health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
वसन्त भण्डारी /हेटौँडा | बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
लामाको राजनीतिक यात्रा २०४३ सालदेखि विद्यार्थी सङ्गठनबाट सुरु भएको थियो। त्यसयता उनी नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै आएका छन्। हाल उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन्। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनले तत्कालीन एकीकृत माओवादीका चर्चित नेता स्व. पोस्टबहादुर बोगटीलाई हराएर संविधानसभा सदस्य बनेका थिए।
लामाको राजनीतिक करियरमा २०५४ सालमा गाविस अध्यक्षको रूपमा काम गरेको अनुभव पनि छ। गत मङ्सिर ४ गते भएको निर्वाचनमा उनी नुवाकोट-२ (प्रदेशसभा-ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
निर्माण व्यवसायी समेत रहेका लामाले नुवाकोटको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनको नेतृत्वमा त्रिशूली खोलामा विभिन्न पुलहरू, सडक कालोपत्रे र अन्य पूर्वाधार निर्माणका काम भएका छन्। यी कामले नुवाकोटलाई बाह्रै महिना सडक सञ्चालन हुने अवस्थामा पुर्याउन मद्दत गरेको छ।
नवनियुक्त मुख्यमन्त्री लामाको शपथग्रहण आज बिहान ११ बजे हुने कार्यक्रम रहेको छ। त्यसपछि उनले नेपाली काङ्ग्रेसबाट सात र एमालेबाट छ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको काँग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिएका छन्।