Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking News 1 Archives - Page 34 of 52 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking News 1

क्यानले सन्दीपलाई गर्‍यो घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट निलम्बन

क्यानले सन्दीपलाई गर्‍यो घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट निलम्बन

काठमाडौँ, २६ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछाने निलम्बन गरेको छ । बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले आठ वर्षको  कैद सजाय सुनाएपछि बिहीबार क्यानले घरेलु र अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधवार सन्दीपलाई आठ वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो । पीडित गौशाला– २६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो ।
Read More
नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन आजबाट

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन आजबाट

टिकापुर, २६ पुस । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ ।   पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा महाधिवेशन सुरु हुन लागेको हो ।   महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका केन्द्रीय सदस्य अरुण कुमार चौधरीले जानकारी दिए ।   महाधिवेशनबाट २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुनेछन् । नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् ।   महाधिवेशनको उद्घाटन सत्रमा देशभरका राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
Read More
रामबहादुर बम्जनको आश्रमबाट को कहिले बेपत्ता भएका थिए ?

रामबहादुर बम्जनको आश्रमबाट को कहिले बेपत्ता भएका थिए ?

काठमाडौँ, २५ पुस  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तपस्वी भनेर चिनिने रामबहादुर बम्जनलाई मङ्गलवार साँझ पक्राउ गर्‍यो।  बुढानीलकण्ठ नगरपालिका-६ हात्तीगौंडाबाट पक्राउ परेका बम्जनलाई ब्युरोले बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। बम्जनको आश्रमबाट हालसम्म चार जना बेपत्ता भएको खुलेको छ।  तिनीहरूमध्ये एक हुन् २९ बर्सिया चुन्मो भनिने चिनीमाया तामाङ। नुवाकोट मेधाङ गाउँपालिका-३ घर भएकी उनी सिन्धुपाल्चोकस्थित बाडेगाउँको आश्रमबाट बेपत्ता भएकी थिइन्।   ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार उनी २०६९ साल असोज महिनाबाट बेपत्ता छिन्। उनी अहिलेसम्म कहाँ छिन् खुलेको छैन। यस्तै, सिन्धुपाल्चोक बाडे गाउँ आश्रमबाट बेपत्ता भएका अर्का व्यक्ति हुन् ५१ वर्षीय सञ्चालन वाइबा। हेटौँडा उपमहानगरपालिका-१३ घर भएका उनी २०७१ साल चैत १४…
Read More
कोरोना जोखिम बढेसँगै इपिडिमियोलोजी महाशाखाले सबै निकायसँग माग्यो दैनिक रिपोर्ट

कोरोना जोखिम बढेसँगै इपिडिमियोलोजी महाशाखाले सबै निकायसँग माग्यो दैनिक रिपोर्ट

  काठमाडौँ, २६ पौष । कोरोना सङ्क्रमण बढेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दैनिक रिपोर्ट बुझाउन सबै निकायलाई आग्रह गरेको छ। महाशाखाले एक विज्ञप्ति जारी गर्दै सबै सेन्टिनल साइट, प्रवेश विन्दु, कोभिड रिपोर्टिङ ल्याब र सरकारी तथा निजी अस्पतालहरूलाई कोभिड-१९ सङ्क्रमितहरूको दैनिक प्रतिवेदन अनिवार्य रूपमा बुझाउन अनुरोध गरेको हो। महाशाखाले पिसिआर पोजेटिभ बिरामीको जिनोम सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनसमेत अनुरोध गरेको छ। केही देशहरूमा कोभिड-१९ सङ्क्रमणको नयाँ सब-भेरियन्ट 'जेएन.१' को जोखिम बढिरहेको र छिमेकी देशमा फैलिरहेकोले नेपालमा पनि जोखिम बढेको भन्दै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले यसअघि नै अनुरोध गरिसकेको छ। नेपालमा पनि उक्त भेरियन्ट सात जनामा पुष्टि भइसकेको छ। यस्तै…
Read More
पुनर्जन्म हुने भन्दै श्रीलङ्कामा आत्महत्या गर्न लगाइएको घटना खुलासा, ७ को शव फेला

पुनर्जन्म हुने भन्दै श्रीलङ्कामा आत्महत्या गर्न लगाइएको घटना खुलासा, ७ को शव फेला

कोलम्बो, २४ पुस । श्रीलङ्काबाट एउटा सनसनीपूर्ण घटना बाहिर आएको छ ।   पूर्वजन्मको चाहनामा १ धर्मगुरुसहित ७ जनाले आत्महत्या गरेको दाबी गरिएको छ । गत मङ्गलवार प्रहरीले याक्काला र महरागमा क्षेत्रबाट एक पुरुष र एक महिलाको शव फेला पारेको थियो । दुवै जनाले विष सेवन गरी आत्महत्या गरेको प्रहरीको अनुमान छ ।   प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरू दुवैले ४७ वर्षीय बौद्ध धर्मगुरु रुवन प्रसन्न गुणरत्नेमाथि विश्वास गरेको पत्ता लागेको थियो । उनले नै दुवैलाई आत्महत्या गर्न प्रेरित गरेपछि दुवैले विष सेवन गरी आत्महत्या गरेका थिए ।   तर, प्रहरीले थप अनुसन्धानको सम्पूर्ण जिम्मेवारी सिआइडीलाई दिएको छ । अपराध…
Read More
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट

काठमाडौँ, २३ पुस । कोभिड–१९ सङ्क्रमणको नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार  देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको जिन सिक्युन्सिङमा ७ जनामा नयाँ सब भेरियन्ट जेएन.१ पाइएको छ। मन्त्रालयले  सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य कार्यालयहरूलाई आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ। सङ्क्रमणको फैलावट रोकथाम गर्नका लागि  जनस्वास्थ्यको मापदण्डहरू (भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र…
Read More
नेकपा एसले टुङ्गायो राष्ट्रियसभा उम्मेदवार, बागमतीमा रिजाल तथा कर्णालीमा मल्ल

नेकपा एसले टुङ्गायो राष्ट्रियसभा उम्मेदवार, बागमतीमा रिजाल तथा कर्णालीमा मल्ल

काठमाडौँ, २३ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले दुई जना उम्मेदवार टुङ्गाएको छ ।   नेकपा माओवादी नेतृत्वको सत्तारूढ गठबन्धनको भागबन्डामा परेको २ सिटमा नेकपा एसले उम्मेदवारी टुङ्ग्याएको हो ।   नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेदवारी टुङ्गो लगाएर आज नै उम्मेदवारी दिन लागिएको हो । जसअनुसार बागमतीमा घनश्याम रिजाल विश्वकर्मा तथा कर्णाली प्रदेशमा सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको उनले जानकारी दिए ।   नेकपा एसको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालसहित तीन जनालाई उम्मेदवार टुङ्गाउने जिम्मेवारी दिएको थियो ।
Read More
राष्ट्रियसभा उम्मेदवार चयनमा गगन थापाको फरक मत

राष्ट्रियसभा उम्मेदवार चयनमा गगन थापाको फरक मत

काठमाडौँ, २३ पुस । हिजो बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा मुख्यतः सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूह बिचमा लफडाबाजी नै परयो । त्यो लफडाबाजी यतिसम्म भयो कि कोइरालाले आफ्नो पक्षले ९ सिट मध्ये ४ सिट नपाए निर्णय प्रक्रियामा भाग नलिने भन्दै कोइराला बैठक नै छाडेर हिँडे । बैठक छाडेर हिँडेका कोइरालालाई मनाउनका लागि सभापति देउवालाई रातभर लाग्यो । र, बिहान झिसमिसेमा सत्तारूढ गठबन्धनको कोटामा पाएको १० सिटका लागि नाम टुङ्गियो र प्रेसलाई बिहान ६:२९ बजे मुख्यसचिव कृष्णप्रसाद पौडेलले इमेलमार्फत जानकारी गराए। तर, बिहान भएको निर्णयमा भने महामन्त्री गगन थापाले असन्तुष्टि जनाएका छन्। बहुमतको निर्णय मान्ने भन्दै उनले २…
Read More
एमालेले टुङ्गो लगायो सातै प्रदेशका राष्ट्रियसभा उम्मेदवार, कुन प्रदेशबाट को ? (सूचीसहित)

एमालेले टुङ्गो लगायो सातै प्रदेशका राष्ट्रियसभा उम्मेदवार, कुन प्रदेशबाट को ? (सूचीसहित)

काठमाडौँ, पुस २२ । नेकपा एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलले निर्वाचनका लागि पार्टीबाट नाम टुङ्गो लागेको जानकारी दिए । जसअनुसार कोसी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट परशुराम अधिकारी (भोजपुर), मदेसमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपूत (महोत्तरी) तय भएको छ ।   यस्तै गरी बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता/अल्पसङ्ख्यकबाट विवेक देवकोटा (काठमाडौँ) र दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) तय भएको छ ।   यस्तै गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता/अल्पसङ्ख्यकबाट हेमन्द्र शेरचन…
Read More
गाजामा ओलम्पिक प्रशिक्षकको हत्या

गाजामा ओलम्पिक प्रशिक्षकको हत्या

  गाजा, २२ पुस । गाजामा ओलम्पिक प्रशिक्षकको हत्या भएको छ । प्यालेस्टिनी फुटबल सङ्घका अनुसार प्यालेस्टाइन ओलम्पिक फुटबल टोलीका प्रशिक्षक हानी अल मस्दारको इजरायली हवाई आक्रमणमा मारिएका छन् ।   ४२ वर्षीय अल मस्दार २०१८ मा अवकाश लिनु अघि र प्यालेस्टाइनको राष्ट्रिय टोलीको प्रशिक्षक बन्नु अघि अल मघाजी र गाजा स्पोर्ट्स क्लबका लागि मिडफिल्डर थिए।   ‘उनको मृत्यु प्यालेस्टिनी फुटबलको लागि अर्को नयाँ क्षति हो, सङ्घले भन्यो, ‘अक्टोबर ७ देखि ७८ फुटबलरहरू सहित ८८ पुरुष र महिला खेल खेलाडीहरूका साथै २४ प्रशासक र प्राविधिक कर्मचारीहरू मारिएका छन्।’
Read More