health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, २० पुस । नेपालले दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकप क्रिकेटमा भाग लिने टिमको घोषणा गरेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय विश्वकप खेल्ने टिमको घोषणा गरेको हो ।
नेपाली टिममा सिनियर टिममा शानदार प्रदर्शन गरिरहेका अलराउण्डर् गुलशन झालाई पनि समावेश गरिएको छ ।
गुलशन झाले यसअघि यू-१९ एसिया कप पनि खेलेका थिए तर सो प्रतियोगितामा उनले खासै राम्रो खेल्न भने सकेका थिएनन् ।
नेपाली टिममा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिनेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, दीपक बोहरा उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।
जनवरी १९ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपाल समूह डी मा पाकिस्तान, न्यूजील्याण्ड र अफगानिस्तानसँग रहेको छ ।
नेपालको पहिलो खेल जनवरी २१ मा न्यूजील्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यस्तै दोस्रो खेल जनवरी २४ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने तेस्रो खेल अफगानिस्तानसँग जनवरी २७ मा खेल्ने तालिका रहेको छ ।
यस यू-१९ विश्वकपमा १६ देशले भाग लिइरहेका छन् ।