health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

भक्तपुर, २० भदौ । लामो अध्ययन अनुसन्धान पश्चात् नेपालमै सस्तो प्यानलको उत्पादन सुरु भएको छ ।
यही कारण सस्तोमै स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा यसलाई प्रयागे गर्न सकिने भएको छ ।
दुईतिर क्याल्सियम सिलिकेट बोर्ड (सिमेन्ट बोर्ड) बिनै उत्पादन लागत कम भएको अल्ट्रा नेपाल इको प्यानलको उत्पादन थालिएको हो । इको प्यानल नेपाल प्रालिले अल्ट्रा नेपाल इको प्यानल ब्रान्डिङ गरी सस्तो प्यानलको उत्पादन थालेको हो ।
यो प्यानल तुलनात्मक रूपमा कम मूल्यको छ । यसअघि यस्तै प्यानलमा क्याल्सियम सिलिकेट बोर्ड राखेर प्यानल निकालिन्थ्यो । यही कारण यो महँगो थियो । अहिले क्याल्सियम सिलिकेट बोर्ड विनाको प्यानल निकालेको हो । यसअघि प्यानलको दुवैतिर सिल्केड बोर्ड रहन्थ्यो र यसको मूल्य बढी हुन्थ्यो । प्यानलको दुवैतिर सिल्केड बोर्ड विदेशबाट आयात गर्नु पथ्र्याे ।
अहिलेको यो प्यानल नेपालमै रहेको कच्चा पदार्थहरू बालुवा, सिमेन्ट, ग्लास फाइबर, इपिएस (चलनचल्तीको भाषामा थर्मोकोल) को मिश्रणबाट बनेको हुन्छ । स्यान्डबिच प्यानलमा जस्तो यसमा दुईतिर क्याल्सियम सिलिकेट बोर्ड हालेको हुँदैन । ढलान गरी बनेको स्थायी संरचनाको भित्री पार्टेशन वालको प्रयोगमा लक्षित गरी यो प्यानलको उत्पादन सुरु गरिएको हो । यसको मोटाई ४.५ इन्च हुन्छ । तौल भने इट्टाको वाल भन्दा ३ गुना कम हुन्छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओंं) इन्जिनियर कृष्णभक्त दुवालले उपभोक्तालाई थोरै मूल्यमा दिन सकुन् भन्ने उद्देश्यले यस्तो प्यानलको उत्पादन थालेको बताए । यो तुलनात्मक रूपमा सस्तो छ, सिइओ इन्जिनियर दुवालले भने, चार इन्चको वाल लगाउँदा जति खर्च लाग्छ, त्यही हाराहारीमा यो ४.५ इन्चको अल्ट्रा नेपाल इको प्यानलको प्रयोग गर्न सकिन्छ । यसअघि क्याल्सियम सिल्केड बोर्ड भएको प्यानल प्रयोग गर्दा इँटाको गाह्रो लगाउनु भन्दा केही महँगो हुन्थ्यो ।
पहिला क्याल्सियम सिल्केड बोर्ड विदेशबाट आयात गर्नुपर्ने थियो, इन्जिनियर दुवालले भने, विदेशबाट आयात गर्नुपर्ने सामान रोकिने भएर यसले देशको व्यापार घाटा पनि कम गराउने विश्वास छ ।
अहिले दुई वटा प्यानलबिचको जडानका लागि म्याजिक एक्सपी प्रोडक्टको प्रयोग गरिन्छ । यो वाटर प्रुफ हुनुका साथै यसको प्रयोगबाट हेयर लाइन क्र्याक पनि नदेखिने हुन्छ । यसको प्रयोगपछि इँटाको गाह्रो लगाएर प्लास्टर गरी वाल पटी लगाएर कलर गरेपछि जस्तो देखिने बताइएको छ ।