12
Dec
काठमाडौँ, २६ मङ्सिर । अघिल्लो हप्ता आकासिएको सुनको मूल्य लगातार घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सार्वजनिक गरेको मूल्य सुची अनुसार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा नै ७०० रुपैयाँले घटेको जनाएको छ । जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम भएको छ । सोमवार मात्रै छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । गत हप्ताको अन्तिम शुक्रवारको…