health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

टोकियो, २२ पुस । जापानमा ६ दिन अघि गएको शक्तिशाली भूकम्पका कारण २ सय अझै बेपत्ता भएका छन् ।
र, सो भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो जानकारी अनुसार विनाशकारी भूकम्पपछि मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ ।
राहत र उद्धारकर्मीहरूले भग्नावशेषमुनि पुरिएका व्यक्तिको खोजी गरिरहेका छन् ।
अल जजीराका अनुसार अनुसार जापानले झन्डै ८ वर्षयताकै सबैभन्दा घातक भूकम्पको सामना गरेको छ, जसका कारण देशका धेरै भागको अवस्था निकै खराब छ । भग्नावशेषमा आफ्ना प्रियजनलाई खोज्ने धेरै मानिस छन् । अधिकारीहरूले शनिवार भनेका छन् कि २०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्।
नयाँ वर्षको दिनमा जापानको पश्चिमी तटमा ७.६ म्याग्निच्युडको भूकम्पले पूर्वाधार ध्वस्त पारेको छ ।
समाचार अनुसार वाजिमा सहरमा सबैभन्दा बढी ५९ जनाको मृत्यु भएको छ भने सुजुमा २३ जनाको मृत्यु भएको छ। प्रकोपको परिणाम स्वरूप ५०० भन्दा बढी व्यक्तिहरू घाइते भएका थिए, जसमध्ये कम्तीमा २७ गम्भीर घाइते भएका छन् ।
खराब मौसमका कारण हजारौँ उद्धारकर्मीको काम अवरुद्ध भएको छ । रिपोर्टका अनुसार इशिकावा क्षेत्रका करिब २३ हजार ८०० घर बिजुली र ६६ हजार ४०० भन्दा बढी घर पानीविहीन छन् । ३१,४०० भन्दा बढी मानिस ३५७ सरकारी आश्रय स्थलमा बसिरहेका छन् ।
वाजिमा निवासी हिरोयुकी हमातानीले भने, ‘नयाँ वर्षको दिनमा भूकम्प गएको बेला म आराम गरिरहेको थिएँ । मेरा सबै आफन्तहरू सँगै थिए र हामी रमाइलो गरिरहेका थियौँ। तर एक छिनमा सबै कुरा परिवर्तन भयो। घर खडा छ तर बस्न योग्य छैन। मेरो दिमागमा भविष्यको बारेमा सोच्ने ठाउँ छैन।’
गत हप्ताको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या सन् २०१६ यताकै उच्च हो । सन् २०१६ मा दक्षिण पश्चिम जापानको कुमामोटोमा गएको भूकम्पमा २७६ जनाको मृत्यु भएको थियो ।