health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, १९ वैशाख । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर सङ्घ सङ्गठनहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । यस दिवसको अवसरमा देशै भरी विभिन्न अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना हुनेछ । विश्वका साथै नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदै आइएको छ ।
सन् १८८६ मा अमेरिकाको सिकागो राज्यमा ८ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन भएको थियो । मजदुरहरूले गरेको सो विश्व प्रख्यात आन्दोलन दबाउनका लागि अमेरिकन प्रहरी बम प्रहार गरिएको घटनाको सम्झनामा विश्व भरी मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आएको छ ।
सोही आन्दोलनका कारण विश्व भरी मजदुरहरूले आठ घण्टा मात्र काम गर्न गरी नयाँ व्यवस्था विश्वभर प्रचलनमा आएको हो ।
नेकपा (मसाल) ले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर बुधवार दिउँसो १२ बजे पार्टीको नवौँ महाधिवेशनको घोषणा सभा गर्दै छ ।
विभिन्न जिल्ला समितिले एकै दिन कार्यक्रम राखेर देशव्यापी घोषणा सभा गर्न लागिएको मसाल केन्द्रीय कार्यालयले जनाएको छ ।
काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा पार्टीले आज दिउँसो कार्यक्रम गर्ने भएको छ । सभालाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा(मसाल) का प्रवक्ता रामप्रकाश पुरीलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मसालले नवौँ महाधिवेशनको सन्देशसँगै गत वर्ष देशव्यापी रूपमा सञ्चालन गरेको ऐतिहासिक तीन अभियानको औपचारिक समापन पनि गर्दै छ ।
यसका साथै अन्तर्राष्ट्रिय मजदुर दिवस पनि मनाइने नेकपा (मसाल) ले जनाएको छ ।