01
May
मुम्बई, १९ वैशाख । बलिउड अभिनेत्री मनीषा कोइराला लामो समयपछि पर्दामा कम ब्याक गर्दै छिन् । सञ्जय लीला भन्सालीद्वारा निर्देशित उनको बहुप्रतिक्षित शृङ्खला ‘हिरामाण्डीः द डायमन्ड बजार’ आज ओटिटी प्लेटफर्ममा रिलिज भएको छ। यसअघि एक अन्तर्वार्तामा नायिकाले नेपाली व्यवसायी सम्राट् दाहालसँग सम्बन्ध विच्छेद र क्यान्सर रोग लागेको लगायतका धेरै उतारचढावका बारेमा खुलेर कुरा गरेकी छिन् । जूम टिभीसँगको अन्तर्वार्तामा मनीषा कोइरालाले भनिन्, ‘केही मानिस भाग्यमानी हुन्छन्, जसले यति धेरै उचाइ र यति धेरै तल झरेको अनुभव गर्न पाउँदैनन् र उनीहरूको जीवन निकै शान्त हुन्छ । म पनि भाग्यशाली छु कि मसँग यी सबै अनुभव रहेको छ। म केवल आशा गर्न…