Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
वर्तमान सरकारलाई समर्थन गर्न नसकिने ः मसाल - Gyaan Ghar

Gyaan Ghar

Advertisement

वर्तमान सरकारलाई समर्थन गर्न नसकिने ः मसाल

काठमाडौँ । वर्तमान सरकारले भ्रष्टाचारको आरोपमा मुछिएका व्यक्तिलाई गृह मन्त्रालयको जिम्मा दिएर त्यस सम्बन्धी कारबाहीलाई दबाउन बाटो खोलिदिएको भन्दै नेकपा(मसाल)ले आपत्ति प्रकट गरेको छ । प्रतिगामी दिशामा उन्मुख एमाले तथा अमेरिकी साम्राज्यवादको निर्देशनमा चल्ने तथा सहकारी भ्रष्टाचारका ठुला ठुला काण्डहरूमा मुछिएका व्यक्ति समेतको सहभागितामा  बनेको वर्तमान सरकारबाट प्रतिगमन र भ्रष्टाचारलाई बल पुग्ने तथा राष्ट्रियतामा गम्भीर आँच पुग्ने भन्दै पार्टीले वर्तमान सरकारलाई समर्थन गर्न नसक्ने बताएको छ । पार्टी महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यको पूर्ण पाठ यस प्रकार छ ः

 प्रतिगमनका विरुद्धको गठबन्धनको विघटनप्रति ने.क.पा.(मसाल)ले पहिले नै आफ्नो विरोध जनाइसकेको  छ । त्यो बेला हामीले सरकारले अपनाउने नीतिहरूका आधारमा त्यसप्रतिको आफ्नो नीति र कार्यक्रमका आधारमा त्यसप्रतिको नीति निर्धारित गर्दै जाने कुरा बताएका थियौँ । सरकारको नीति र कार्यक्रम स्पष्ट हुनको लागि हामीले अझै अरू पर्खनुपर्नेछ । तैपनि मन्त्रीपरिषद्को गठन र मन्त्रालयको विभाजनबारे सरकारले अपनाएका नीतिहरूबाट यो सरकारलाई समर्थन गर्न नसकिने कुरा प्रस्ट भएको छ र, त्यसैले, हामीले प्रचण्ड सरकारलाई पहिले दिएको समर्थन फिर्ता लिने निर्णय गर्दछौँ । 

यो कुराप्रति हाम्रो पार्टीको गम्भीर ध्यान गएको छ कि प्रतिगमनका विरुद्धको हाम्रो गठबन्धन एमालेको प्रतिगामी नीतिका विरुद्ध नै केन्द्रित थियो र चुनावका बेलामा पनि त्यससित कुनै चुनावी तालमेल नगर्ने ५ दलीय समझदारी बनेको थियो । तर अहिले त्यसैसित गठबन्धन गर्ने नीति अपनाइएको छ र त्यस प्रकारको गठबन्धनको नीतिलाई हामीले निश्चित रूपले समर्थन गर्न सक्दैनौँ । त्यसका साथै प्रत्यक्ष रूपले अमेरिकी साम्राज्यवादी नीति पूरा गर्न बनेको र त्यसको निर्देशनमा चल्ने सङ्गठन तथा हालसालै पनि सहकारी सम्बन्धी भ्रष्टाचारका ठुला ठुला मुद्दाहरूमा मुछिएको र त्यसबारे विभिन्न तहमा छानबिन भइरहेको अवस्थामा त्यसका नेतालाई गृह मन्त्रालय जस्तो महत्त्वपूर्ण मन्त्रालय दिने कार्यप्रति हामीले गम्भीर आपत्ति वा विरोध प्रकट गर्दछौँ । यो कुरा प्रस्ट छ कि त्यो सङ्गठनका नेतालाई गृह मन्त्रालय दिनुको अर्थ उनका विरुद्ध चलेका सहकारी सम्बन्धी भ्रष्टाचारका सबै मुद्दाहरूको कारबाही रोक्नु नै हुनेछ । उनका विरुद्ध दोहोरो पासपोर्टको मुद्दा पनि सर्वोच्चमा चलिरहेको छ । 

त्यो अवस्थामा उनका विरुद्ध विभिन्न तहमा चलेका मुद्दाहरूलाई स्वतन्त्र र निष्पक्षतापूर्वक अगाडि बढाइने छ वा सरकारको दबाबमा आएर ती मुद्दाहरूको कारबाहीलाई दबाइनेछ र उनलाई उन्मुक्ति दिइनेछ ? त्यो कुरा ता हेर्न बाँकी नै छ । तर वर्तमान सरकारले त्यस प्रकारको भ्रष्टाचारको आरोपमा मुछिएका व्यक्तिलाई गृह मन्त्रालयको जिम्मा दिएर त्यस सम्बन्धी कारबाहीलाई दबाउन बाटो खोलिदिएको कुरा प्रस्ट छ । त्यस प्रकारको व्यक्तिलाई गृह मन्त्रालय दिने जस्तो कार्यले प्रधानमन्त्री प्रचण्डको गम्भीर प्रकारको लाचारीपनलाई नै बताउँछ । उनले कसको दबाबमा आएर त्यस प्रकारको कार्य गरेका हुन् त्यो कुरा सायद पछि स्पष्ट हुँदै जानेछ ।

अन्तमा, प्रतिगामी दिशामा उन्मुख एमाले तथा अमेरिकी साम्राज्यवादको निर्देशनमा चल्ने तथा सहकारी भ्रष्टाचारका ठुला ठुला काण्डहरूमा मुछिएका व्यक्ति समेतको सहभागितामा  बनेको वर्तमान सरकारबाट प्रतिगमन र भ्रष्टाचारलाई बल पुग्ने तथा राष्ट्रियतामा गम्भीर आँच पुग्ने कुरा प्रस्ट छ । त्यसैले हाम्रो पार्टीले त्यो सरकारलाई समर्थन गर्न नसक्ने कुराको जानकारी गराउन चाहन्छौँ । त्यो सरकारले आगामी दिनहरूमा अपनाउने नीति र क्रियाकलापको आधारमा हामीले त्यसप्रतिका आगामी नीतिहरू स्पष्ट गर्दै जानेछौँ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...