health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

भक्तपुर, २९ फागुन । ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ सम्पदा निर्माण पुनर्निर्माणमा अगाडि बढेको भक्तपुर नगरपालिकाले दुधपाटीस्थित ८ सय वर्ष पुरानो भाजुपुखु र जलेश्वर मन्दिर सरसफाइ गरिएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले असीमित सङ्ख्यामा रहेका मौलिक शैलीका यस्ता सम्पदाहरूको निर्माण पुनर्निर्माण कार्यमा पुरातत्त्व विभाग, विश्वविद्यालयहरू र प्रज्ञा प्रतिष्ठान लाग्नुपर्ने बताए ।
उनले प्राचीन सम्पदाहरूबारे स्कुल कलेजहरूमा अध्यापन गरी नयाँ पुस्ता बिचमा यस्ता सम्पदाहरूको इतिहास थाहा दिलाउनुपर्ने बताए । साथै सांस्कृतिक स्तर वृद्धि गर्न स्थानीय जनताको एकता आवश्यक भएको स्पष्ट पार्दै हातमा हात मिलाए जुनसुकै काम पनि सजिलै हुने बताए ।
बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले एक दुई वर्षको अन्तरालमा महत्त्वपूर्ण सम्पदाहरूको पुनर्निर्माण भइरहेको बताउँदै भाजुपुखु र जलेश्वर मन्दिरको पुनर्निर्माण अग्रजहरूको सचेतनाको चिनो भएको बताए ।
यो कार्य इतिहासमै गौरवशाली दर्पण र सुन्दर अभिलेख भएको उनको भनाइ छ ।
पूर्व न्यायाधीश गौरी बहादुर कार्कीले मौलिक र पुरानै शैलीमा सम्पदाहरूको निर्माण पुनर्निर्माण गर्न जोड दिएका थिए । कार्यक्रममा पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले ५० भन्दा बढी पोखरी रहेको भक्तपुरमा ३४ वटा सञ्चालनमै रहेको बताउँदै प्रत्येक सम्पदा मानव विकाससँगै जोडिने बताइन् ।
उनले नयाँ पुस्तालाई संरक्षणका सिप र प्रविधि हस्तान्तरण गरे भोलिका पुस्ताले दुःख नपाउने बताइन् ।
प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले ऐतिहासिक सम्पदाले भरिएको जीवन्त सङ्ग्रहालय भक्तपुरमा सार्वजनिक सम्पत्तिको संरक्षण र संवर्द्धनमा सबैको साथ रहेको बताइन् । उनले यस पोखरीलाई पर्यटकीय दृष्टिले ध्यान दिनुपर्ने बताइन् ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठले ८ सय वर्ष पुरानो यो पोखरीको पुनर्निर्माणमा आजका कालिगडहरू पनि सफल भएको बताउँदै भाजुपुखु र जलेश्वर मन्दिरको इतिहासबारे स्पष्ट पारे ।