विगहा ४ कठ्ठा जमिन फिर्ता गरिदिए ।
त्यसलगतै योगेन्द्रका छोरा, श्रीमतीले हकदावी मुद्दा लगाएर २०७५ जेष्ठ २ गते जमिन पुनः फिर्ता लिए। उनीहरुले जवरजस्ती हडपेको जमिनमध्ये ५ कट्टा १६ धुर पाँच लाखको दरले बेचेको पनि पीडितहरुले सुनाए।

पटक पटक जालझेल गरेर हाम्रो जमिन उनीहरुले लिए पनि सबै जमिन आफैले भोग चलन गर्दै आएका थिए। पछिल्लो दुई वर्ष देखि योगेन्द्रले हकभोगसमेत खोसेपछि उनीहरु अहिले जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनमा उजुरी दिएका छन्।
जिल्ला प्रशासन कार्यालयले पटक पटक पत्र काटेर छलफलमा बोलाए पनि योगन्द्र उपस्थित नहुने बताए। उनीहरु बिच पछिल्लो पटक यहि मंसिर ११ गतेको छलफलमा योगेन्द्रले १४ कट्टा जमिन किनेको र बाँकी जमिन आफूसँग लिएको ऋण बापत अदालतबाट जमिन डाक लिलामगरी लिएको उल्लेख भएको छ।
जिल्ला प्रशासन कार्यायको डिला सुस्ती र अक्रमण्यताले पीडितहरु झन पीडित र आक्रोशित बनेका छन्। यहि घटनाले पनि पीडितहरुको आक्रोश देखिएको स्थानीय जानकारहरु बताउँछन्। यसअघि पनि मिटरव्याज पीडितहरुले जिल्ला सरमुकाममा प्रमुख जिल्ला अधिकारीको विरुद्ध नाराबाजी गरेका थिए।
स्थानीय जानकारहरुका अनुसार अनुचित लेनदेन समितिले यस्ता मुद्दाहरुलाई समयमै सहि ढङ्गले निर्णय नगरे मिटरव्याज पीडितरु अझ आकोषित हुने देखिन्छ। यसखालको घटनाले झडप र विग्रहको अवस्था आउनसक्ने सामाजिक अगुवाहरु बताउँछन्।


