15
Dec
धनगढी, २९ मङ्सिर । धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिगको आठौँ संस्करणको उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन्। फाप्ला क्रिकेट मैदानमा शुक्रवार सम्पन्न दुई वटा सेमिफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई तथा सत्यवती एकेडेमीले यूथ अफ टिकापुरलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो। फाइनल खेल शनिवार हुनेछ। आज सम्पन्न पहिलो सेमिफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गर्यो।घोडाघोडीले दिएको ८९ रनको लक्ष्य धनगढी स्पोर्ट्स क्लबले ७ विकेट गुमाएर १६.२ ओभरमा पुरा गर्यो। धनगढी स्पोर्ट्स क्लबको लागि आयुष्मान् बमले सर्वाधिक २५ रन बनाए। प्रनित थापाले २१ तथा सुनिल धमलाले…