04
May
काठमाडौँ । भारतमा जारी लोकसभा निर्वाचनमा भारतीय नेशनल काँग्रेसले उत्तर प्रदेशको चर्चित सिट रायबरेली र अमेठीका लागि उम्मेदवारहरूको नाम घोषणा गरेको छ । काँग्रेसले राहुल गान्धीलाई रायबरेली सिटबाट चुनावी मैदानमा उतारेको छ । रायबरेली सिटका लागि उम्मेदवारी दर्ता गरेका छन् । राहुल गान्धीले रायबरेली सिटबाट चुनाव लड्ने यो पहिलो पटक हो । उनले शुक्रवार मनोनयन दर्ता गरेका छन् । अब उनको प्रतिस्पर्धा भाजपाका दिनेश प्रताप सिंहसँग हुने भएको छ । गत लोकसभा चुनावमा उनलाई सोनिया गान्धीले पराजित गरेकी थिइन् । सोनिया गान्धी सन् २००४ देखि २०२४ सम्म रायबरेली सिटबाट सांसद भइन् । यस पटक सोनिया गान्धीले रायबरेलीबाट चुनाव नउड्ने निर्णय…