health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । भारतमा जारी लोकसभा निर्वाचनमा भारतीय नेशनल काँग्रेसले उत्तर प्रदेशको चर्चित सिट रायबरेली र अमेठीका लागि उम्मेदवारहरूको नाम घोषणा गरेको छ ।
काँग्रेसले राहुल गान्धीलाई रायबरेली सिटबाट चुनावी मैदानमा उतारेको छ । रायबरेली सिटका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
राहुल गान्धीले रायबरेली सिटबाट चुनाव लड्ने यो पहिलो पटक हो । उनले शुक्रवार मनोनयन दर्ता गरेका छन् । अब उनको प्रतिस्पर्धा भाजपाका दिनेश प्रताप सिंहसँग हुने भएको छ ।
गत लोकसभा चुनावमा उनलाई सोनिया गान्धीले पराजित गरेकी थिइन् । सोनिया गान्धी सन् २००४ देखि २०२४ सम्म रायबरेली सिटबाट सांसद भइन् । यस पटक सोनिया गान्धीले रायबरेलीबाट चुनाव नउड्ने निर्णय गरिन् । सोनिया गान्धी अहिले राज्यसभाकी सांसद बनेकी छन् ।
राहुल गान्धी सन् २००४ मा अमेठी सिटबाट सांसद निर्वाचित भएका थिए । त्यसपछि उनी यस सिटबाट लगातार सांसद चुनिए । तर २०१९ मा भाजपाकी स्मृति इरानीले यस सिटमा राहुल गान्धीलाई हराएकी थिइन् ।
तर, २०१९ लोकसभा चुनावमा राहुल गान्धीले केरलाको वायनाड सिटबाट पनि चुनाव लडे र त्यहाँबाट जितेर संसद्मा पुगेका थिए । यस पटक पनि राहुल गान्धी वायनाडबाट चुनाव लडिरहेका छन् । यो सिटमा मतदान भइसकेको छ ।
त्यस्तै १९९९ पछि यो पहिलो पटक हो कि गान्धी परिवारका कुनै सदस्यले अमेठीबाट चुनाव लडेका छैनन् । सन् १९९९ मा सोनिया गान्धीले अमेठी सिटबाट राजनीतिमा प्रवेश गरेकी थिइन् । यसपछि सन् २००४ मा सोनिया गान्धीले रायबरेली सिटबाट चुनाव जितिन् । यस वर्ष राहुल गान्धी अमेठी सिटबाट सांसद निर्वाचित भएका थिए ।
२०१९ बाहेक, काँग्रेसले 19७७ र १९८८ मा पनि अमेठी सिटमा हारेको छ, जब यस सिटमा उम्मेदवार गान्धी परिवारबाट थिएनन् । अमेठी र रायबरेलीलाई गान्धी परिवारको सिट मानिन्छ। फिरोज गान्धी सन् १९५२ र १९५७ मा यस सिटबाट सांसद निर्वाचित भएका थिए । इन्दिरा गान्धी १९६७ मा रायबरेलीबाट चुनाव लडेर लोकसभा पुगेकी थिइन् । इन्दिरा गान्धीले सन् १९७१ मा रायबरेली सिट जितिन् । तर, सन् १९७७ मा आपत्कालपछि उनले यो सिट गुमाएकी थिइन् । सन् १९८० मा इन्दिरा गान्धीले रायबरेलीबाट फेरि चुनाव जितिन् । तर यी चुनावमा उनले आन्ध्र प्रदेशको मेडक सिटबाट पनि जितिन् ।
गान्धी परिवारको राजनीतिक सुरुवात अमेठीबाट सन् १९८० मा भएको थियो। त्यसपछि सञ्जय गान्धी यही सिटबाट जितेर संसद्मा पुगेका थिए । सञ्जय गान्धीको मृत्युपछि राजीव गान्धी सन् १९८१ मा यही सिटबाट संसद्मा पुगेका थिए । उनी आफ्नो मृत्युसम्म यही सिटबाट सांसद निर्वाचित भए । तर, १९९१ देखि १९९९ सम्म गान्धी परिवारका कुनै पनि सदस्यले यस सिटमा उम्मेदवारी दिएनन् ।
यस पटक काँग्रेसले अमेठीबाट गान्धी परिवारका नजिकका मानिने किशोरीलाल शर्मालाई उम्मेदवार बनाएको छ । उनले भाजपाकी स्मृति इरानीको सामना गर्ने छन् । त्यस्तै काङ्ग्रेसकी प्रियङ्का गान्धी भने उम्मेदवार नबन्ने भएकी छन् ।