Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking news 3 Archives - Page 20 of 43 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking news 3

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएकोमा काँग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएकोमा काँग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौँ, २ फागुन । प्रमुख प्रतिपक्षी दल काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेको छ । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसद प्रदीप पौडेलले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएर कस्तो अनुसन्धान हुने भन्दै प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग गरे ।  प्रधानमन्त्री प्रचण्डको सुशासनको नीतिप्रति आशङ्का गर्दै उनले जुन निकायले छानबिन गर्नुपर्ने त्यही निकायको नेतृत्व आरोपीलाई दिनु अनुचित हुने बताए । 
Read More
एमालेलाई नटेर्नेहरू समाप्त हुन्छन् : अध्यक्ष ओली

एमालेलाई नटेर्नेहरू समाप्त हुन्छन् : अध्यक्ष ओली

कञ्चनपुर, १ चैत  । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने ठोकुवा गरेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ मा आज आयोजित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गरेका हुन्। उनले काङ्ग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने प्रस्ट पारे। ‘एमाले एउटा यस्तो शक्ति हो, जसलाई पुरै आँखा चिम्लेर नकार्छु, टेर्दिनँ भन्नेहरू सिद्धिन्छन्,’ अध्यक्ष ओलीले भने। एमालेलाई हेप्नेहरूले गम्भीर धोका खानेसमेत ओलीले बताए। काँग्रेसले आफूसँग दुई तिहाइ छजस्तो गरेकाले सरकारबाटै हट्नु परेको अध्यक्ष ओलीले प्रस्ट पारे। ‘काँग्रेसले आफूसँग दुई तिहाइ छजस्तो गरेकाले सरकारबाटै हट्नु परेको हो। उसले एमाले जस्तो पार्टीलाई टेरेन। आज परिणाम भोग्यो,’…
Read More
टिकटक माथि प्रतिबन्ध लगाउन अमेरिकन संसद्ले पारित गर्‍यो विधेयक

टिकटक माथि प्रतिबन्ध लगाउन अमेरिकन संसद्ले पारित गर्‍यो विधेयक

वासिङ्टन, १ चैत । अमेरिकामा टिकटक माथि प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ ।  अमेरिकी संसद्ले बुधवार पारित गरेको एक विधेयकमा भएको व्यवस्था अनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुल्ला गरेको हो ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदि टिकटकका चिनिया मालिकाले सो कम्पनीमा रहेको आफ्नो हिस्सेदारी बेचेनन् भने अमेरिकामा अब टिकटक प्रतिबन्ध हुने भएको छ ।   टिकटक प्रतिबन्धको पक्षमा रहेका सांसदहरू अनुसार सो कम्पनीको हालको स्वामित्व संरचना यस्तो छ कि त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षा माथि खतरा देखिएको छ, जसका कारण अमेरिका यसमा निकै चिन्तित रहेको छ । सो विधेयक ३२५–६५ मतसहित पारित भएसँगै सो विधेयकलाई अब सिनेटमा…
Read More
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् ।  बुधवार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।  मत विभाजनद्वारा सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । मत विभाजनको परिणामअनुसार बैठकमा २६८ जना सांसद उपस्थित रहेका र प्रस्ताव पक्षमा १५७, विपक्षमा ११० र मत दिन्नँ भन्ने तटस्थमा १ मत खसेको सभामुख घिमिरेले जानकारी दिए ।  प्रस्तावको पक्षमा खसेको १५७ मत बहुमत पुगेकाले प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख घिमिरेले बैठकमा जानकारी गराए ।  
Read More
नयाँ रूपमा देखियो ८ सय वर्ष पुरानो भक्तपुरको भाज्या पुखु

नयाँ रूपमा देखियो ८ सय वर्ष पुरानो भक्तपुरको भाज्या पुखु

भक्तपुर, २९ फागुन । ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ सम्पदा निर्माण पुनर्निर्माणमा अगाडि बढेको भक्तपुर नगरपालिकाले दुधपाटीस्थित ८ सय वर्ष पुरानो भाजुपुखु र जलेश्वर मन्दिर सरसफाइ गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले असीमित सङ्ख्यामा रहेका मौलिक शैलीका यस्ता सम्पदाहरूको निर्माण पुनर्निर्माण कार्यमा पुरातत्त्व विभाग, विश्वविद्यालयहरू र प्रज्ञा प्रतिष्ठान लाग्नुपर्ने बताए । उनले प्राचीन सम्पदाहरूबारे स्कुल कलेजहरूमा अध्यापन गरी नयाँ पुस्ता बिचमा यस्ता सम्पदाहरूको इतिहास थाहा दिलाउनुपर्ने बताए । साथै सांस्कृतिक स्तर वृद्धि गर्न स्थानीय जनताको एकता आवश्यक भएको स्पष्ट पार्दै हातमा हात मिलाए जुनसुकै काम पनि सजिलै हुने…
Read More
मधेस प्रदेश सरकारमा एमाले आफ्नो दाबी नछाड्ने

मधेस प्रदेश सरकारमा एमाले आफ्नो दाबी नछाड्ने

जनकपुर,२७ फागुन ।नेकपा एमालेले मधेस प्रदेश सरकारमा आफ्नो दाबी पेस गरेको छ । नेकपा एमाले मधेस प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो बैठकले मधेस सरकारमा आफ्नो दाबी पेस गर्ने निर्णय गरेको हो । मधेसमा‌‌ नेकपा एमाले सबैभन्दा ठुलो दल भ‌एकाले स्वाभाविक रूपमा मधेस प्रदेशको नेतृत्व आफ्नो दलले पाउनुपर्ने भन्दै बैठकले सो निर्णय गरेको सचिव मनोज पौडेलले जानकारी दिए। उनका अनुसार मधेस र मधेसी जनताको समृद्धि नेकपा एमाले नेतृत्वले मात्रै दिन सक्ने भन्दै त्यसका निम्ति नेकपा एमालेको नेतृत्वमा मधेसमा सरकार बन्नुपर्ने निर्णय गर्दै यसका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए ।  नेकपा एमालेका केन्द्रीय सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले…
Read More
जनयुद्ध सबन्धि विवादमा प्रधानमन्त्री विरुद्धको सुनवाइ हुँदै

जनयुद्ध सबन्धि विवादमा प्रधानमन्त्री विरुद्धको सुनवाइ हुँदै

काठमाडौँ, २७ फागुन ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध  सर्वोच्च अदालतमा परेको  रिटमा सुनुवाइका लागि पेशी तोकिएको छ ।  अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले  प्रचण्ड विरुद्ध दायर गरेको रिटमा आइतबार पेशी तोकिएको हो ।  न्यायाधीश द्वय कुमार रेग्मी र विनोद शर्माकोमा पेशी तोकिएको छ । यो दोस्रो सुनुवाइ हो । यसअघि न्यायाधीश न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेशको छलफलमा बोलाएको थियो । २०७९ फागुन २६ गते अग्राधिकार र कारण देखाऊ आदेश जारी गरेको थियो ।  अधिवक्ता आरण र बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्ड विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।  २०७६ माघ १…
Read More
नारी दिवस: ५६ सन्तानको आमा बराल

नारी दिवस: ५६ सन्तानको आमा बराल

उर्लाबारी, २५ फागुन । मिना बरालका ५६ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन यद्यपि यो सत्य हो । आफैले त्यति धेरै सन्तानलाई जन्म नदिए पनि मिना सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका निर्वाह गरिरहेकी छिन् । २०५७ सालमा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय, वृद्ध एवं अनाथ आश्रम नामक गैरसरकारी संस्था दर्ता गरेर काम थाल्दा मिनाले ‘कमाई खाने’ भाँडो बनाई भन्दै कतिपयले कुरा काट्दा उनलाई राम्रो काममा साथ नपाइने हो कि भन्ने चिन्ताले सताएको थियो । मिनाले उर्लाबारी–७ मा बालगृह सञ्चालन गरेको २३ वर्ष भइसकेको छ । २०२२ सालमा १० वर्षकै उमेरमा मोरङबाट विवाह गरेर ताप्लेजुङ पुगेकी…
Read More
प्रचण्ड सरकारका तीन विवादास्पद मन्त्री : रविलाई सहकारीको, अरू कसलाई के अभियोग?

प्रचण्ड सरकारका तीन विवादास्पद मन्त्री : रविलाई सहकारीको, अरू कसलाई के अभियोग?

खिलानाथ ढकाल काठमाडौँ, २३ फागुन - प्रधानमन्त्री पुष्पकमल दाहाल काङ्ग्रेससँग गठबन्धन तोडेर नयाँ गठबन्धन बनाए। त्यो गठबन्धन सरकार गठन भएको दुई दिनपछि बुधवार मन्त्रिपरिषद् विस्तार गरे। मन्त्रिपरिषद् विस्तार गर्दा उनले १६ जना मन्त्री थपे। यसअघि नियुक्त भएका तीन जना मन्त्रीलाई दाहालले मन्त्रालयको जिम्मेवारी दिए। थपिएका सबै मन्त्रीले शपथ खाएसँगै दाहाल मन्त्रिपरिषद् २० सदस्यीय भएको छ। नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी सम्मिलित गठबन्धन बन्दा यी सबै पार्टीबाट मन्त्रीहरू सहभागी बनेका छन्। ८ बुँदे सहमति गर्दा नयाँ गठबन्धनमा सामेल भएको दल जनता समाजवादी पार्टी (जसपा) भने सरकारमा सहभागी छैन। जसपाले सरकारमा जाने-नजाने वा समर्थन गर्ने/नगर्नेबारे ठोस निर्णय…
Read More
वर्तमान सरकारलाई समर्थन गर्न नसकिने ः मसाल

वर्तमान सरकारलाई समर्थन गर्न नसकिने ः मसाल

काठमाडौँ । वर्तमान सरकारले भ्रष्टाचारको आरोपमा मुछिएका व्यक्तिलाई गृह मन्त्रालयको जिम्मा दिएर त्यस सम्बन्धी कारबाहीलाई दबाउन बाटो खोलिदिएको भन्दै नेकपा(मसाल)ले आपत्ति प्रकट गरेको छ । प्रतिगामी दिशामा उन्मुख एमाले तथा अमेरिकी साम्राज्यवादको निर्देशनमा चल्ने तथा सहकारी भ्रष्टाचारका ठुला ठुला काण्डहरूमा मुछिएका व्यक्ति समेतको सहभागितामा  बनेको वर्तमान सरकारबाट प्रतिगमन र भ्रष्टाचारलाई बल पुग्ने तथा राष्ट्रियतामा गम्भीर आँच पुग्ने भन्दै पार्टीले वर्तमान सरकारलाई समर्थन गर्न नसक्ने बताएको छ । पार्टी महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यको पूर्ण पाठ यस प्रकार छ ः  प्रतिगमनका विरुद्धको गठबन्धनको विघटनप्रति ने.क.पा.(मसाल)ले पहिले नै आफ्नो विरोध जनाइसकेको  छ । त्यो बेला हामीले सरकारले अपनाउने नीतिहरूका आधारमा त्यसप्रतिको आफ्नो नीति…
Read More