14
Feb
हेमन्त केसीसुर्खेत , २ फागुन ; सरकारको मुख्य प्राथमिकता अझैँ पर्न नसकेको भेरी करिडोरमा निर्माण हुने पुलमा समेत बदमासी हुँदै आएको छ । पक्की पुलको ठेक्का लिएको निर्माण व्यवसायीको चरम ढिला ,सुस्तीले गर्दा भेरी करिडोरको मात्रा मृत्यु मार्ग जस्तै बन्न पुगेको छ । आधा दर्जन पुल ठेक्का लागे पनि विभिन्न बहानामा अलपत्र पारेपछि भेरी करिडोरमा यात्रा गर्ने यात्रुहरूलाई हैरानी हुँदै आएको हो । भेरी करिडोर भित्रको ५६ किलोमिटर भित्र यति बिल्डर्सले लिएको काम भारी मात्रामा गतिका साथ भए पनि सोही मार्गको बिचमा निर्माण हुने पुलहरूको काम नहुँदा भेरी करिडोर सडकको कामले गति लिन सकेको छैन । क्याराभान हिराचन जेभिले २०७७ माघ २ गते…