16
Apr
काठमाडौं, वैशाख ४ गते । नेपाल कम्युनिष्ट पार्टी(मसाल)को नवौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनको विस्तृत कार्यक्रमको जानकारी गराउँदै नवनिर्वाचित महामन्त्री मोहनविक्रम सिंहले वैशाख ४ गते एक वक्तव्य जारी गरेका छन् । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ः ने.क.पा. (मसाल)को नवौ“ महाधिवेशन हालै सम्पन्न भएको छ । त्यो महाधिवेशनले पार्टीका चारवटा दस्तावेजहरू, न्यूनतम कार्यक्रमसम्बन्धी संशोधन प्रस्ताव, विधानमा संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सङ्गठनात्मक प्रस्तावहरू पारित गर्नुका साथै कामरेड मोहनविक्रम सिंहको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय समितिको पनि गठन गरेको छ । महाधिवेशनले नया“ जनवादी क्रान्तिलाई आफ्नो आधारभूत कार्यक्रम ठेगान गरेको छ । लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षाका लागि सङ्घर्ष गर्ने…