15
Jan
काठमाडौँ, १ माघ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पारित गरेको छ । थोक कर्जा प्रदायक संस्थाका रूपमा यसले ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरू र समान प्रकृतिका संस्थामार्फत सेवा दिँदै आएको छ । साना किसान र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत असारमा मर्जरपछिको एकीकृत कारोबार सुरु गरेका थिए । साथै सभाले संस्थाको अध्यक्षमा खेमबहादुर पाठकलाई पुनः चयन गरेको हो । यो संस्थाको अध्यक्षमा पाठक तेस्रो पटक चयन भएका हुन् । पाठकको नेतृत्वमा सभाले ६ सदस्यीय सञ्चालक…