07
Dec
२१ मंसिर,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा सुधार आएको दाबी गरेका छन् । बिहीबार आयोजित ‘रेस्पोन्सेवल विजनेश समिट’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्रमा सुधार आएको र थप सुधारका लागि नयाँ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए । समिटलाई प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ : कार्यक्रमका सभापति एवं राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशी ज्यू, विभिन्न संघसंस्थाबाट पाल्नुभएका अतिथिज्यूहरू, मिडियाकर्मी मित्रहरू, उपस्थित सम्पूर्ण महानुभावहरु। राष्ट्रिय व्यवसायिक पहलले निरन्तर रुपमा गर्दै आएको जिम्मेवार व्यवसाय सम्मेलन Responsible Business Summit को चौंथो संस्करणमा सहभागी हुने अवसर दिनुभएकोमा धन्यवाद व्यक्त गर्दछु। साथै यस कार्यक्रमको भव्यतम् सफलताको शुभकामना व्यक्त गर्दछु। Adapting to…