health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । इरानले इजरायलमा गरेको आक्रमणको बिचमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध छानबिनको माग भइरहेको छ । मुभमेन्ट फर क्वालिटी गभर्नमेन्ट नामक संस्थाले नेतान्याहुलाई अरबपति साथीको बङ्गलामा बसेको आरोप लगाएको छ ।
हमासको हमलापछि नेतान्याहु आफ्ना अमेरिकी साथी साइमन फेलिक्सको आलिसान बङ्गलामा बस्दै आएका थिए । इजरायलमा कुनै पनि सार्वजनिक कर्मचारीले महँगो उपहार स्वीकार गर्न गैर कानुनी छ । नेतान्याहुका अरबपति साथीको बङ्गलामा बस्नु महँगो उपहारको रूपमा व्याख्या गरिएको छ ।
नेतान्याहूका साथी फेलिक्स मूलतः एक कट्टर यहुदी भएको र अमेरिकी नागरिकता धारण गर्दछन् । उनी ‘ड्युटी फ्री अमेरिका’का अध्यक्ष हुन् । यस कम्पनीको ड्युटी फ्री स्टोरहरू विश्वका करिब २०० एयरपोर्टहरूमा छन् । यसबाहेक उनी एउटा ठुलो वाइन कारखानाका मालिक हुन् । सन् २०१९ मा यस विषयमा ठुलो विवाद भएको थियो । त्यसपछि युरोपियन युनियनले उत्पादन चिन्हको सम्बन्धमा यस विरुद्ध मुद्दा दायर गरेको थियो ।
अर्को विवाद फेलिक्ससँग जोडिएको थियो र त्यसपछि उनी पहिलो पटक विश्व मिडियाको हेडलाइनमा आए । त्यस बेला यो दाबी गरिएको थियो कि फेलिक्सले वेस्ट बैङ्कको बस्तीहरूमा लगानी गरेको थियो जुन इजरायलले अवैध रूपमा कब्जा गरेको थियो र त्यहाँ बस्ने प्यालेस्टिनीहरूलाई निष्कासित गरेको थियो । यसै वर्षको सुरुमा इजरायल सरकारले उनलाई ‘जेरुसेलम अवार्ड फर डेभलपमेन्ट’ले सम्मान गरेको थियो ।
फेलिक्स परिवारले नेतन्याहुको पार्टीलाई पनि चन्दा दिने गरेको केही रिपोर्टले बताएको छ । फेलिक्स परिवारको पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि मैत्रीपूर्ण र व्यापारिक सम्बन्ध छ । नेतन्याहुमाथि फेलिक्स र केही धनी व्यापारीहरूबाट महँगो उपहार लिएको आरोप लगाइएको छ। यसबाहेक प्रतिपक्षमा रहँदा व्यक्तिगत विदेश भ्रमणमा गएको र त्यसको खर्च पनि यही व्यवसायीले नै बेहोरेको रिपोर्टमा उल्लेख छ ।