health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा आजदेखि ५ वर्ष उमेरभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।
यसका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका घर घरमा आउनेछन् । उनीहरूले ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने महानगरले जनाएको छ । नियमित खोप लिएका बालबालिकालाई पनि पोलियो थोपा खुवाउनु पर्ने काठमाडौँ महानगरको स्वास्थ्य विभागले महानगरवासीलाई आग्रह गरेको छ ।
वातावरणीय निगरानीका क्रममा भएको नमुना सङ्कलन र प्रयोगशाला परीक्षणका क्रममा काठमाडौँको टुकुचा र बागमती दोभानमा बागमती नदीतर्फको खण्डबाट (ढलबाट आएको पानी) डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटिएपची महानगरले पोलियो अभियान सुरु गरेको हो । २०८१ जेठ १३ गते ढलबाट आएको पानीको नमुना लिइएको र यसको रिपोर्ट २०८१ असार २९ गते आएको महानगरले जनाएको छ । प्रयोगशाला परीक्षणमा यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तन भएको पत्ता लागेको हो ।
यस अभियानमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकासहितको टोली परिचालन हुनेछन् । राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौँ महानगरपालिकाभित्र २ लाख ३८ हजार ९६६ घर छन् । यी घरहरूमा ५ बर्समुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको अनुमान गरिएको छ ।
विभागको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वडा नं. ६ मा ६ हजार १२ जना बालबालिका छन् । सबैभन्दा कम वडा नं. १ मा ४६२ जना छन् ।
पोलियो खोप ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी ३ पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन – ओपीभी) खुवाइन्छ । यस्तै १४ हप्ता र ९ महिनाको उमेरमा सुइबाट (इनएक्टीभेटेड पोलियो भ्याक्सिन – आइपीभी) दिइन्छ ।
बालबालिकाहरूका अति शीघ्र लुलो पक्षाघातका लक्षण देखिए तत्काल खबर गर्न महानगरपालिकाले अनुरोध गरेको छ । यसमा बालबालिकाका कुनै पनि अङ्ग तत्कालै लुलो हुने, एक भाग नचल्ने जस्ता लक्षण हुन्छन् । पोलियोको असर ५ बर्समुनिका बालबालिकामा धेरै हुन्छ । यस्ता लक्षण १५ वर्ष उमेरसम्मका बालबालिकालाई हुन सक्ने, विभागले बताएको छ ।
पोलियो जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । ५ वर्षमुनिका बालबालिका सबैभन्दा धेरै जोखिममा हुन्छन् । पोलियोको भाइरस दूषित खाना र दूषित पानीबाट सर्छ ।